वैशाख २३, २०७४
प्रियसीको चिट्ठी आ’को
बुट्टे एउटा खाम थियो ।
भित्र उनकै शब्दहरू
बाहिर मेरो नाम थियो ।
रातभरि खट्पटी भो
कति खेर निदाएँछु
ब्युँझदा त बिछ्यौनामा
बिहानीको घाम थियो ।
एकान्तको तड्पाइमा
कति पटक टोलाएँछु
सम्झनामा आइरहने
अति राम्रो नाम थियो ।
लेखेकी थिइन् जीवन साथी
तिमीलाई नै रोजेकी छु
तर, उनका पछि–पछि
लाग्नेहरूको लाम थियो ।
सुन्दर थिए अक्षरहरू
सफा थियो मन उस्तै
निर्दोष थिइन् उनी बरू
ममा केही छलछाम थियो ।