• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. प्रोफाइल
  3. स्मृति लेख
स्मृति लेख
जुनेली रातमै बितिन् रानुदेवी 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जितेन्द्र साह

जुनेली रातमै बितिन् रानुदेवी 
वैशाख २६, २०७७

रानु भाउजू निकै बिरामी हुनुहुन्छ’, प्रजातन्त्र सेनानी ८७ वर्षीया शान्ता अधिकारीले गत फागुनको दोस्रो साता अन्तर्वार्ताको क्रममा भनेकी थिइन् । आफ्नै उपचारको क्रममा माघको अन्तिम साता काठमाडौं पुग्दा उनको रानु भाउजूसँग भेट भएको थियो । जसलाई धेरैले तत्कालीन नेपाल रेडियोकी पहिलो गायिका रानुदेवी अधिकारीका रूपमा चिन्छन् । 

१८ वैशाखको राति भाउजूको निधन भएको थाहा पाएपछि शान्ता निदाउन सकिनन् । त्यसयता उनका धेरै रात अनिँदा छन् । ११ वर्षको उमेरमा राणा शासनविरुद्धको क्रान्तिमा लागेकी शान्ता र रानुदेवीबीच पारिवारिक साइनो मात्र थिएन, दुवै जना प्रजातन्त्र प्राप्तिको संघर्षमा घनिष्ठ सहयोद्धा पनि थिए । 

‘नन्दभाउजूभन्दा पनि बढी साथी थियौं, पढाइलेखाइ सँगै भयो, कहिल्यै छुटिंदैन्थ्यौं, भारत जाँदा र विद्यालयमा गर्मीको बिदा हुँदा सँगै घुम्न जान्थ्यौं,’ उनले भनिन्, ‘उपचारका लागि काठमाडौं नगएको भए भाउजूसँग कहिल्यै भेट नहुने रहेछ, त्यतिखेर पनि उनको अवस्था नाजुकै थियो ।’ 

१९८९ को मंसिरमा रानु उपाध्यायको जन्म वीरगन्जमा भएको थियो । आमाको निधन धेरै पहिले भइसकेको हुनाले आफ्नो जन्म मितिको बारेमा कसैलाई पनि यकिन थाहा नभएको रानु बताउँथिन् । विराटनगर–९, रंगेली सडक स्थायी ठेगाना भए पनि रानुदेवी एक दशकदेखि छोरी अल्पनासँग काठमाडौं–९, बत्तीसपुतलीमा बस्दै आएकी थिइन् । उनको जेठी छोरी अर्चना शर्मा, छोरा अभिन र बुहारी विभा अमेरिकामा बस्छन् । रानुदेवी उच्च रक्तचाप र हातखुट्टा काम्ने समस्याले पीडित थिइन् । 

पुख्र्यौली थातथलो तनहुँ भएकी उनको न्वारानको नाम चन्द्रकला थियो, मातापिताले ‘रानु’ राखिदिए । उनलाई बाल्यकालदेखि गीत गाउने रहर थियो । बुवाको व्यवसाय भारतको बनारसमा भएकाले उनले सात कक्षासम्म त्यही पढिन् । त्यसपछि विराटनगरमा जागृति स्कुलमा पढेकी उनले बनारसबाट स्वाध्यायनमा म्याट्रिक गरिन् । इलाहावाद विश्वविद्यालयबाट संगीत विषय लिएर स्नातक सकिन् र बनारसबाट इतिहासमा स्नातकोत्तर गरिन् । 

उनको बिहे भने बनारसमै ७ कक्षामा पढ्दै गर्दा १५ वर्षको उमेरमा २००६ मा विराटनगरका छविलालप्रसाद अधिकारीको छोरा तीर्थप्रसादसँग भयो । 

राणा विरोधी आन्दोलन चर्कँदै गएपछि रानुको मामा तारिणीप्रसाद कोइरालाले सीमावर्ती रानी क्षेत्रसम्म स्वर पुग्ने गरी एक आकाशवाणी केन्द्रको स्थापना गरे । २००७ को मंसिरबाट विराटनगरमा मुक्तिमोर्चाले सुरु गरेको प्रजातान्त्रिक नेपाल रेडियोपछि रेडियो नेपालका रूपमा चिनिएको थियो । रानुको श्रीमान् तीर्थप्रसाद पनि सशस्त्र मुक्ति मोर्चाको लडाकु थिए । रानुको जिम्मेबारीमा रेडियोमा राष्ट्रिय भावनाका क्रान्तिकारी गीत गाउने, क्रान्तिको दौरानमा भएका घटना र गतिविधि सुनाउने हुन्थ्यो । पर्व र उत्सवमा गीत गाउने हुनाले उनले यो अवसर पाएकी थिइन् । र, उनी प्रजातान्त्रिक नेपाल रेडियोमा गीत गाउने पहिलो महिला बनिन् । पछि कलकताको हिन्दुस्तान कम्पनीमा ६ वटा गीत गाइन् । 

प्रजातन्त्र आएपछि रेडियो काठमाडौंमा स्थापित भयो । तर, राजनीतिक पदको लोभ नभएकी रानुले विराटनगरमै बसेर योगदान दिन चाहन्थिन् । त्यसैले उनी शिक्षणतिर लागिन् । २०३५ को अन्त्यतिर शिक्षक हकहितको आन्दोलनमा सक्रिय भएर केही समय जेल पनि परिन् । आन्दोलन सफल भएपछि शिक्षकले सरकारी कर्मचारी सरह सुविधा पाउन थालेका थिए । पछिल्लो समय उनी राजनीतिमा ‘खोला तर्‍यो लौरो बिर्सियो’ प्रवृत्तिबाट खिन्न थिइन् । भन्थिन्, ‘अग्रजहरूलाई सम्मान गर्न नसक्नेहरूले जनताका लागि झन के गर्लान् र ? दल र नेताप्रति जनविश्वास घटिरहेको छ ।’ उच्च रक्तचाप, बाथ र आँखाको रोगले गाँजेपछि २०५६ सालमा रानुको श्रीमान्को निधन भएको थियो ।

उनको व्यावसायिक गायन भनेपछि नै परिरह्यो । यसैबीच विराटनगरका सञ्चारकर्मी शंकर खरेलको रचना एवं पहलमा ०६३ सालमा ‘जागे नेपाली, उठे नेपाली’ बोलको राष्ट्र भावनाको गीत गाइन् । खरेलले उनको जीवनी ‘मेरो कथा’ पनि लेखे र संगीतकार सुमित खड्कासँग मिलेर उनीबारे ‘५६ वर्षपछि...’ वृत्तचित्र पनि बनाए । 

‘रानु दिदीको गायन क्षेत्रमा पुनरागमन होस् र नयाँ पुस्ताले पनि उनलाई चिनुन भन्ने प्रयास गरेका थियौं,’ खरेलले भने । देशमा जहानियाँ शासन व्यवस्था हटाएर प्रजातन्त्र स्थापनाका लागि भएको पहिलो ऐतिहासिक क्रान्तिमा रचनात्मक भूमिका निर्वाह गर्न पाएकोमा उनी गर्व गर्थिन् । 

छोराछोरीलाई भेट्न उनी अमेरिका जान्थिन् तर अमेरिकामा भन्दा नेपालमै उनको मन रमाउँथ्यो । जहाँ गए नि फर्केर नेपालमै देह त्याग गर्ने इच्छा व्यक्त गरिरहेकी हुन्थिन् । नभन्दै त्यस्तै भयो । आफूलाई दर्शकमाझ चिनाउने एउटा गीत उनी गुनगुनाइ रहन्थिन्– 
जुनेली रात हजूर 
गम्किन्छ बाँस हजूर,
फागुनको शीतल बतास... ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्मृति लेख
जसले जीन्दगी बाँच्न सिकाए, उनी नै हारेर गए

अनिल यादव

वैशाख ८, २०७७

स्मृति लेख
एक रत्न बिलाए

समर्पण श्री

वैशाख ८, २०७७

स्मृति लेख
फिल्ममेकरको जेलभित्रै मृत्यु

अनिल यादव

वैशाख ८, २०७७

स्मृति लेख
जुनेली रातमै बितिन् रानुदेवी 

जितेन्द्र साह

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik