• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
नेयमारको रंगीन दुनियाँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

नेयमारको रंगीन दुनियाँ
वैशाख २३, २०७७

विश्व फुटबलको माथिल्लो स्तरमा नामी क्लबका लागि खेल्नुपर्छ, खेलाडीले कति कमाउँछन् भने हिसाब गरेर साध्य हुँदैन । खेलाडीले खर्च गरेर सक्दैनन्, यो कमाइ । तर, सबैले त्यत्तिकै खर्च भने गर्दैनन्, केही त चुपचाप साधारण जीवन नै बिताइरहेका हुन्छन् । नेयमार भने यस्ता खेलाडी होइनन् । विश्व फुटबलमै सर्वाधिक कमाउने खेलाडीमा उनको नाम आउँछ, अनि मोजमस्तीमा धेरैभन्दा धेरै खर्चनेमा उनी जत्तिको त विरलै होला । 

खासमा नेयमार भन्ने खेलाडी नै अरूभन्दा फरक छन् । प्राय: विवादमा परिरहने खालका खेलाडी हुन्, यी । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जत्तिकै खेलाडी हुन भनेर पनि उनको नाम लिइन्छ । यी दुवैको तुलनामा नेयमार बढी नै बिन्दास पाराका छन् । मैदान बाहिर गर्ने उनका प्रत्येक हरकतले देखाउँछ, कति वास्तवमै कस्ता हुन भनेर । कोरोना भाइरस संक्रमणको महामारीले विश्व फुटबल ठप्प हुँदा पनि उनको चर्चा उत्तिकै रह्यो, त्यो पनि फरक कारणले । 

पूरा कथा यसरी सुरु हुन्छ । नेयमार आफ्नी आमा नादिने गोनक्लाभेससँग निकै नजिक छिन् । उनलाई मामा’ज ब्वाइज पनि भन्ने गरिन्छ । अचेल उनकी आमा नेयमारका बुबासँग छुटेर बसेकी छिन् । उनीहरूको २५ वर्ष लामो वैवाहिक जीवनमा पूर्ण विराम लागेको चार वर्ष भयो । यसै क्रममा सुरुमा समाचार आयो, नादिने २२ वर्षीय मोडल थिएगो रामोसको प्रेममा छिन् । उनीहरू वास्तवमै कति धेरै नजिक छन् भनेर इन्स्ट्राग्रामा तस्बिर पनि हालिन, नादिनेले । 

नेयमारलाई यो सम्बन्धमा कुनै पनि आपत्ति पनि रहेन, उल्टै–उल्टै खुलेर त्यसको समर्थन गरे । त्यसैले उनले सामाजिक सञ्जालमा लेखिहाले, ‘खुसी हुनु आमा, धेरै माया ।’ रामोस आफैं नेयमारका जबरदस्त प्रशंसक हुन् । नेयमारको खेल भने हुरुक्क हुने खालका । सन् २०१७ मा उनले नेयमारलाई एउटा सन्देश पठाएका रहेछन्, आफू उनका भाइ जस्तै हुन भनेर । उन पनि उनी नेयमार भन्दा उमेरले छ वर्ष कान्छा छन् । यस्तोमा हुने त भाइ नै त हो । 

हालै मात्र बाहिर आएको त्यो पूरा सन्देशमा रामोसले लेखेका छन्, ‘नेयमार उत्कृष्ट खेलाडी हुन् । उनीबारे मेरो भावना कस्तो छ भनेर एउटा प्रशंसकका रूपमा भन्न नै सक्दिनँ । जति बेला नेयमारको खेल हेर्छु, म खुबै भाव विभोर हुन्छु । कुनै दिन एउटा भाइका रूपमा नेयमारसँग फुटबल खेल्ने इच्छा छ । मलाई पूरा विश्वास छ, कुनै दिन मैले नेयमारलाई भेट्ने छु । मेरो यो इच्छाका सपना जस्तै हो, जुन पूरा गर्न म लागि पर्नेछु ।’

फेब्रुअरीमा नेयमारले आफ्नो जन्मदिन भब्य रूमा मनाएका थिए, अरूको आँखा जाने गरेर । त्यस बेला उनीहरूले खिचेको तस्बिर पनि अहिले बाहिर आएको छ । तर, जति बेला रामोस साँच्चै नेयमारको नजिक भए, उनको भूमिका भाइका रूपमा रहेन । बरु रह्यो त, उनकी आमाको प्रेमिकाका रूपमा । पूरा कथा यत्तिकैमा टुंगिन । नेयमारकी ५२ वर्षीया आमाले आफ्नो प्रेमबारे बताएको १३ दिनपछि नै अर्को समाचार आयो र त्यो थियो, उनले रामोसलाई छाडिन् । 

नादिनेले आफ्नी प्रेमिकाको इतिहास थाहा पाएपछि एकै छिन पनि आफ्नो दरवार जस्तो भब्य घरमा राखिनन् र धकेलेर बाहिर पठाइन् । भएछ केभन्दा रामोसको यसअघि केही पुरुषसँग सम्बन्ध रहेछ । उनको पुरानो सम्बन्धबारे ब्राजिली मिडिया समाचारको भेल आएको छ,, त्यसअनुसार रामोस हाँस्य कलाकार कार्लिन्होस माइयासँगको सम्बन्धमा थिए । भनिन्छ, रामोस महिलामा मात्र होइन, पुरुषमा पनि उत्तिकै रुचि राख्थे, यो नेयमारको आमालाई पटक्कै मन परेन् । 

पछिल्लो घटनाक्रमबारे भने नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् । यो सबै समाचारबीच नेमायरको बुबा कता छन्, त्यो पनि बाहिर आएको छैन । नेयमार आफ्नो आमासँग जति नजिक छन्, बुबासँग पनि उत्तिकै नजिक छन्, भलै उनीहरू एकआपसबाट छुटिसके । तर, एउटा तथ्य के हो भने नेयमारलाई एउटा सफल फुटबल खेलाडी बनाउनेमा सबैभन्दा बढी कसैको भूमिका छ भने त्यो उनी नै हुन् । नेयमारको बुबाको नाम पनि नेयमार नै हो । 

नेयमार सिनियर पनि कुनै जमानामा फुटबल खेलाडी थिए । ब्राजिलमा यस्ता फुटबल खेलाडी लाखौं हुने गर्छन् भनिन्छ । त्यसैले उनको खेल जीवनले खासै उचाइ लिएन, तर उनले एउटा प्रण गरेका थिए, आफ्ना छोरालाई विश्व फुटबलको शिखरमा पुर्‍याउने । उनले यो काम भने पूरा गरे । भनिन्छ, नेयमारका प्रत्येक फुटबल निर्णयमा उनको बुबाको नै सबैभन्दा बढी हात हुन्छ । अझ भनौं, नेयबारबारे प्रत्येक फुटबल निर्णय उनकै बुबाको तर्फबाट हुन्छ । 

नेयमारले ब्राजिल छाडेर पहिलोपल्ट युरोप आउँदा यो स्थानान्तरण खुबै चर्चित बनेको थियो । बार्सिलोना र रियल म्याड्रिड दुवै उनको पछाडि थियो । तर, नेयमारले बार्सिलोना रोजे र यसको एक मात्र कारण उनका बुबाले बार्सिलोला नै रोजे । ब्राजिलको सान्तोस क्लबमा उनलाई पुर्‍याउन काम पनि बुबाले नै गरेका थिए । नेयरमाले पछि बार्सिलोना छाडेर विश्व कीर्तिमान रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । त्यसमा पनि नेयमार सिनियरको निर्णायक हात थियो । 

नेयमारको एउटी दिदी पनि छिन् र उनीसँगको पनि उनको उत्तिकै नजिकको सम्बन्ध छ । त्यसैले त नेयमारको दायाँ पाखुरामा राफेलाको ट्याटो छ, अनि राफेलाको बायाँ पाखुरामा नेयमारको ट्याटु छ । यी दिदीको जन्मदिन मार्च ११ मा पर्ने रहेछ र यसलाई परिवारले सुरुदेखि नै खुबै धुमधामले मनाउने रहेछ । संयोग कस्तो रहेको छ भने यो जन्मदिनको वरिपरि प्राय: नेयमार घाइते हुने गर्छन्, त्यसैले मैदान बाहिर हुने गर्छन् । 

त्यसैले उनले धेरै अवसरमा आफ्नी दिदीको जन्मदिन मनाउने अवसर पाएका छन्, फुटबल मैदानबाट धेरै टाढा रहेर । राफेला पनि ब्राजिलमा उत्तिकै चर्चित छिन् । उनी खासमा मोडल हुन् र इन्स्ट्राग्रामा उनको फलोअर ५० लाख छ । जसरी नेयमारको फुटबल जीवनमा उनका बुबाको निर्णायक भूमिका छ, त्यसरी नै नेयमारको मैदान बाहिरको व्यक्तिगत जीवनमा भने दिदीको भूमिका छ । रह्यो, आमाको प्रसंग, नेयमार आफ्नी आमासँग पनि उत्तिकै नजिक छन् । गज्जब छन्, नेयमार आफैं ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik