• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
नेपालमा राजतन्त्र हटाउन  भारतीय जासुस !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

नेपालमा राजतन्त्र हटाउन  भारतीय जासुस !
भाद्र २१, २०७६

नेपालको राजनीति र शासन व्यवस्थामा भारतीय प्रभाव कति पर्छ भन्ने आधिकारिक वा यथेष्ट प्रमाण छैनन्, तर छिमेकी देश भएका नाताले जो–कसैलाई नेपाल र भारतको राजनीतिप्रति चासो र चिन्ता भने हुने गरेको छ । यसै क्रममा अमर भूषणको हालै प्रकाशित पुस्तक ‘इनसाइड नेपाल’ मा नेपालमा भारतीय प्रभावलाई स्पष्ट पार्ने प्रयास गरिएको छ । 

सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाएर राजतन्त्र हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’को विशेष भूमिका रहेको पुस्तकमा उल्लेख छ । रअकै पूर्व विशेष निर्देशक अमर भूषणले हालै सार्वजनिक गरेको उक्त पुस्तकमा पहिले राजतन्त्रलाई संवैधानिक बनाउन र पछि हटाउन गोप्य रूपमा भूमिका खेलेको कुरा बताइएको छ । 

यसै साता नेपाली बजारमा आउन लागेको ‘इनसाइड नेपाल’ २ सय २ पृष्ठको भएको एमाजोन डटकमले उल्लेख गरेको छ । अंग्रेजी भाषाको यो पुस्तकको समीक्षा डीएनए इन्डिया, इन्डियन एक्सप्रेस आदि पत्रिकाले प्रकाशन गरेका छन् । पुस्तकमा उल्लेखित अंशहरूले नेपालमा रअको प्रभावकारिता सशक्त र खुल्ला रहेको बताउँछ । 

पटक–पटक प्रचण्डसँग

पुस्तकमा तत्कालीन अवस्थामा सशस्त्र विद्रोह गरिरहेको माओवादीका अध्यक्ष प्रचण्डलाई रअले पटक–पटक भेटेर राजनीतिक घट्नाक्रमका सम्बन्धमा संवाद गरेको उल्लेख छ । राजनीतिक दलकै बलमा राजतन्त्र हटाउन प्रचण्डसँग रअले पटक–पटक आग्रह गरेको र रअकै डिजाइनमा दलहरू राजतन्त्रविरुद्ध उत्रिएको दाबी पुस्तकमा गरिएको छ ।

पहिलो चरणको भेटमा रअका प्रतिनिधिसँग प्रचण्ड निकै सशंकित भएको र पछि फकाउन सफल भएको पुस्तकको दाबी छ । किनभने प्रचण्ड रअका प्रतिनिधिहरूसँग निकै डराएको र असुरक्षित महसुस गरेको उल्लेख गरिएको छ । प्रचण्डले पहिचान लुकाइएका रअ ब्युरो प्रमुख जीवनाथनसँग ‘हामी राजाको शासनमा रहन्छौं वा लोकतन्त्रमा जान चाहन्छौं, तपाईंहरू यस विषयमा किन यति धेरै चासो लिनुहुन्छ ?’ भनेर प्रश्न गरेको पनि पुस्तकमा बताइएको छ । 

राजतन्त्र उन्मूलनमा रअ

नेपालको राजतन्त्रलाई संवैधानिक बनाउन वा उन्मूलन गराउन रअको भूमिका महत्वपूर्ण रहेको पुस्तकमा जनाइएको छ । सन् १९८९–९० मा नेपालको राजतन्त्रलाई संवैधानिक बनाउन सक्रिय भूमिका निर्वाह गरेको र आफू अनुकूल बनाउन हरहमेसा प्रयास गरेको पुस्तकको दाबी छ । पुस्तकमा नक्कली नाममा सक्रिय रअ प्रमुख जीवननाथले नेपालमा गोप्य रूपमा एजेन्टहरू परिचालन गरेको तथा राजा वीरेन्द्रको शासनकालमा विशेष युनिट नै खडा गरेको उल्लेख गरिएको छ । जीवननाथको भूमिका गोप्य रूपमा फरक सिद्धान्त र आस्था बोकेका राजनीतिक दलहरूलाई एकजुट बनाउने र राजतन्त्र फाल्ने थियो । जीवननाथ अरु कोही नभएर अमर भुषण नै भएको पुस्तकमा बताइएको छ ।

वि.स. २०४६ सालको जनआन्दोलनताका नै रअले राजतन्त्र हटाउने योजना बनाएको पुस्तकमा जनाइएको छ । सोहीबमोजिम तत्कालीन राजीव गान्धी सरकारले नेपालको आन्दोलनलाई सहयोग गर्ने र राजालाई दबाबमा राख्ने प्रयास गरेको थियो । उक्त पुस्तकको केही समीक्षामा भनिएको छ– त्यसपछि नेपालका सीमा नाकाहरू बन्द गरिएको थियो भने नेपालमा उपभोग्य सामग्रीको हाहाकार भएको थियो । तत्कालीन रअ प्रमुख एके बर्माले नेपालमा सशक्त अभियान चलाउन निर्देशन दिएको र त्यसपछि नेपाली नेताहरूले पटक–पटक रअका प्रतिनिधिहरूलाई भेटेको कुरा उल्लेख गरिएको छ । त्यही बेला राजा वीरेन्द्रले चीनसँग सहयोग मागेको कुरा पनि पुस्तकमा बताइएको छ । 

सन् १९६७ मा मध्यप्रदेशबाट प्रहरी सेवामा प्रवेश गरेका अमर भूषण पछि रअमा आबद्ध हुँदै भारत सरकारको सक्रिय गुप्तचर विशेषज्ञका रूपमा स्थापित भएका हुन । भारत झारखण्डका बासिन्दा भूषणका ‘स्क्याप टु नोवेअर’, ‘द जिरो कष्ट मिसन’ आदि पुस्तक प्रकाशित छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik