• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
नेपाली गजलमा अझैं टुंगिएन जुँगाको लडाई
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राधिका अधिकारी

नेपाली गजलमा अझैं टुंगिएन जुँगाको लडाई
माघ २५, २०७६

शृङ्गारबाट सुरु भएको नेपाली गजल वर्तमान अवस्थामा आइपुग्दा शृङ्गारमा मात्रै केन्द्रित छैन् । पछिल्लो समयका गजलकारहरु गजलमा घर, समाज र देशलाई लेख्न थाले । सुरुमा बहरमा लेखिने गजल पछिल्लो समय स्वतन्त्र रुपमा लेखिन थाले । यसरी गजलकारको संख्या सँगै गजल विभिन्न शैलीमा लेख्न थालिएसँगै गजलमा विवाद सुरु भएको हो ।

लेखनका सुरुवाती दिनमा गजलकार साधना प्रतिक्षालाई म कुन विधामा कलम चलाउ भन्ने दुबिधा थियो । गजल लेखनबाट आफ्नो साहित्यिक यात्राको प्रारम्भ गरेकी प्रतिक्षालाई उनका अग्रहहरुले गजल नलेख्न सुझाईरहेका थिए । पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गजल महोत्सवको एक सत्रमा उनी लेखनको सुरुवाती चरणको सम्झना गर्दै थिईन्– ‘मलाई मेरा अग्रजहरुले साहित्यमा आफ्नो परिचय बनाउनु छ भने तिमी कविता लेख भन्नु भएको थियो । एक मन लाग्थ्यो गजल लेखेर म पनि स्थापित हुन सक्दिनकी । फेरि अर्को मनले गजल मोह त्याग्न सकेन । म आज पनि गजलमै रमाउँछु ।’

गजलकार ज्ञानुवाकर पौडेलसँग पनि गजल लेखनका क्रममा भोगेका कयौं तिता अनुभूतीहरु छन् । गजल लेखेकै आधारमा उनलाई अग्रज भनिने कविहरुले थुप्रै पटक चुड्के कवि भनेर सम्बोधन गरेका छन् । लामो समयदेखि गजल लेख्दै आएका पौडेललाई आजका पुस्ताको गजलप्रतिको आकर्षण देखेर निक्कै खुशी लाग्छ । हिजो गजलकारहरुलाई चुड्के कवि भनेर सम्बोधन गर्नेहरुनै आज महफिलमा आएर गजलमा ‘वान्स मोर’ गर्छन् । पोडेललाई आफूले जितेको जस्तो, नेपाली गजलले जितेको जस्तो गौरव बोध हुन्छ ।

समाजमा रहेको लैङ्गिक असमानता जस्तै नेपाली साहित्यमा पनि विधागत असमानता छ । नेपाली साहित्यमा सबैभन्दा धेरैले पढिने र लेखिने बिधा गजल भएको छ । यो कुरामा कुनै विमती छैन् । तर, विमती गजल लेख्नेहरु बिचमानै छ । एकथरी गजलकारहरु स्थानिय लयलाई मान्यता दिनु पर्छ, स्वतन्त्र रुपमा लेखिएका गजल पनि बहरमा लेखिएका गजल भन्दा अब्बल छन् । अर्काथरी भन्छन् ‘बिना बहरमा लेखिएका गजल गजल हुँदै होईनन्’ । 

नेपाली गजलको इतिहास त्यत्ति लामो छ्रैन् । नेपाली गजलको प्रारम्भिक स्थितीलाई हेर्ने हो भने सबै भन्दा पहिला मोतिराम भट्टलाई सम्झनु पर्ने हुन्छ । मोतिराम भट्ट जो आफूले गजलमात्रै लेखेनन्, मोतीमण्डली नै खडा गरेर नेपाली गजलको उत्थानमा निरन्तर लागिरहे । मोतीराम भटट्को उदयसँगै नेपाली गजलले शृङ्गार धारलाई सवल रुपमा स्थापित गरायो ।

मोतिराम भट्टपछि भीमनिधी तिवारी, नरदेव पाण्डे, शम्भुप्रसाद ढुंगेल, उपेन्द्र बहादुर जिगर, लक्ष्मीदत्त पन्तले समकालीन नेपाली गजलको यात्रामा अर्को उदाहरणीय कार्यहरु गरे । त्यसपछि नेपाली गजलहरु लेखिए तर कम लेखिए । 

२०३५ सालमा गजल लिएर ज्ञानुवाकर पौडेल देखा परे । त्यसपछि  उनको उपस्थितिसँगै सुस्ताएको नेपाली गजलले पूर्नजीवन पायो । फलस्वरप ज्ञानुवाकर पौडेललाई नेपाली गजलको पूर्नजागरणकर्ताका रुपमा लिइन्छ ।

ज्ञानुवाकर पौडेलपछि ललिजन रावल, रवि प्राञ्जल, बुँद राना, डा. कृष्णहरी बराल, डा. घनश्याम न्यौपाने परिश्रमी लगायतका गजलकारहरुले नेपाली गजलको अवस्थालाई वर्तमान अवस्थासम्म डोर्‍याउँदै ल्याएको तथ्य हामी सामु छ ।

नेपाली गजल सङ्लिादै जाने क्रममा लेखिँदै जाने क्रममा गजलमा विभिन्न धारहरु पनि देखा परे । तर जति धारहरु देखा परे पनि ती सबैको उद्धेश्य गजलको उत्थानकै लागि रहेको थियो । 

समय फेरिदैँ गयो । मान्छेका चाहनाहरु फेरिदैँ गए । गजलको स्वरुप पनि फेरिदैँ गयो । एकबाट दश, दशबाट सय हुँदै हाल आएर हज्जारौँको संख्यामा गजल लेख्नेहरु जन्मिए । अहिले युवा पुस्तामा सबैभन्दा बढी लेखिने विधा पनि गजल भएको छ । जति जति गजलहरु लेखिए । ती लेखिएका गजलहरुमाथि समालोचना पनि हुँदै गए । ज्ञानुवाकर पौडेल भन्नुहुन्छ–अबको नेपाली गजलमा कविताको स्वाद आउन जरुरी छ । 

शृङ्गारबाट सुरु भएको नेपाली गजल वर्तमान अवस्थामा आइपुग्दा शृङ्गारमा मात्रै केन्द्रित छैन् । पछिल्लो समयका गजलकारहरु गजलमा घर, समाज र देशलाई लेख्न थाले । सुरुमा बहरमा लेखिने गजल पछिल्लो समय स्वतन्त्र रुपमा लेखिन थाले । यसरी गजलकारको संख्या सँगै गजल विभिन्न शैलीमा लेख्न थालिएसँगै गजलमा विवाद सुरु भएको हो । 

स्वतन्त्र रुपमा गजल लेख्दै आएका गजलकार बाबु त्रिपाठी स्वतन्त्र रुपमा गजल लेखिनु वर्तमान समयको माग भएको जिकिर गर्छन् । देशभरी विभिन्न कार्यक्रम मार्फत गजल अभियानमा होमिएका त्रिपाठी ५ वर्ष अघिसम्म पनि नेपाली गजलको स्थिती निक्कै नाजुक रहेको बताउँछन् । उनी यो जगल, त्यो गजलकार भनेर बिवाद गर्नु भन्दा पनि गजलकारहरु एक ढिक्का हुनु जरुरी भएको उल्लेख गर्छन् । 

अग्रज गजलकार ललिजन रावल गजलले लय चेतनालाई भने पकृनु पर्ने उल्लेख गर्छन् । रावल भन्छन् ‘बिवाद हामीले बनाएको हो । गजल गजल जस्तै हुनुपर्छ । गजल लेख्ने हो भने गजल लेखौँ । लय भनेको नै बहर हो । गजल गाईने बिधा हो, त्यसैले लेखेपछि आफैं लय आउँछ । जे हो त्यो हुनु पर्छ भन्दा बिबाद गर्नु जरुरी छैन ।’ डा. कृष्णहरी बराल पनि गजलकारहरुलाई स्वतन्त्र रुपमा लेख्न दिनु पर्ने धारणा राख्छन् । 

यता, अर्का गजलकार आवाज शर्मा बहरमा रहेर नलेखिएका गजललाई कुनै अर्कै नाम दिनु पर्ने धारणा राख्छन् । उनले समय अनुसार परिवर्तन भएको दौरा र टिसर्टलाई उदाहरण देखाएर गजल पनि लेखनको सिद्धान्तलाई हेरेर सिद्धान्त बाहिर परेका गजललाई अर्कै नाम दिन आग्रह गर्छन् । उनी भन्छन्– ‘ हामीले हेर्दाहेर्दै हाम्रो आँखै अगाडि तीजले मौलिकता गुमाएर रत्यौलीको अर्को संस्करण बन्न पुगेको त देखेकै छौँ । तिनका अनुयायी र प्रशंशकहरू तीज भन्दा धेरै भएको पनि देखेकै छौँ । विभिन्न अवसरमा ती गीतमा तपाईं हामी पनि नाचेकै छौँ र रमाएकै छौँ । के तपाईलाई, मलाई मन पर्‍यो भन्दैमा त्यो रत्यौली गीत तीज गीत नै हुने हो र ? अब अर्धनग्न, द्विअर्थी, शृङ्गारिक भाव भङ्गिमा र शब्द सहितका गीत नृत्यले तीजको गरिमा र अस्तित्वलाई बचाउला र ? भीड उतै छ, यो बानियाँ युगमा पैसा उतै छ । तपाई साँच्चै तीजको अनुरागी हो भने तपाईको धारणा के होला ? उनी नेपाली गजल जुँगाको लडाईले गर्दा टुंगोमा पुग्न नसकेको बताउँछन् ।

आङमा लगाउने नै हो, दौरा र टिसर्ट पक्कै फरक कुरा हुन् । टिसर्टलाई टिसर्टकै रूपमा चिनौँ, नाम नभए कुनै एउटा सम्मानित नाम दिऊँ, तर दौरा नै भनेर दौरा र टिसर्ट दुवैको अपमान नगरौँ ।’ उनको यो भनाई पछिल्लो समय लोकप्रिय भएको स्वतन्त्र रुपमा लेखिएको गजल र गजललले पाएको वान्समोरप्रति लक्षित देखिन्छ । 

नेपाली गजल अभ्यासमा देखिएको विवादै विवादको महाभारतले गजल लेखनमा आउन खोज्ने नयाँ पुस्ता उदाशीन देखिएको बताउँछन् अछामका गजलकार कमल सघर्ष । उनी भन्छन्– गजल आयातित विधा हो । गजल जुन क्षेत्रबाट नेपालमा भित्रियो, त्यो क्षेत्रको तात्कालिन गजल लेखनको अवस्थालाई पनि बुझ्न जरुरी छ ।   

गजलकार ज्ञानुवाकर पौडेल भने गजलमा बहर भन्दा पनि काव्यिक चेतना जरुरी भएको बताउँछन् । उनी भन्छन्– ‘अहिले गजलमा विचारबोध छ । चेतना छ । यो खुशीको कुरा हो ।’ यो समय लैङ्गिकमैत्री समय भएकाले साहित्यमा पनि विधागत विभेद हुन नहुने उनको भनाई छ । तर, गजलको संरचना भत्कनु नहुने उनको भनाई छ । 

गजल महोत्सव सँगै विभिन्न खाले विवादहरु पनि सार्वजनिक भए । तर, गजल महोत्सवका क्रममा देखिएका कमिकमजोरी भन्दा प्रतिष्ठानले गजललाई विधागत मान्यता दिनुनै ठूलो कुरा भएको गजलकार कपिल अञ्जान बताउँछन् । 

गजल महोत्सव गजल विकासमा कोशेढुङ्गा हुने छ : प्रा.डा. हेमनाथ पौडेल

काव्य विभाग प्रमुख –नेपाल प्रज्ञाप्रतिष्ठान / संयोजक राष्ट्रिय गजल महोत्सव  

अरबी, फारसी र हिन्दी हुँदै गजल नेपालमा भित्रियो । नेपालीपन सहितको विस्तारित स्वरूपमा अहिले गजल नेपालमा मात्रै नभएर विश्वका हरेक देश, जहाँ नेपाली छन्, त्यहाँ लेखिँदै छ । गैरराज्य वा निजी क्षेत्रबाट गजलको विकास, विस्तार र परिष्कारका निम्ति अनेक कार्य भएका देखिन्छन् ।

यस क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले गजललाई प्राथमिकतामा नराखेको र गजलका निम्ति केही गर्न नचाहेको जस्ता गुनासा सुनिए । हुन त यसअघि पनि प्रतिष्ठानले गजलसम्बन्धी गोष्ठीहरू नगरेको होइन तर यसलाई राष्ट्रव्यापी रूपमा सम्बोधन गर्नु आवश्यक थियो । म काव्य विभागको जिम्मेवारीमा रहेका कारण मलाई यसबारे निकै पेचिलो दबाब आइरहेको महसुस भैरह्यो ।

एउटा राम्रै कार्यक्रम गरौं गजलका विषयमा । यस क्रममा मैले प्रतिष्ठानका कुलपति, उपकुलपति तथा सदस्य सचिवसँग सल्लाह गरें, प्रस्ताव राखें । उहाँहरूले राम्रो कुरा हो, यो आवश्यक छ, संयोजन गर्नुहोस् भन्नुभयो अनि गजल क्षेत्रकै केही व्यक्तिहरूसँग पनि कुरा गरियो । पटक पटकको छलफल भयो । सकेसम्म राष्ट्रव्यापी बनाउने प्रयत्न गर्ने कुरा भयो । अन्तत: २ दिने गजल महोत्सव गर्ने निर्णय स्वरुप प्रज्ञाप्रतिष्ठानमै उक्त महोत्सव सम्पन्न भएको हो । 

नेपाली गजलमा लामो समयदेखि मतभेद र विवाद कायम छन् । यो कुरा सबैलाई थाहा छ । यसलाई न्यूनीकरण गर्नु पनि थियो । म आफू गजलबारे त्यति चासो नराखे पनि गजल पनि काव्यकै अङ्ग भएको र काव्य विभाग नै त्यसका लागि जिम्मेवार भएको महसुस गरेर एउटा महोत्सव वा गोष्ठीको आयोजना गर्दै उक्त मतभेद र विवादको निरूपण गर्नु पनि उपयुक्त होला भन्ने लाग्यो ।

यसै क्रममा छोटो समयमा प्रतिष्ठानले देशभरबाट हरेक प्रदेशबाट ५ जनाका दरले युवा गजलकार र प्रौढ अतिथि गजलस्रष्टाहरूसमेतलाई एकै थलोमा राखेर अन्तत: गजल महोत्सव सम्पन्न मात्र गरेन, गजलमा देखिएका विवादका जडसम्म पुगेर एउटा मध्यमार्गी घोषणा पत्र समेत सार्वजनिक गरियो । मलाई लाग्छ, यो महोत्सव नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागिसमेत एउटा कोशेढुङ्गा साबित हुनेछ ।

विवाद कायमै

नेपाली गजलमा देखिएको विवादलाई किनारा लगाउँन भन्दै गजल महोत्सवबाट ५ बुँदे घोषणा पत्र जारि गरियो । सार्वजनिक घोषणा पत्रमा गजलको सैद्धान्तिक पक्षलाई आत्मसाथ गर्दै गजल बहर वा छन्दमा लेखिनु पर्छ भन्ने कुरालाई ममन गरी नेपाली गजल लेखनको मौलिक पक्षलाई सम्मान गर्ने, गजलमा अन्तरवस्तु र रुप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अंगीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुती चमत्कारपूर्ण हुनुपर्छ भन्ने लगायतका कुरा उल्लेख गरिएको छ । तर, सार्वजनिक घोषणा पत्रमानै गजलकारहरु पुन: विभाजित देखिएका छन् । घोषणापत्रले के भन्यो भन्ने अस्पष्टता रहेको कतिपय  गजलकारहरुको गुनासो छ ।

गजल बिस्तारमा संस्था

नेपाली गजल बिस्तारका लागि देशैभरी विभिन्न संघ संस्थाहरु स्थापना भएका छन् । संघ संस्थाहरु यतिनै छन् भन्ने यकिनचैं छैन् । राजधानीमै दर्जन बेसी गजलका संस्थाहरु स्थापना भएका छन् । त्यसमा पनि सबैभन्दा चर्चामा रहेका  मधुबन साहित्यिक प्रतिष्ठान र अनाममण्डली हुन् । यि दुई संस्थाले गजल लेखन तथा गजलको विकासको निम्ति निक्कै ठूलो भूमिका खेलेका छन् । 

नेपाली गजलकै लागि भनेर बाहिर रहेका गजल सन्ध्या, पोखरा, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाँके । गजल संगम– मकवानपुर, गजल संगम सिन्धुली, हाम्रो मझेरी साहित्य प्रतिष्ठान– चितवन, गजलसागर नेपाल– बुटवल जस्ता लगायतका संस्थाहरुले नेपाली गजलको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरको छन् । 

गजलकारको संख्या

नेपाली गजलकारहरुको संख्या बीस हजार भन्दामाथि रहेको अनुमान गर्न सकिन्छ । तर, कुन विधाका स्रष्टा कति भन्ने आधिकारिक आँकडा राख्ने कुनै पनि संस्था नभएका कारण गजलकारहरुको संख्या यतिनै छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन् । 

गजलको माहोल

लामो समयदेखि सर्वनाम नाटक घरसागको सहकार्यमा  गजल महफिल चलाउँदै आएका बाबु त्रिपाठी सक्रिय गजलकारहरु २ सयको हाराहारीमा भएको बताउँछन् । ती गजलकारहरु आफू पनि उत्कृष्ट गजल लेख्नछन् र अरुलाई पनि लेख्न प्रेरित गर्छन् ।

उनी भन्छन्–७७ वटै जिल्लाहरुबाट आएका गजलकारहरुको बसोबास हुने भएकाले पनि काठमाडौंमा रहेका गजलकारहरुको गति बिधि अन्य क्षेत्रको भन्दा अब्बल देखिन्छ नै । तर, वास्तविकता भने यो होइन् । हाल आएर काठमाडौं बाहिर गजलका गतिबिधिहरु उत्साहजनक रुपमा रहेको पाइन्छ । जसको उदाहरणका लागि मध्य पश्चिम र सुन्दर सुदुर पश्चिमलाई लिन सकिन्छ । यसका अलावा पूर्वाञ्चलको गतिबिधि पनि हाल असाध्यै  सुधारिएको अवस्थामा छ । जसले गर्दा गजलको माहोल दिनप्रतिदिन बढ्दो छ ।

गजल कृति

नेपाली गजलका पुस्तक वर्षमा २ दर्जन भन्दा बढी प्रकाशन हुने गरेको पाइन्छ । प्रकाशन भएका मध्ये पनि एक प्रतिशत गलकारका कृतिमात्रै प्रकाशकले प्रकाशन गर्ने गरेको तथ्य छ । बाँकी कतिपय गजल संग्रहहरु व्यक्तिगत सहयोगबाट प्रकाशन हुने गरेका छन् । अहिलेको अवस्थामा गजलकारहरुले प्रकाशहरुलाई विश्वास दिलाउन सकेका छैनन् गजलको पनि ठूलो मार्केट छ भन्ने कुरा । 

बिस्तारै बिस्तारै प्रकाशकहरुलाई विश्वास दिलाउन सकियो भने गजलको पुस्तकको प्रकाशनको संख्या बढ्ने निश्चित देखिन्छ । तर यसका लागि गजलकारहरु सचेत हुन पर्ने देखिन्छ । नाम मात्रको गजलबाट गजलकारहरु मुक्त हुन पर्ने देखिन्छ । प्रकाशकले विश्वास गरेका गजलकारहरुले प्रकाशनका लागि गजलको संख्या पुर्‍याउन नसकेको केही प्रकाशकको गुनासो छ । प्रकाशकलाई पूर्ण विश्वास भएमा गजलको पुस्तक प्रकाशनमात्र होइन गजलकारले पारिश्रमिक समेत पाउने देखिन्छ । यसको उदाहरणमा गजलकार अमला अधिकारी र विपिन सलामीलाई लिन सकिन्छ ।

गजल रेकर्ड

पछिल्लो समय गजल गायनको परम्परा बृद्धि भएको छ । पछिल्लो वर्षलाई हेर्ने हो भने नेपाली चलचित्रमा समेत गजललाई प्राथमिकतामा राख्न थालिएको छ । तर यसको श्रेय डा. कृष्णहरी बराललाई जान्छ । उनैले नेपाली सिनेमामा गजल भित्र्याएका हुन् । तर, गीतको तुलनामा गजल रेकर्ड भने निक्कै कम हुने गरेका छन् ।  यसका अलावा धेरै गजलकारहरुले गजल लेखनमा वाचनलाई प्राथमिकता दिएका कारण पनि कम संख्यामा गजल रेकर्ड हुने गरेको संगीतकार हरि लम्साल बताउँछन् । करिब १५ सय गीतमा संगीत भरेका लम्साल आफूले करिब ५० गजलमा संगीत भरेको बताउँछन् । 

गजल साँझ

काठमाडौंका दरबारमार्ग तथा ठमेलतिर केही संख्यामा गजल साँझहरु खोलिएका छन् । तर खोलिएका ती गजल साँझहरुमा गजल भनेर गीत प्रस्तुत गरिदै आएको छ । केही गजल साँझहरुमा थोरै मात्रामा गजल सुनाए पनि बिच बिचमा गीतनै प्रस्तुत गर्ने गरेको गजल पारखीहरु बताउँछन् । यसको कारण पनि नाम मात्रको गजल साँझ हुने गरेको देखिन्छ । अझैं पनि वास्तविक गजल साँझहरु सञ्चालन हुन सकेका छैनन् ।

टिकटमा बिक्री भइरहेको गजल साहित्य । 

२०७२ सालबाट काठमाडौंको सर्वनाम थिएटरमा ‘महफिल’ सुरु भएपछि अहिले आएर देशैभरी टिकटमा गजल सुन्ने सुनाउने कार्यक्रम दिनदिनै बढ्दै गइरहेको छ । ५ वर्ष अगाडिसम्म पनि गजलको स्थान यो अवस्थामा थिएन । सित्तैमा गजल सुन्नेहरु भेट्टाउन पनि गाह्रो पथ्र्यो । अहिले आएर नेपाली गजलको उत्थान सागसागै टिकटमा गजल सुन्ने वातावरण बढ्नु नेपाली गजलको उज्यालो दिनको सुरुवात हो भन्न सकिन्छ । काठमाडौंमा शीतल कादम्बिनीले सुरु गरेको गीत गजल र शीतल अनि रसिक राज लगायतले सुरु गरेको आभा काव्य लहर त्यसको एउटा प्रमाण हो । यस्ता प्रमाणहरु देशभर रहेका छन् । सिन्धुलीमा बरुण लामिछानेले सुरु गरेको गजल संगम र सुर्खेतमा भरत प्रमोद दाहालहरुले सुरु गरेको कार्यक्रम अर्को उदाहरण हो । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik