• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
सदावहार १० पुस्तक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अमर न्यौपाने

सदावहार १० पुस्तक
आश्विन २५, २०७५

सेतो धरती उपन्यासमा ०६८ सालको मदन पुरस्कार विजेता लेखक हुन्— अमर न्यौपाने । उनी सरल भाषा, मीठो शब्द संयोजन एवं सुन्दर प्रस्तुतीका लागि माहिर छन् । नेपालमा धेरै पढिने र धेरै रुचाइएका लेखक अमरका करोडौं कस्तूरी, पानीको घाम, कलिलो मन जस्ता कृति प्रकाशित छन् । उनको पहिलो कृति पानीको घामले २०६६ सालको पद्यमश्री साहित्य सम्मान प्राप्त गरेको थियो । त्यस्तै २०६७ मा बालकथा संग्रह कलिलो मनले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । साहित्यकार अमर न्यौपानेको नजरमा नेपाली साहित्यका १० सदाबहार पुस्तक : 

मुनामदन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन ।

नासो : गाउँको जीवनलाई टपक्कै टिपेर यथार्थ चित्रण गर्ने कुशल कथाकार हुन्— गुरुप्रसाद मैनाली । पाठकलाई पात्र र परिवेशभित्र तानेर पुर्‍याउने क्षमता नासो कथासंग्रहमा छ । यो कृतिमा संग्रहित कथाहरू २००७ सालपूर्व तथा पछिको अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिका बारेमा लेखिएका मैनालीका कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग पाइन्छ । नासोमा ११ वटा कथा पढ्न पाइन्छ । 

वसन्ती : इतिहासलाई उपन्यास बनाउन सक्ने जादु भएका डायमण्डशमशेर राणाको वसन्तीले त्यस्ता मानिसलाई पनि छुन्छ, जसलाई इतिहासमा रुचि छैन । वसन्ती डायमण्ड शमशेरको ऐतिहासिक उपन्यास हो । आधारित यो उपन्यासको कथा दरबारकी नर्तकी वसन्ती, महारानीका प्रेमी गगनसिंह खवास, महारानी लक्ष्मीदेवी र जंगबहादुर राणाको वरिपरि घुम्छ ।

घुम्ने मेचमाथि अन्धो मान्छे : गद्य कविताको ट्रेन्डसेटरमध्ये एक हो, भूपी शेरचनको यो कविता–संग्रह । गोपालप्रसाद रिमालको विद्रोही कविता–संग्रह आमाको सपनाको उत्कर्ष रुप हो यो कविता–संग्रह । 

सुम्निमा : जीवन दर्शनको गहिराइ तथा चिन्तनको उच्चतम रुप हो— सुम्निमा । शरीर ठूलो कि आत्मा भन्ने विषयमा बिपी कोइराला कल्पना अद्भुत लाग्छ । सुम्निमामा सुम्निमा र सोमदत्तबीचको प्रेमको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । यो उपन्यासको सार प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा भए पनि मानसिक रूपमा नजिक बनाउँछ भन्ने हो । 

राधा : पुराणलाई उपन्यास बनाउनु र भगवान्लाई मानवीकरण गर्नु नै राधा उपन्यासको शक्ति हो । यसको कथा भन्ने शैली र प्रवाह आकर्षक छ । कल्पनाशीलताका लागि पनि कृष्ण धरावासीको यो उपन्यास पठनीय छ । राधा भगवान् कृष्णको विख्यात प्राणसखी, ब्रज धामका मुखिया वृषभानुकी पुत्री हुन् । राधा–कृष्ण शाश्वत प्रेमका प्रतीक मानिन्छन् । राधाकी आमा कीर्तिका लागि वृषभानु पत्नी शब्द प्रयोग गरिन्छ । राधालाई कृष्णकी प्रेमिका त कतैकतै पत्नीका रूपमा उल्लेख गरिएको छ । 

उलार : निम्नवर्गका मानिसहरू, त्यसमा पनि मधेसको कथा । राजनीतिमा धेरैपछि मधेसको मुद्दा उठ्यो, साहित्यमा धेरै पहिले उलारमा उठाइएको थियो । छोटाछोटा वाक्य र वर्णनमा झड्का दिने गरी यसको कथा बुनिएको छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्वैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रुपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । एउटा निम्नवर्गीय टाँगा चालकको घोडाको मृत्युपछिको वियोगान्त कथा समेटिएको यो उपन्यास ८० पृष्ठको छ । 

कर्नाली ब्लुज : बुद्धिसागरको यो उपन्यास आकर्षक भाषाशैली तथा कलात्मक शिल्पका लागि प्रख्यात छ । सानासाना कुराको मिहिन वर्णन, जसलाई हामी त्यति वास्ता गर्दैनौं तर ती मन छुने खालका हुन्छन् । यस्ता अनेक प्रसंग नै यो उपन्यासको शक्ति हो । 

ल्याम्पपोस्टबाट खसेको जून : मनु मन्जिलको यो कविता–संग्रह कविता कतिसम्म कलात्मक हुन्छ भन्ने कुराको उच्चतम रूप हो । पढ्दै जाँदा कविताका डोबहरूले बाँधिरहन्छन् ।

सगरमाथाको गहिराइ : कथा भनेजस्तो लाग्ने यो पुस्तकका कविताको सबैभन्दा ठूलो शक्ति भनेकै भाषाको खेल र उक्ति वैचित्र्यता हो । कवि नवराज पराजुली साधारण कुरालाई विचित्र ढङ्गले भनेर ह्दयको तार हल्लाउँछन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik