• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
अन्योलतातिर फुटबल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अन्योलतातिर फुटबल
वैशाख २१, २०७७

वैशाख महिनातिर नेपाली फुटबल मैदान बाहिर गर्मिने गर्छ, किनभने यो नै त्यो समय हो, जति बेला खेलाडीले प्राय: क्लबसँग नयाँ अनुबन्ध गर्छ । गत वर्ष मच्छिन्द्रले मनाङ मस्र्याङ्दी र थ्री स्टारका ठूला नामका खेलाडीलाई भित्र्याएर चर्चा बटुलेको थियो र यसै अनुसार उसले सहिद स्मारक लिग ‘ए’ डिभिजन पनि जितेको थियो । यसपल्ट सबैको आँखा यही मच्छिन्द्र क्लबमा थियो र प्रश्न थियो, यसपल्ट पनि क्लबले यस्तै नामी खेलाडी को–को भित्र्याउँछ भनेर । 

तर, अवस्था यस्तो बन्दै बनेन । अहिले कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरा देशमा लकडाउन चलिरहेको छ र नेपाली फुटबल गतिविधी शून्यको स्थितिमा छ । यस्तोमा क्लबले खेलाडी अनुबन्ध गर्ने कुरा पनि भएन । स्थिति खेलाडी अनुबन्धमै मात्र पनि सीमित छैन, कोरोना भाइरस संक्रमणको महामारीले नेपाली फुटबललाई कत्तिको असर पार्नेछ, त्यो हेर्न बाँकी छ । तय छ, सबैभन्दा बढी प्रभावित हुने खेल पनि यही फुटबल नै हो । 

अझ सबैभन्दा बढी प्रभावित हुने त खेलाडी नै हुन् । डर छ कतै छ वर्ष अगाडि आएको भूकम्पपछि जुन नाजुक स्थिति नेपाली फुटबलमा रहेको थियो, त्यही फेरि दोहोरिएर आउने त होइन ? नेपाली घरेलु फुटबलमा सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीले भनिसकेको छ, अनुबन्धअनुसार खेलाडीको पूरा तलब दिने छैन । क्लबको तर्क हो, लकडाउनले फुटबल नभएपछि क्लबको आम्दानी पनि सुकेको छ, त्यसैले खेलाडीलाई पूरा तलब दिन सकिने छैन । 

दशरथ रंगशाला र अन्य खेलकुदका भौतिक पूर्वाधारमा ०७२ को भूकम्पले क्षति पुगेको थियो । त्यसै कारण पनि चार वर्ष लिग फुटबल हुन सकेन । फुटबलमा सबैभन्दा ठूलो लिग नै हो, नकआउट प्रतियोगिताको खासै अर्थ हुँदैन । लिगकै कारण पनि खेलाडीले क्लबमा अवसर पाउने हो । भूकम्पले गर्दा चार वर्ष लिग हुन नसके जस्तै कतै अबको केही वर्ष लिग हुन सकेन भने के हुने होला त ? खेलाडीमा स्वाभाविक ढंगले चिन्ता छाएको छ । 

यसअघि लिग नहुँदाको स्थितिमा कतिपय खेलाडी बेरोजगार भए, कतिपय विदेश पलायन भए । दुई वर्षमात्र भयो, लिग फुटबल फेरि सुरु भएको । सुरुको वर्षमा रेलिगेसन बिना नै लिग भएको थियो भने त्यसको अर्को वर्ष खालि एकै टिम मात्र रेलिगेसनमा परेको थियो । यसलाई लिएर ब्यापक आलोचना पनि भयो, तर मन बुझाउने एउटै तथ्य मात्र के थियो भने कम्तीमा फेरि लिग त सुरु भएको छ । अब मन थाम्न के तथ्यमा गाह्रो भएको छ भने अब फेरि लिगको लय खलबलिएको छ । 

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली मिडियासँगको कुराकानीमा नेपाली फुटबल भूकम्पमा जस्तो लामो समयका लागि प्रभावित नहुने दाबी गरेका छन् । उनकै पनि तर्क छ, कम्तीमा फुटबल तालिका र आर्थिक अवस्था भने प्रभावित हुनेछ । भूकम्पका बेला त एक प्रकारले नेपाल मात्रै प्रभावित भएको थियो । तर, यसपल्टको महामारीको प्रभाव त पूरा विश्वलाई छ, त्यसैले नचिताएको हिसाबले नेपाली फुटबललाई धक्का पुग्ने डर पनि छ । 

अब के हुने हो त ? एन्फाका प्रवक्ता किरण राई पनि मान्छन्, यस्तै हुनेछ भनेर भन्न सकिन्न । उनी भन्छन्, ‘हामी कसैले पनि अब यस्तै हुनेछ भनेर भन्न सकिरहेको स्थिति छैन । लकडाउन खुलेर स्थिति सामान्य भएपछि हामी बैठक गर्नेछौं र त्यसपछि के गर्ने हो भनेर ठोस छलफल गर्नेछौं । त्यसपछि मात्र वर्ष ०७७ को नेपाली फुटबल कार्यक्रम के हुनेछ भनेर भन्न सक्छौं । अहिलेको विषम परिस्थितिमा यस्तै भन्न गाह्रो छ ।’

उनी पनि मान्छन्, यो स्थितिको सबैभन्दा बढी मार पर्ने भनेकै खेलाडीलाई हो, अनि नेपाली फुटबललाई नै आफ्नो करियर बनाएर बसेकालाई । अधिकांश खेलाडीले पनि भनिसकेका छन्, डर छ, भूकम्पपछि कै स्थिति नेपाली फुटबलमा आउन सक्छ । त्यसैले यही बेला हो, एन्फाले केही न केही गर्ने । प्रवक्ता राई पनि खेलाडी र अन्य सरोकार क्षेत्रलाई आर्थिक सहयोगका रूपमा कुनै न कुनै रूपमा सहयोग गर्नुपर्ने ठान्छन् । तर, यसका लागि निर्णय गर्न पनि समय त चाहियो नै । 

हामीसँग ठ्याक्कै तथ्यांक त छैन, तर अनुमान के गरिन्छ भने नेपाली फुटबलसँग कुनै न कुनै रूपमा जोडिएका दसौं हजार छन्, यसमा खेलाडीदेखि प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीसमेत छन् । ‘ए’ डिभिजनका विभागीय टिम छाडेर एक दर्जन क्लबले हजारको हाराहारीमा खेलाडीलाई अनुबन्ध गर्ने गर्छ । त्यति मात्र होइन, बी र सी डिभिजनका क्लबले पनि रामै्र रकम दिएर खेलाडी अनुबन्ध गर्ने गर्छन् । अहिले तत्कालका लागि यो सम्भावना कमजोर बनेको छ । 

क्लब पनि एन्फाले कस्तो कार्यक्रम ल्याउनेछ भनेर कुरिरहेका छन् र त्यसैअनुसार मात्र आफ्नो पनि कार्यक्रम तय गर्ने योजना बनाइरहेका छन् । मच्छिन्द्र क्लबले पछिल्लो समय ‘ए’ डिभिजन जित्दा पर्दा पछाडिबाट सबैभन्दा बढी भूमिका खेल्ने खास खेलाडी थिए, अनिल श्रेष्ठ । उनी पनि मान्छन्, ठोस कार्यक्रम विना खेलाडीलाई अनुबन्ध गर्ने स्थिति नै छैन । फेरि क्लबलाई अबको दिनमा प्रायोजक खोज्न पनि उत्तिकै गाह्रो छ, किनभने लकडाउनको प्रभाव यी प्रायोजकमा पनि उत्तिकै छ । 

फुटबलमा सबैभन्दा बढी महत्त्व लिगकै हुन्छ, तर नेपाल जस्तो देशमा नकआउट प्रतियोगिताको पनि उत्तिकै भूमिका छ । भूकम्पपछि नेपाली फुटबललाई जीवन्त राख्न सबैभन्दा बढी भूमिका यिनै नकआउट प्रतियोगिताले गरेको थियो, त्यसमा पनि सबैभन्दा निर्णायक रहेको थियो, मोफसलमा हुने प्रतियोगिताको । तय छ, अबका केही समय यिनै प्रतियोगिताको आयोजनामा पनि समस्या हुन सक्छ । र, यसको प्रभाव पर्ने समग्रमा नेपाली फुटबललाई नै हो । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik