• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
युरोपमा फुटबल अन्योलता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

युरोपमा फुटबल अन्योलता
वैशाख २८, २०७७

अहिले विश्व फुटबलमा एउटा तथ्य मात्र निश्चित छ र त्यो हो, यो अनिश्चित छ । विश्व फुटबलको सबैभन्दा ठूलो महत्त्वपूर्ण हिस्सा युरोपको हुन्छ । कारण स्पष्ट छ, विश्वका जति पनि राम्रा खेलाडी छन्, तिनीहरूमध्ये लगभग सबै युरोपमै खेल्ने गर्छन् । त्यसो भनेको युरोपको क्लब फुटबल र तिनले खेल्ने लिगमा । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक अब्बल दर्जाका खेलाडी हुन भने उनीहरू दुवै युरोपमै त खेल्छन् । 

त्यसैले विश्व फुटबलमा जे हुन्छ, त्यसमा युरोपेली क्लब फुटबलको ठूलो हिस्सा हुन्छ । अब प्रश्न पनि युरोपेली क्लब फुटबलमै अड्किएको छ, यो फेरि कहिले सुरु हुन्छ त ? त्यहाँ जसरी फुटबल सुरु हुनेछ, त्यसलाई अरूतिर पनि पछ्याइनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण युरोपेली क्लब फुटबल अहिले ठप्पको स्थितिमा छ, खालि बेलारुसको एउटा अपवाद छाडेर । बेलारुसको क्लब फुटबलको खासै अर्थ नहुने हुँदा त्यहाँ भइरहेको फुटबल पनि खालि हाँसोको विषय मात्र हुने गरेको छ । 

युरोपेली क्लब फुटबलमा पनि पाँच लिगलाई सबैभन्दा बढी महत्त्व दिइन्छ र सबै राम्रा खेलाडी यिनै लिगमा खेल्न सपना बुन्ने गर्छन् । मरिहत्ते गर्छन्भन्दा हुन्छ, खेलाडीले यी लिगमा खेल्न । यी हुन्, इंग्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ए, जर्मनीको बुंडेस लिगा, अनि फ्रान्सको लिग वान । यसलाई ‘बिग फाइब’ पनि भन्ने गरिन्छ । अझ इंग्ल्यान्ड, स्पेन र इटालीलाई मात्र जोडेर तीन ठूला लिग भन्ने पनि चलन छ र यसलाई भन्ने गरिन्छ, ‘बिग थ्री’ ।

संयोगले यिनै तीन देशमा कोरोना भाइरस संक्रमणको महामारी बढी देखिएको छ, विशेषत: स्पेन र इटालीमा । महामारीका कारण धेरैको मृत्यु भएको यिनै दुई देशमा हो । इंग्ल्यान्ड पनि उत्तिकै प्रभावित छ । अहिले यी तिनै देशमा लिग फेरि कसरी सुरु गर्ने र कहिले सुरु गर्ने भन्नेबारे व्यापक छलफल र बहस चलिरहेको छ । थरिथरीका नयाँ–नयाँ उपाय अगाडि आइरहेका छन् । यी उपायमध्ये कसैलाई केही मन परिरहेका छैन भने कसैलाई कुनै तथ्यमा चित्त बुझेको छैन । 

सबैभन्दा पहिले फ्रान्सको लिग वानबाट । फ्रान्सेली सरकारले त्यहाँ सेप्टेम्बर महिनासम्म कुनै पनि प्रकारको ठूलो भेलालाई प्रतिबन्ध लगाएपछि त्यहाँ फुटबल हुने कुरा नै भएन । यस्तोमा फ्रान्सेली फुटबल संघ निर्णय गर्न बाध्य रह्यो, अब त्यहाँ लिगका बाँकी खेल हुने छैनन् । संक्रमण सुरु हुन अगाडि लिग जुन स्थितिमा थियो, त्यहींबाट लिग टुंगेको निर्णय गरियो । यो निर्णयको एउटा ठूलो विशेषता के रह्यो भने लिगलाई शून्यकै स्थितिमा झारिएन् । 

त्यसैले लिग रोकिएको स्थितिमा जुन टिम अंक तालिकाको शीर्ष स्थानमा थियो, तयसैलाई विजेता घोषणा गरियो । त्यसअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग विजेता रह्यो । पीएसजीको २७ खेलबाट ६८ अंक थियो र लिगको शीर्ष स्थानमा थियो, त्यसैले यही टिम च्याम्पियन बन्यो । मार्से ५६ अंकमा दोस्रो स्थानमा थियो । त्यहाँ अब कुन–कुन टिम रेलिगेसनमा पर्नेछ, त्यसबारे भने निर्णय भएको छैन । यसअघि नेदरल्यान्ड्स र बेल्जियममा पनि यस्तै निर्णय भएको थियो । 

त्यहाँका सरकारको निर्णय लिग अगाडि बढाउन प्रतिकूल भएपछि पूरा प्रतियोगिता नै रोकिएको थियो । यी दुई देशमा लिग मात्र रोकिएन्, विजेता टिमको पनि घोषणा गरिएन्, फरक यहाँनिर छ । लिग रोकिएको स्थितिमा नेदरल्यान्ड्समा आयाक्स र बेल्जियममा क्लब ब्रुग शीर्ष स्थानमा थियो । उनीहरूको भाग्यमा लिग च्याम्पियन हुन लेखिएको थिएन, यस २०१९–२०२० को सिजनमा । त्यहाँका फुटबल संघले आ–आफ्नो देशको लिग नै सुरु नभएको स्थिति मानेर प्रतियोगितालाई शून्यमा झारेको थियो । 

यस्तै निर्णय भने फ्रान्समा गरिएन् । अब प्रश्न इंग्ल्यान्ड, स्पेन, इटाली र जर्मनीमा फ्रान्सकै निर्णय लागू गरियो भने के हुनेछ त ? इंग्ल्यान्डमा लिभरपुल अगाडि छ । लिग रोकिन अगाडि लिभरपुल लगभग उपाधिको नजिक पुगिसकेको थियो, खालि एकाध जित र अंक मात्र आवश्यक थियो । त्यसमाथि लिभरपुलले ३० वर्षयता पहिलोपल्ट लिग जित्न लागेको थियो । लिग रोकिन अगाडि लिग तालिकामा उसको २९ खेलबाट ८२ अंक थियो, दोस्रो स्थानमा म्यानचेस्टर सिटी धेरै पछाडि थियो, २८ खेलबाट ५७ अंकमा । 

स्पेनमा बार्सिलोनालाई अग्रता प्राप्त छ, त्यहाँ २७ चरणका खेल सकिएका छन् । बार्सिलोनालाई दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि खाली दुई अंकको मात्र अग्रता प्राप्त छ । यसको अर्थ त्यहाँ चर्काे प्रतिस्पर्धा छ । यस्तै स्थिति इटालीमा छ । त्यहाँ युभेन्ट्स २६ खेलबाट ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रोमा रहेको छ, खाली एक अंक मात्रको दूरीमा । जर्मनीमा भने बायर्न म्युनिख अगाडि छ, २५ खेलबाट ५५ अंकमा । 

दोस्रो स्थानमा बोर्सिया डर्टमन्ड रहेको छ, ५१ अंकमा । फ्रान्सकै निर्णयलाई पछ्याउने हो भने विजेता यिनै शीर्ष स्थानमा रहेका टिम हुनेछन् । एउटा तथ्य के निश्चित छ भने यी चार देशमा फ्रान्सकै जस्तै निर्णय गर्न गाह्रो छ, किनभने यहाँ हुने खेलको टेलिभिजनमा प्रत्यक्ष प्रशारणका लागि मोटो रकमको अनुबन्ध छ, विशेषत: इंग्ल्यान्डको । लिगका बाँकी खेल नहुने हो भने त्यहाँको एउटा क्लबले करोडौं डलर गुमाउने निश्चित छ, जुन कसैलाई पनि सह्य छैन । 

त्यसैले प्रश्न यी देशमा लिग कहिले र कसरी सुरु हुने हो, यी प्रश्नमात्र निर्णायक हुनेछन् । यसका लागि पनि थरिथरी उपाय अगाडि आइरहेका छन् । जस्तो सबै खेल बन्द रंगशालामा गर्ने, कोही पनि दर्शकलाई प्रवेश नदिने, खालि टिभीमा मात्र प्रत्यक्ष प्रशारण गर्ने । अनि जति पनि खेल हुनेछन्, ती भीडभाड हुने स्थानबाट टाढा गर्ने, त्यसको अर्थ क्लबले तटस्थ मैदानमा खेल्ने । त्यति मात्र होइन, खेलाडीले मास्क लगाएर खेल्ने, खुसियालीमा अँगालोसमेत नमार्ने । 

अनि खेल्न अगाडि सबै खेलाडीलाई कोरोना भाइरसले संक्रमण गरेको त छैन भनेर कडिकडाउ रूपमा परीक्षण गर्ने । यी सबै निर्णय लागू गर्न पछाडि प्रत्येक देशको लिग आयोजकले युरोपेली फुटबल महासंघ (यूईएफए) सँग अनुमति पनि लिनुपर्नेछ र यसको कारण हो, यी क्लबका लागि यूईएफएले आयोजना गर्ने युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग उत्तिकै महत्त्वपूर्ण छ । जे होस्, अहिले एउटा तथ्य मात्र निश्चित छ कि युरोपको क्लब फुटबलमा वास्तवमै अन्योलता छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik