• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
सौराहामा साहित्यिक जमघट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

सौराहामा साहित्यिक जमघट
चैत्र २२, २०७५

 

जंगल सफारीका लागि देश–विदेशमा परिचित पर्यटकीय क्षेत्र हो — सौराहा, तर यो चैतको दुई साता सौराहामा साहित्यकारहरूको पनि राम्रै जमघट भयो अनि साहित्यका बारेमा मन्थन चल्यो । 

चैत्र ९ गते शनिबार भरतपुरको कविडाँडा साहित्य समाजले नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर सौराहामा ‘राष्ट्रिय आख्यान विमर्श’ को आयोजना गरेको थियो । नेपाली आख्यानको समसामायिक अवस्था केलाउन देशका नामी आख्यानकार एवं समीक्षकहरू उक्त विमर्शमा जुटेका थिए । उक्त अवसरमा आख्यान अर्थात् उपन्यास, कथा तथा लघुकथाको पछिल्लो १०/१५ वर्षको अवस्थाका सम्बन्धमा जानकारी दिन अनुसन्धानमा आधारित कार्यपत्रहरू समेत प्रस्तुत गरिए ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती स्वयं उपस्थित ऊक्त कार्यत्रममा आख्यानकार ध्रुवचन्द्र गौतम, सनत रेग्मी, माया ठकुरी, नारायण ढकाल, नारायण वाग्ले, नयनराज पाण्डे, अभय श्रेष्ठ, अमर न्यौपाने जस्ता स्रष्टा सहभागी थिए । नेपाली कथाका विषयमा रजनी ढकाल, उपन्यासका बारेमा रामजी तिमिल्सिना तथा लघुकथाका बारेमा पुष्करराज भट्टले कार्यपत्र पेस गरे । नेपाली आख्यानलाई देश बाहिरसम्म के–कसरी फैलाउने भन्ने विषयमा कार्यपत्र पेश गर्दै महेश पौड्यालले अनुवादले मात्र यो काममा सहयोग नपुग्ने बताए ।

समीक्षकहरू लक्ष्मण गौतम र धनप्रसाद सुवेदीले मन्थनलाई मजबुत बनाउन आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए । आख्यानकार ध्रुवचन्द्र गौतमले पाठकको स्वभाव बुझेर उसलाई मन पर्ने र आवश्यक विषय दिन लेखकहरू नै सजग हुनुपर्ने सुझाव दिए । आख्यानकार नारायण वाग्ले, नारायण ढकाल, अमर न्यौपाने तथा रेणुका सोलुले आख्यानमा राजनीति र राजनीतिमा आख्यानका विषयमा अभय श्रेष्ठसँग मन्थन गरेका थिए । नेपाली आख्यानमा नारीको, बद्लिँदो तस्बिरका सम्बन्धमा कुमारी लामाको मध्यस्थतामा अर्चना थापा, नयनराज पाण्डे तथा मनिषा गौचनले चर्चा गरेका थिए ।

सौराहामा ऊक्त कार्यत्रमले साहित्यिक तरङ्ग छोडेको थियो । अर्को साहित्यिक कार्यक्रमका लागि सौराहाले हप्ता दिन पनि कुर्नु परेन । चैत १५ गते साहित्यकारहरू फेरि सौराहामा जुटे । उनीहरूले दुई दिनसम्म सौराहालाई साहित्यिक वातावरणमा डुबाए जसमा नारायण ढकाल, नयनराज पाण्डे तथा अमर न्यौपाने दोहरिएका थिए भने खगेन्द्र संग्रौला र सुविन भट्टराई थपिएका थिए । विषय र सन्दर्भ पहिलेको भन्दा फरक थियो । 

चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको समूहले सौराहामा उक्त मेडिकल लिट्रेचर मेला सम्पन्न गरेको हो । चैक्र १५ र १६ गते दुई दिन चलेको मेलामा आख्यान लेखनमा सत्रिय चिकित्सक तथा अन्य आख्यानकारहरू सहभागी थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीहरूको पहलमा मेडिकल लिटरेचर मेलाको सुरुवात भएको हो ।

डा. गोविन्द केसीले मेलाको उद्घाटन मात्र गरेनन् विपद्का बेला उद्धार र उपचारका लागि देश– विदेशमा खटिँदाको अनुभवसमेत सुनाए । चिकित्सा शिक्षाका सन्दर्भमा उनले आफूले सुरु गरेको अनशनको औचित्य पनि प्रस्ट्याए । स्वस्थ्य हुनुको मूल्यका विषयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अनुभव प्रस्तुत गरे । डा. रामेश कोइराला, डा. सरोज धिताल तथा डा. जीवन क्षेत्रीले चिकित्सा बाहिरको स्वास्थ्य तथा डाक्टर हुनुको अर्थका बारेमा चर्चा गरे भने विश्लेषक हरि शर्माले सत्याग्रहका सम्बन्धमा मन्तव्य दिए ।

सुविन भट्टराईले सञ्चालन गरेको सत्रमा आख्यानमा पात्र छनौटका विषयमा नयनराज पाण्डे र अमर न्यौपानेले आ–आफ्नो धारणा प्रस्तुत गरे । उद्घाटनका दिन चिकित्सक तथा साहित्यकारसमेत गरेर १३ जनाले कविता सुनाए । दोस्रो दिन डा. सुधा शर्मा र विष्णु विष्टले चिकित्सा पेशामा लागेका महिलाहरूको संघर्षका कथा वर्णन गरे भने दुर्गम क्षेत्रमा कार्यरत डाक्टरका बारेमा डा.सुमन कर्माचार्य एवं डा.समिर लामाले अनुभव सेयर गरे । 

ठुलै साहित्यकारको परिचय बनाएका खगेन्द्र संग्रौला र नारायण ढकाल डाक्टरका पिता पनि रहेछन् । उनीहरूले उपचार सेवा र सन्तानको शिक्षा तथा पेशाका बारेमा रोचक स्मृतिहरू सुनाए । डाक्टरले किन लेख्ने ? भन्ने विषयमा कृतिहरूसमेत सार्वजनिक गरिसकेका डा.सरोज धिताल, डा. रामेश कोइराला तथा डा. रवीन्द्र समीरका धारणा सुनेपछि मेला सम्पन्न झएको थियो । 

कार्यक्रम आयोजक समितिका संयोजक विशद दाहाल सौराहाको कार्यत्रमले आफूहरूलाई निकै प्रभावित गरेको बताउँछन् । समितिका सदस्य आविष्कार चापागाईंका अनुसार मेडिकल लिटरेचर मेलाको अर्को संस्करण पनि चितवनमै गर्ने सोच छ । सौराहा क्षेत्रका पर्यटकीय होटलहरूको संस्था क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे आफैं फनि साहित्यकार हुन् । चितवनमा मन्थनसहितका साहित्यिक कार्यक्रम विरलै हुने गरेका छन् । यस्ता कार्यत्रमले पर्यटनमा समेत सहयोग पुग्ने उनको ठम्याइ छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik