साप्ताहिक संवाददाता
डे विथ...' कार्यक्रममा प्रस्तुत भैरहेकी छिन्। उक्त कार्यक्रममा उनी हरेक साता एक जना सेलिब्रेटीको एक दिनको सम्पूर्ण गतिविधि प्रस्तुत गर्छिन्। यसक्रममा उनले ५० भन्दा बढि सेलिब्रेटीको दैनिकीलाई दर्शकमाझ पुर्याइसकेकी छिन्। यसबाहेक उनी प्रत्येक सोमबार, बुधबार तथा शुक्रबार ५ बजेदेखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुने कार्यक्रम 'फिल्मी बज' मार्फत पनि दर्शकमाझ पुगिरहेकी छिन्। आइतबार दिउँसो वन डे विथ...कार्यक्रमको छायांकनस्थलमा व्यस्त आश्मासँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्नः
चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्रममा चलचित्रमै नायिका बन्ने प्रस्ताव आएको छैन ?
(हाँसो) त्यसरी नायिका नै बन्ने गम्भीर प्रस्ताव त कसैले पनि राख्नु भएको छैन तर नायिका बन्न प्रेरित गर्नेहरू भने धेरै हुनुहुन्छ। म भने सञ्चारकर्मीकै रुपमा सन्तुष्ट छु भनेर पन्छिन्छु।
वन डे विथ...कार्यक्रमको प्रतिक्रिया कस्तो पाउनुहुन्छ ?
चलचित्र क्षेत्रका सेलिब्रेटीहरूको एक दिनको गतिविधि समेट्ने यो पहिलो कार्यक्रम भएकाले पनि होला कतिपय दर्शक यही कार्यक्रमको प्रतिक्षामा रहेको समेत पाएको छु। दर्शकसहित सेलिब्रेटीहरूबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेकी छु।
आगामी दिनमा कस्ता कार्यक्रममा देखिने संभावना छ ?
फेसनसंग सम्बन्धित एउटा कार्यक्रमसम्बन्धी गृहकार्य गर्दैछु। सेलिब्रेटी र फेसनलाई केन्द्रमा राखेर तयार पारिने उक्त कार्यक्रम नौलो हुने अपेक्षा गरेकी छु।