• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
पुस्तक : दसैंको साथी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नेमिष गौतम

पुस्तक : दसैंको साथी
आश्विन १७, २०७६

दसैं भन्नासाथ सामान्यत: भेटघाट, आशीर्वाद, मन्दिरमा भगवानको दर्शन, जुवातास, मदिरापान, खानपिन तथा घुमघाम नै दिमागमा आउँछ । यो समयमा कमै मात्रको ध्यान पुस्तकमा जान्छ, यद्यपि अरू बेला दैनिक कामको दौडधूपमा बित्ने हुँदा दसैंको बिदामा पुस्तक पढ्ने जमात बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै काठमाडौंमा रहेका पुस्तक प्रकाशक संस्थाले धमाधम नयाँ पुस्तक बजारमा ल्याइरहेका छन् । कतिपयले त पुराना पुस्तकलाई पुनर्मुद्रण गरेर विक्रेतामाझ पुर्‍याइसकेका छन् ।

पछिल्ला वर्षमा राम्रा लेखकको पुस्तक प्राथमिकताका साथ प्रकाशन गरिरहेको बुकहिल पब्लिकेसनले दसैंलाई लक्षित गर्दै चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’, साहित्यकार सरुभक्तको ‘प्रतिगन्ध’, प्राध्यापक तथा लेखक सञ्जीव उप्रेतीको ‘हंस’ बजारमा ल्याएको छ । ‘साहित्यकार सरुभक्तले उपन्यास ‘चुली’ लेखेको १५ वर्षपछि ‘प्रतिगन्ध’ र सञ्जीबले उपन्यास ‘घनचक्कर’ लेखेको १२ वर्षपछि ‘हंस’ बजारमा आएको हो । दसैंमा गरिने सपिङमा पुस्तक पनि नछुट्ने वस्तु भैसकेका छन् । वर्षमा एक–दुईवटा पुस्तक पढौं न भन्ने मनोविज्ञानको विकास भैसकेको छ’, बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्का भन्छन्, ‘दसैंमा पुस्तक उपहार दिने चलन पनि फस्टाएको छ ।

खास गरी यो समयमा पाठकहरूले राम्रा लेखकको फिक्सन, ननफिक्सन, बायोग्राफी जस्ता पुस्तक बढी रुचाउँछन् ।’ अघिल्लो वर्ष दसैंको छेकोमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ प्रकाशन गरेको बुकहिलले नारायण ढकालको ‘प्रेतकल्प’, सञ्जीव उप्रेतीको ‘घनचक्कर’, तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’, मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ तथा गुरुप्रसाद मैनालीको ‘नासो’ रिप्रिन्ट गरेर बजारमा ल्याइसकेको छ । फाइन प्रिन्टले दसैंलाई लक्षित गर्दै डा. सन्दुक रुइतको जीवनी ‘सन्दुक रुइत’ बजारमा ल्याएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको यो पुस्तकलाई लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । त्यस्तै फाइन प्रिन्टले प्रकाशन गरेको मदन पुरस्कार विजेता अमर न्यौपानेको कृति ‘गुलाबी उमेर’ पनि बजारमा आइसकेको छ । ‘दसैंमा मानिसलाई फुर्सद पनि हुने र हातमा पनि राम्रै पैसा हुने भएकाले प्राय:ले पुुस्तक किनेर लान्छन् । अझ गाउँ वा विदेश जाँदा पुस्तकलाई कोसेलीका रूपमा लाने चलन पनि पुस्तकको बजार फस्टाउँदै गएको छ’, फाइन प्रिन्टका प्रकाशक अजित बराल भन्छन्, ‘हाम्रो प्रकाशन स्थापना भएको १३ वर्ष भयो । १३ वर्षको अनुभवले दसैंमा अधिकांश पाठकले राम्रा पुस्तक पढ्न रुचाउने पाएका छौं । त्यसकारण पनि अन्य समयको तुलनामा दसैंमा पुस्तक विक्रीको फ्लो केही न केही बढी हुन्छ ।’

नेपालय भन्नासाथ धेरैले सांगीतिक ‘पलेंटी’ शृंखला तथा लोक रक ब्यान्ड नेपथ्यलाई सम्झन्छन् । यद्यपि नेपालयको पहिचान त्यतिमै मात्र सीमित छैन । नेपालय आफैंमा पुस्तक प्रकाशक संस्था पनि हो । नेपालयले प्रकाशन गरेका केही पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । यो पब्लिकेसनले दसैंको मौका पारेर साहित्यकार तीर्थ श्रेष्ठको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूहहरू’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’, मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ तथा प्राध्यापक केआर खम्बूको आत्मकथा ‘छायाँको लस्कर’ सार्वजनिक गरेको छ ।

पब्लिकेसनका सिइओ सेजन मास्के पुस्तक प्रकाशक एवं विक्रेताका लागि दसैं राम्रो सिजन भएको दाबी गर्छिन् । ‘पुस्तक मेला आयोजना गर्नुअघि नै पुस्तक बिक्री गर्ने र पढ्ने माहौल बनिसकेको हुन्छ । दसैंमा लामो बिदाका साथ बोनस पनि आउने भएकाले त्यो बोनसलाई अधिकांशले सपिङसँगै पुस्तक खरिदमा खर्च गर्छन्’, मास्के भन्छिन्, ‘कस्तो पुस्तक बढी बिक्री हुन्छ भन्ने कुरा उपभोक्ताको छनौटमा भर पर्छ ।’ 

पुस्तक प्रकाशनमा रत्न पुस्तक भण्डारको लामो इतिहास छ । वि.सं. २००३ मा स्थापना भएको यो प्रकाशन गृहले बालकदेखि पाको उमेरसम्मका पाठकका लागि विभिन्न किसिमका पुस्तक प्रकाशन गर्दै आएको छ । भण्डारले दसैंको छेको पारेर युवराज नयाँघरेको ‘तन्खया’, विश्वराज अधिकारीको ‘अचम्म’, रत्नकै ‘रत्न नेपाली बृहत् समालोचना सैद्धान्तिक खण्ड’ जस्ता पुस्तक बजारमा ल्याइसकेको छ । प्रबन्धक गोविन्द श्रेष्ठ दसैंताका पुस्तक बिक्री बढ्ने अनुभव सुनाउँछन् ।

‘अन्य समयको तुलनामा दसैंमा मानिस फुसर्दिला हुन्छन् । यतिबेला उनीहरूको आयस्रोत पनि बढेको हुन्छ’, गोविन्द खुल्छन्, ‘पाठकको उमेर अनुसार उनीहरू आफ्ना स्वादका पुस्तक छान्छन् । अहिलेको युवा पुस्ता फिक्सन र ननफिक्सन रुचाउँछन् भने बूढापाकाहरूको चासो राजनीति एवं धार्मिक पुस्तकमा छ । 

अर्को पुस्तक प्रकाशक बुलबुल पब्लिकेसनले दसैंलाई नै लक्षित गरेर पूर्व सैनिक चन्द्र कटुवालको ‘सिपाहीको डायरी’, औषधी व्यवसायी ध्रुवकुमार शर्माको उपन्यास ‘अन्तरमनको आवाज’, ध्रुवकुमारको ‘खोज’, गोपाल गुरागाईंका ‘ती दिनहरू’ जस्ता पुस्तक बजारमा ल्याइसकेको छ । ‘दसैंमा पुस्तकको विक्री झन्डै ४० देखि ५० प्रतिशतसम्म बढ्छ । मानिसहरू लामो छुट्टीमा हुने भएकाले पनि यतिबेला पुस्तक पढ्नेहरूको जमात राम्रै हुन्छ’, बुलबुलका अच्युत घिमिरे भन्छन् ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’बाट चर्चामा आएको किताब पब्लिसर्सले यसपटकको दसैंमा कुनै पनि पुस्तक प्रकाशन गरेको छैन । अघिल्लो वर्ष राजेन्द्र पराजुलीको ‘अघोरी’ र दुर्गाको ‘विमान विद्रोह’ प्रकाशन गरेको पब्लिसर्सले यसपटक भने आराम लिएको छ ।

‘यसपटक किताबको काम गर्न भ्याइएन । बजारमा धेरै प्रकाशन गृहका पुस्तकहरू आइरहेकाले त्यसमा थप गर्दा दबाब बढ्छ भनेर पुस्तक बाहिर ल्याएनौं’, पब्लिसर्सकी कल्पना ढकाल भन्छिन्, ‘यो समयमा मानिसहरू सपिङ मुडमा हुन्छन् । त्यो मुडमा उनीहरूको नजर पुस्तकमा पनि पर्छ, तर कस्तो किसिमको पुस्तक किन्छन् भन्ने चाहिँ यकिन हुँदैन् ।’ 

एक समय पुस्तकलाई ज्ञानको भण्डार मानिन्थ्यो । अहिले पुस्तक फुर्सदको साथी जस्तै भएको छ । किनभने यात्रामा होस्, घरमा बस्दा होस्, कतै घुम्न निस्कँदा होस् वा घरमा शोक परेको अवस्था नै किन नहोस् मानिसहरू पुस्तकमै रमाइरहेका हुन्छन् । अझ दसैंमा घरमै बसेर समय बिताउन चाहनेहरूका लागि पुस्तक सच्चा साथी नै सावित हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik