वैशाख १४, २०७७
खाडीमा अहिले बसेर कसरी काट्छौ तिमी जीवन
चिन्ता व्याप्त छ आज भित्र घरमा भारी बनाई मन
कोठामा रहँदा पराइ जनले के दिन्छ होला धन
भोकै छौ अथवा चलेछ गुजरा के हुन्छ प्यारा भन !
हाम्रो राष्ट्र बन्यो भने त जसरी हामी रहन्छौ खुशी
भन्दै देश बनाउने समरमा मार्यौ हिंजो बुर्कुसी
के पायौ भन ती शरीरहरुमा बोकेर छर्राहरु
हानियौ परदेश खै त सुखका खुल्दैन घर्राहरु !!
हामी छौ घरदेशमा सुख नभै गाह्रै हओस जीवनी
तिम्रो त्यो परदेशको विरहले लाग्दैन निद्रा पनि
सारा विश्व छ ठप्प आज भयले आफै चनाखो बन
पक्कै भेट हुनेछ क्वै दिन यहाँ प्यारा मलाई भन !!
बाह्रैमास हराभरा शिखरका पारेर यी टाकुरा
हाँसौंला घरमै रमेर मनका जे छन् गरौंला कुरा
सारा इष्ट र मित्र छन् तर यहाँ छैनौ तिमी भो फिका
टाढा कृष्ण रहेर बस्न कसरी सक्छे र यो राधिका !!