धनकुटामा अन्तर्राष्ट्रिय आमन्त्रण सहिद भीमनारायण श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिताको दसौं संस्करण फागुनको दोस्रो सातादेखि धनकुटाको टुँडिखेलमा हुने भएको छ। भुटान, सिक्किम र नेपालका ए डिभिजन क्लबका टिम तथा पूर्वाञ्चलका उत्कृष्ट टिमहरू गरी आठवटा टिमले भाग लिने उक्त प्रतियोगिताको उपाधि हात पार्ने टिमलाई १ लाख रुपैयाँसहित सहिद भीम नारायण अन्तर्राष्ट्रिय गोल्डकप, मेडल र उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताका बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्टाइकर, उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ।