• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
साहित्यकार सञ्जालमै सक्रिय
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

साहित्यकार सञ्जालमै सक्रिय
वैशाख २९, २०७७


लकडाउनले साहित्यिक गतिविधिमा प्रविधिको अधिकतम उपयोग गर्न सिकाइरहेको छ
कृष्ण आचार्य
लकडाउन सुरु भएको अर्को दिनदेखि कवि श्रवण मुकारुङ नियमित रूपमा सामाजिक सञ्जालमा कविता सुनाइरहेका छन् । लकडाउनअघि साहित्यिक जमघटमा भेटिने मुकारुङ यतिबेला दैनिक फेसबुकको भित्तामा भेटिन्छन्, त्यो पनि लाइभ । उनी हरेक दिन फरक–फरक कविका कविता पढेर सुनाउँछन् । सहभागी हुने कार्यक्रममा उपस्थित संख्याभन्दा धेरैले फेसबुकमा उनको भिडियो हेर्छन् । 

मुकारुङमात्र होइन यतिबेला थुप्रै साहित्यकार सामाजिक सञ्जाल केन्द्रित भएका छन् । लकडाउनअघि साहित्यिक कार्यक्रमहरू भइरहन्थे । सातामा दुईभन्दा धेरै त पुस्तक विमोचन हुन्थे । त्यसबाहेक सभा, गोष्ठी, छलफलहरू दैनिक हुन्थे । कहिले पुरस्कार वितरण त कहिले साहित्यिक यात्रामा साहित्यकारहरू देश–विदेश घुम्थे । तर, लकडाउनले उनीहरूको सार्वजनिक कार्यक्रम बन्द भएको छ । यससँगै साहित्यिक गतिविधि पनि ठप्प छन् । तर, साहित्यकारलाई कोरोना कहरले घरको ढोकाभित्र थुनेरमात्र राखेको छैन । आफू थुनिएको कोठाबाट नै बउनीहरूले सामाजिक सञ्जालको प्रयोग सिर्जनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

साहित्यकार कृष्ण धरावासी नियमित रूपमा बिहान ९ बजेर ३० मिनेटमा फेसबुक लाइभ आउँछन् । लाइभमार्फत उनी कला, साहित्य, संस्कृति, दर्शन, भूगोल र राजनीतिका कुरा गर्छन् । वैशाख १ गतेदेखि लाइभ आएका धरावासीले सुरुमा कोरोना सचेतना फैलाएका थिए । त्यसपछि राजनीति र समाजसँग अन्तरनिहित विषयमा बहस गरे । पूर्वीयतावादका विषयमा बोल्दै अबका दिनमा पूर्वीय भाषा, संस्कृति र दर्शनमा आधारित भएर साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय उनले हरेक दिन फरक–फरक साहित्यिक विषयमा बहस गरिरहेका छन् । भन्छन्, ‘केही दिनदेखि काव्य विधाका विशेषता, कुनै खास लेखक र कृतिमाथि चर्चा गरिरहेको छु ।’ कोरोना कहरका कारण घरमै बस्न बाध्य भएका र मानसिक तनावमा परेकाहरूलाई लक्षित गरी आफूले फेसबुकमार्फत लाइभ सुरु गरेको उनको भनाइ छ ।

त्यस्तै लेखक एवं समीक्षक महेश पौड्याल यतिबेला ३ प्रकारका गतिविधिमा सक्रिय छन् । आफैं फेसबुक लाइभमार्फत साहित्यिक बहस गर्ने, अन्यले आयोजना गरेको बहसमा सहभागी हुने र साहित्यमा रुचि भएका नयाँ युवा पुस्तालाई प्रोत्साहन गर्न उनीहरूसँग संवाद गर्ने । पौड्यालले फेसबुक लाइभमार्फत पूर्वेली र पश्चिमी समाजको महामारी साहित्यप्रतिको सैद्धान्तिक धारणाका विषयमा गरेको बहसलाई धेरैले रुचाएका थिए । पौड्याल भन्छन्, ‘राम्रो साहित्य सिर्जना गर्ने युवा पुस्ता सामाजिक सञ्जालमा सक्रिय छ । तर, उनीहरूलाई बाटो देखाउने कोही छैनन् । स्थापित साहित्यकारले सहयोग र सम्बोधन गर्दैनन् । यतिबेला म उनीहरूकै आवाज सुनिरहेको छु र सक्दो सुझाव, सल्लाह तथा सहयोग पनि दिइरहेको छु ।’ उनी कथा लेखनमा सम्भावना बोकेका केही युवालाई सामाजिक सञ्जालमार्फत गाइड गरेर कृति तयार गर्न प्रोत्साहित गरिरहेका छन् । 

कतिपयले कवि मुकारुङजस्तै अरुका सिर्जनाहरू पस्किने काम पनि गरिरहेका छन् । यसमध्येका एक हुन्, लेखक नारायण वाग्ले । वाग्ले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत दैनिक एउटा कविता पोस्ट गरिरहेका छन् । ध.च. गोतामेको कविता ‘आऊ वसन्त स्वागत छ’ पोस्ट गर्दै उनले लेखेका छन्, ‘वसन्त आयो, वसन्त आयो भन्दै ध.च. गोतामेले उतिबेला यो यामको स्वागत गरे जब काठमाडौंमा कुहिरो, हुस्सू र तुवाँलो कहिल्यै रित्तिन्नथ्यो । जसरी बीउ, बुटा, बोट र बिरुवाहरू !’

कवि विप्लव ढकालले पनि सामाजिक सञ्जालमार्फत ‘नेपाली छोटा कविता श्रृङ्खला’ चलाएका छन् । उनी एक श्रृङ्खलामा ५ कविका छोटा कविता पोस्ट गर्छन् । बुधबारसम्म उनले १५ श्रृङ्खला चलाइसकेका छन् । अर्थात, ७५ कविताहरू पोस्ट गरेका छन् । उनले छोटा कविताहरूको कलेक्सन निकाल्ने सोचेर ५ सयभन्दा बढी कविता जम्मा गरेको थिएँ । अहिले उनी त्यसमध्येबाटै छनोट गरेर कविताहरू पोस्ट गरिरहेका छन् । श्रृङ्खलाबारे ढकाल भन्छन्, ‘छोटा कविताहरू पनि रुचिकर र सुन्दर हुन्छन् । यसको राम्रो पक्ष अरूलाई पनि थाहा होस् र सबै पुस्ताका कवि र कवितालाई एक–अर्काले चिनुन् भन्ने उद्देश्यले यो श्रृङ्खला सञ्चालन गरेको हुँ ।’

लेखक कृष्णराज सर्वहारीले ‘क्वारेन्टाइनमा थारु कविता’ श्रृङ्खला चलाइरहेका छन् । उनले बुधबारसम्म ३० वटा थारु कविताहरू प्रस्तुत गरिसकेका छन् । भन्छन्, ‘पहिलो कुरा त राम्रा कविका, राम्रा कविता राखेपछि उनीहरूलाई चिन्ने र फलो गर्नेहरू बढ्लान् भन्ने सोच हो । अर्को, कविता वाचन गर्न पुराना कविता खोज्दा आफूलाई पनि पढ्ने र भुल्ने बहाना हुन्छ भन्ने सोचेर फेसबुकमार्फत कविता वाचन सुरु गरेको हुँ ।’ प्रत्येक महिनाको अन्तिम शनिबार थारु साहित्यकारहरूको जमघटमा कार्यक्रम हुन्थ्यो । लकडाउनले त्यो स्थगित भयो । त्यसको क्षतिपूर्तिका लागि पनि आफूले कविता वाचन सुरु गरेको सर्वहारी बताउँछन् ।

त्यस्तै, कथाकार एलबी क्षेत्री सामाजिक सञ्जालमार्फत आफ्ना र अन्य कविका कविताहरू पोस्ट गर्ने, आफूले पढेका पुस्तकबारे समीक्षा लेख्ने, राजनीतिक र समसामयिक विषयमा टिप्पणी गर्ने गरिरहेका छन् । कवि उषा शेरचन नियमितजसो आफ्ना कविता र मुक्तकहरू पोस्ट गरिरहेकी छन् । यसरी साहित्यकार, लेखक, कवि, गजलकारले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा आफ्नो सक्रियता बढाएका छन् । आफूले कुनै श्रृङ्खला नचलाए विभिन्न समूह, संस्थाले गरिरहेका अन्तक्र्रियामा उनीहरूको सहभागिता देखिन्छ ।

विभिन्न एपको प्रयोग तथा फेसबुक लाइभमार्फत पनि साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । त्यस्ता कार्यक्रममा धेरैजसो साहित्यकारले सहभागिता जनाइसकेका छन् । यसरी स्रष्टा र पाठकले सार्वजनिक कार्यक्रममा भाग लिन नपाए पनि सामाजिक सञ्जाल र विभिन्न एपमार्फत साक्षात्कार गरिरहेका छन् । स्रष्टाका कुरा सुन्ने र उनीहरूलाई कमेन्टमार्फत प्रश्न राख्नसमेत पाइने भएकाले यस्ता कार्यक्रमहरूको प्रभावकारिता बढिरहेको छ । नेपालका लागि यो एउटा नयाँ ट्रेन्ड पनि हो । विदेशमा भने अनलाइन प्लेटफर्ममार्फत यस्ता साहित्यिक कार्यक्रमहरू विगतदेखि नै हुँदै आएका थिए । 
पुस्तक प्रेमीहरूको फेसबुक समूह बुकाहोलिक्सले ‘लकडाउनमा स्रष्टासँग साक्षात्कार’ विषयक

साहित्यिक कार्यक्रम गरिरहेको छ । साक्षात्कारमा कुनै एक स्रष्टालाई निम्त्याएर आफ्नो लेखन यात्रा र कृतिबारे बोल्न लगाइन्छ । बुकाहोलिक्सले लकडाउनपछि २० जनाभन्दा बढी स्राष्टासँग साक्षात्कार गरिसकेको छ । विभिन्न कृतिबारे चर्चा, परिचर्चा र बहस गर्न खोलिएको यो ग्रुपमा यतिबेला झन्डै १५ हजार सदस्य छन् । ‘दिनमा १ जना लेखकलाई निम्त्याएर हामीले उहाँको लेखन यात्रा र अनुभवहरू सुन्ने वातावरण बनाएका छौं । नयाँ लेखक र पाठक गरी दैनिक सय जनाको दरले सदस्यहरू बढिरहनुभएको छ । साक्षात्कारमा रेस्पोन्स पनि राम्रो छ’ ग्रुपकी एडमिन सगुना शाह भन्छिन्, ‘लकडाउनको समयमा सामाजिक सञ्जालमार्फत साहित्यिक गतिविधि गरेर लेखक र पाठकबीचको दूरी घटाउन पाएकोमा हामी निकै खुसी छौं ।’ प्रस्तुतिलाई बुकाहोलिक्सको युट्युव च्यानलमा सुरक्षितसाथ संग्रहित गरेरसमेत राखिएको छ । 

काठमाडौंको सर्वनाम थिएटरमा हुने महफिल पनि यतिबेला सामाजिक सञ्जालमार्फत लाइभ भइरहेको छ । ‘सेतोपर्दा’मार्फत लाइभ आउने महफिल सातामा दुई पटक जुम एपमार्फत सञ्चालन गरिन्छ । यो कार्यक्रम गजलकार बाबु त्रिपाठीले सञ्चालन गरिरहेका छन् । किताब यात्राले केही समयअघि ‘किताब जात्रा’ नामक फेसबुक पेजबाट ‘अर्चुअल लिटरेचर फेस्टिभल’ गरेको थियो । जसमा विभिन्न स्रष्टा तथा कलाकारको सहभागिता थियो । 

त्यस्तै, ज्योति श्रेष्ठको पहलमा ‘समय र सिर्जना’ श्रृङ्खलामार्फत स्रष्टासँग साक्षात्कार भइरहेको छ । अन्तर्राष्ट्रिय साक्षात्कार उपनाम दिइएको उक्त कार्यक्रमको अहिले आठौं श्रृङ्खला चलिरहेको छ । त्यस्तै, गुन्द्रुक युट्युब च्यानलमा ‘मझेरी: द पोइट्री शो’ प्रतियोगिता चलिरहेको छ । 

यसबाहेक विभिन्न सञ्चार माध्यमले पनि स्रष्टासँग अनलाइन कुराकानी गरेर साहित्यिक कार्यक्रमहरू गरिरहेका छन् । लकडाउनको समयमा इन्टरनेटको माध्यमबाट भइरहेका साहित्यिक गतिविधिले आगामी दिनमा नेपाली साहित्यमा पनि प्रविधिको अधिकतम उपयोग गर्ने बाटो खोलिदिएको छ । समीक्षक पौड्याल भन्छन्, ‘एउटा साहित्यिक कार्यक्रममा उपस्थित हुनेहरूको संख्याभन्दा धेरै संख्यामा सामाजिक सञ्जालमा सञ्चालन भएका साहित्यिक गतिविधिमा मानिसहरूको संलग्नता देखिएको छ । यो एउटा खुला प्लेटफर्म हो । लकडाउनले नेपाली साहित्यमा यसको आवश्यकता र महत्व सिकाएको छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik