भाद्र २५, २०७३
टेक्न बाँकी छ
सँघार जिन्दगीको
तर्न बाँकी छ
जँघार जिन्दगीको
आऊ सँगै यात्रा गरौँ
बाटो लामो छ जिन्दगीको ।
विविध बाधा–व्यवधान भए पनि
खुसी चुम्नु छ जिन्दगीको
नदीझैं बाङ्गो–टिङ्गो भएर बगे पनि
सहज यात्रा गर्नु छ जिन्दगीको
नअल्मलिई कहीँ–कतै
आफ्नो भोगाइभित्रबाटै
अर्थ खोज्नु छ जिन्दगीको
बुझेर संसारलाई
खोल्नु छ रहस्य
यो जिन्दगीको ।