साप्ताहिक संवाददाता
लामो समयदेखि नेपथ्यमा रहेका पोखरेली साहित्यकार तीर्थ गुरुङ उपन्यास मार्फत साहित्य बजारमा आएका छन् । किशोरावस्थालाई केन्द्रमा राखेर लेखिएको गुरुङको उपन्यास ‘पाठशाला’ शनिवारदेखि बजारमा पठाइएको प्रकाशन संस्था बुक हिलले जनाएको छ ।
दुई दशकदेखि साहित्यमा क्रियाशील तीर्थ गुरुङ घरायसी अवस्था र स्वास्थ्य समस्याका कारण ओझेलमा थिए । दुबै किड्नी फेल भएपछि ट्रयान्सप्यालेन्ट गरेका उनले नेपालकै साहित्यमा पहिलोपटक किशोरावस्थालाई केन्द्रमा राखेर उपन्यास तयार पारेका छन् । गुरुङको उपन्यास नेपाली साहित्यमा नयाा बाटोको खोजी भएको समीक्षकहरुको धारणा छ । ‘पाठशाला’ पढिसकेका लेखक–समीक्षकहरु गुरुङको उपन्यासले नेपाली आख्यान लेखनमा नयाा बाटो खोल्ने दावी गर्छन् ।
निबन्धकार रोशन शेरचनका अनुसार, अधिकांश नेपाली उपन्यास प्रौढलाई केन्द्रमा राखेर सिर्जना गरेको सापेक्षमा नयाा बाटो खन्ने आख्यानकार हुन् तीर्थ गुरुङ । शेरचनले भने, ‘पाठशाला किशोरहरुको मनोविज्ञानतर्फ चियाउने सबल आाखीझ्याल बन्न सकेको छ ।’
त्यस्तै कवि भूपीनले पनि गुरुङको उपन्यास आगमन सुखद रहेको बताए । उनले भने, ‘अहिले लेखिएका नेपाली उपन्यासभन्दा पाठशाला फरक छ । ‘आउट अफ् बक्स’ कथानकले भरिएको छ पाठशाला, जसले पाठकहरुलाई तान्ने छ ।’
उपन्यासकार तीर्थ गुरुङले बोनसको रुपमा प्राप्त आफ्नो जीवन नेपाली साहित्यलाई सुम्पिन पाएकोमा गर्वबोध भएको बताए ।