• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
पीडाबीचअपार खुसी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पीडाबीचअपार खुसी
वैशाख १७, २०७७

कोरोना भाइरस संक्रमणको महामारीमा असाध्यै मर्कामा परेको क्षेत्र हो, विश्व खेलकुद । नेपाली खेलकुद पनि त ठूलो समस्याबीच गुज्रिन बाध्य रह्यो । एकपछि अर्को प्रतियोगिता सरेका छन्, केही हुन नसकेका छन् । घोषणा भएका प्रतियोगिता पनि अब रद्द भएर कहिले हुने हो, त्यसको टुंगो छैन । तर, यसैबीच पनि नेपाली खेलकुद धेरै हदसम्म भाग्यमानी रह्यो र यसले खुसीको समाचार सुन्ने अवसर पायो । अनि यो यस्तो समाचार हो, जसले नेपाली खेलकुदमा पछाडिसम्म पनि सुखद असर हुनेछ । 

सबैभन्दा अगाडि पृष्ठभूमि नै । पाँच महिना जत्तिकै समय भयो, नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको । त्यो नेपालको खेलकुद इतिहासमै अहिलेसम्मको सबैभन्दा सफल अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो र यसको कारण हो, नेपालले चिताएको भन्दा पनि बढी पदक जित्नु । नेपालले जितेका पदक र त्यस सफलतालाई आत्मसात् गरेका खेलाडीबारे त धेरै लेखिए, उत्तिकै विवेचना पनि भइसकेको छ । मंसिर १५ देखि २४ सम्म आयोजित प्रतियोगितामा नेपालले ५१ स्वर्ण जितेको थियो । 

अनि नेपालले जितेको रजतको संख्या ६० थियो भने काँस्य ९६ । तर, लेखिन बाँकी थियो त, एउटा अन्तिम पाटो । र, त्यो पाटो थियो, खेलाडीले सरकारद्वारा घोषित नगद पुरस्कार पाउनुपर्ने । यही पुरस्कार कोरोना भाइरस कहरका कारण चलिरहेको लकडाउनबीच खेलाडीले पाए । एक प्रकारले खेलाडी यो नगद पुरस्कार पाउने छौं भनेर आश पनि मारिसकेका थिए, किनभने सरकारले पुरस्कार दिनेछौं भनेर पनि दिएको थिएन, दिने टुंगो पनि थिएन् । 

साग सकिएको भोलिपल्ट नै प्रधानमन्त्री केपी ओलीले पुरस्कार रकमको घोषणा गरेका थिए । यस्तोमा धेरैले निराशा भएर प्रश्न पनि गर्न थालेका थिए, पुरस्कार कहिले दिन्छौं त ? हाम्रो पसिनाको फल कहिले प्राप्त हुनेछ त ? अब भने खेलाडीले यही नगद पुरस्कार हात पारेका छन् र तिनका बैंक खातामा सोझै जम्मा पनि भइसकेका छन् । यस्तोमा खेलाडीले कोरोना भाइरस संक्रमणले निम्तयाएको पीडाबीच अपार खुसी आत्मसात गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार यसरी नगद पुरस्कार पाउने खेलाडीको कुल संख्या थियो ४ सय ३५ जना । 

अनि यी खेलाडीले पाउने कुल रकम थियो, १९ करोड ५३ लाख रुपैयाँ । अब तय छ, विजेता खेलाडीले आफ्ना केही न केही सपना पूरा गर्न सक्नेछन् । खेलाडीले कति–कति पाए त ? यसको पनि सूची तयार पारौं न । एकल खेलतर्फ स्वर्ण विजेताले ९ लाख, रजत विजेताले ६ लाख र काँस्य विजेताले ३ लाख रुपैयाँ पाएको थियो । सामूहिक खेलतर्फ भने स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र काँस्यलाई २ लाख रुपैयाँ उपलब्ध गराइएको छ । 

यसअनुसार सबैभन्दा बढी नगद पुरस्कार पाउने भाग्यमानी नेपाली खेलाडी रहे, पौडीकी गौरिका सिंह । उनले ६६ लाख रुपैयाँ पाइन् । उनले ४ स्वर्ण, २ रजत र ३ काँस्य जितेकी थिइन् । अहिले उनी लन्डनमा आफ्नो परिवारसँगै छिन् र नेपाली मिडियासँगको कुराकानीमा कोरोना भाइरस संक्रमणबाट बच्न सतर्क रहन अनुरोध गरिरहेकी छिन् । उनको यो अनुरोध किन पनि अर्थ राख्छ भने उनका चिकित्सक बुबा आफैं कोरोना भाइरसको संक्रमणमा परेका थिए । 

दोहोरो स्वर्ण जित्ने तीन खेलाडी रहे, तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुभाष तामाङ । तीनै जनाले २२/२२ लाख रुपैयाँ पाए । धेरैभन्दा धेरै खेलाडी लकडाउनका कारण घरमै सीमित हुनु परेकाले तिनले योजना बुन्न पनि पाएका छैनन् । त्यसमै एक पर्छन्, मण्डेकाजी पनि । उनी आफ्नो खातामा २२ लाख रुपैयाँ जम्मा भएको दंग त छन् नै । यसमध्ये केही भाग उनी कोरोना भाइरस पीडितका लागि खर्च गर्ने पक्षमा पनि छन् । 

अझ उनी माक्स उत्पादन गरेर त्यसलाई बाँड्ने अभियानमा पनि छन् । उनी भन्छन्, ‘सामाजिक काममा मेरो पहिलेदेखि नै रुचि हो, म यो कायमलाई निरन्तरता दिन चाहन्छु । पाएको पुरस्कारको केही अंक पक्कै पनि यही काममा लगाउनेछु । त्यस बाहेकको रकम परिवारको भविष्यलाई ध्यानमा राखेर लगानी गर्ने योजना बनाउने पक्षमा छु । अहिले नै यही गर्छु भनेर निर्णय गरेको छैन, तर सम्भवत: व्यापारमा लगानी गर्न चाहन्छु ।’ 

खुसी त आयषा पनि छिन् र उनका श्रीमान् दीपक विष्ट पनि । दुवैले लकडाउनमा आफूहरूले कसरी दिन बिताइरहेका छौं भनेर तस्बिर र सन्देश प्रभाव गरिरहेका छन् । शारीरिक रूपमा फिट हुने प्रायसमा छन् । उनीहरू पनि पुरस्कार राशि पाएको खुसी व्यक्त गरेका छन् । आयषा भन्छिन्, ‘हामी पनि चाहन्छौं, यो पुरस्कार राशिको केही अंश कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा सहयोग गर्ने । बाँकी रकम भने घर बनाउँदा लिएको ऋण तिर्नेमा खर्च गर्नेछौं ।’

भएको के रहेछभन्दा केही भयो, दीपक र आयषाले शंखमूलतिर घर बनाएको थियो । त्यसका लागि उनीहरूले ऋण लिएका थिए, प्रत्येक महिनामा त्यसको किस्ता तिर्ने तनाव हुन्थ्यो । अब त्यही पुरस्कार राशिबाट प्राप्त रकम त्यही ऋण तिरेर चुक्ता गर्ने आयषाको योजना छ । सञ्जीवकुमार ओझा पनि तेक्वान्दोका खेलाडी हुन् । यी आर्मीका खेलाडी अचेल कोरोना भाइरस संक्रमणबाट बच्ने उपायको प्रशिक्षणमा समेत छन् । उनलाई पनि पुरस्कार राशिको रकमबारे सूचना आउँदा विश्वास नै भएन । 

उनलाई भने पुरस्कारबाट प्राप्त रकमले दिएको खुसी आर्मीबाट शान्ति सेना गएर प्राप्त भएको जस्तै भएको प्रतिक्रिया दिएका छन् । उनी पनि यो रकमको सदुपयोग कसरी गर्ने हो भनेर योजना बुनिरहेका छन् । लकडाउनको कारण धेरै खेलाडीले पुरस्कारबाट प्राप्त रकमले के गर्ने भनेर योजना नै बनाउन पाएका छैनन् । खाली केहीले यो रकमको केही अंक त्यही कोरोना भाइरस संक्रमण पीडितका लागि दिने भनेर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया भने दिएका छन् । 

यस्तो एउटा खुसीको समाचार क्रिकेटबाट पनि आएको थियो, केही दिन अगाडि । त्यसअनुसार क्रिकेट खेलाडी संघ (सीप्यान) ले आयोजना गर्ने भनेको क्रिकेट अवार्डको सबै पुरस्कार रकम कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषलाई प्रदान गरेको छ । यो रकम ४ लाख ६२ हजार रुपैयाँ छ । विश्वास गरौं, सागका पुरस्कार विजेता खेलाडीले सानै अंश भए पनि आफूले पाएको पुरस्कार रकम कल्याणकारी काममा लगाउने छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik