साप्ताहिक संवाददाता
- मञ्जु पौडेल, गायिका
तातो पानी छ भने त जाडोले खासै असर गर्दैन, घन्टौंसम्म बसेर नुहाउन तयार हुन्छु तर चिसो पानी भनेपछि त्यति जाँगर चल्दैन। जाडोमा चिसो पानी !
- नील डेभिड कटवाल, हेयरस्टाइलिष्ट
जाडोमा नुहाउने भन्नेबित्तिकै बाल्यकालको सम्झना आउँछ। सानो हुँदा स्कुल डे्रस लगाएर सुतिन्थ्यो। बिहान-बिहानै अत्ति जाडो हुने भएकाले सुत्ने बेलामै स्कुल डे्रस लगायो अनि बिहान जुरुक्क उठ्यो ब्रस गर्यो, आँखामा पानीले भिजायो अनि कुद्यो, तर अहिले उठ्दा-उठ्दै दिउँसो भैसक्छ, मध्यदिनमा नुहाउन के गाह्रो?
- सञ्जय गुप्ता, आरजे/मोडल
मलाई जाडोमा नुहाउन मज्जा लाग्छ, तर बिहान उठ्नेबित्तिकै नुहायो भने बिस्तारै शरीर तात्छ। तातो पानीले नुहाउन त्यति मज्जा लाग्दैन। त्यसैले म जस्तै हजारौंका लागि बनेको गीत सम्झँदै चिसो पानीले नुहाउँछु— 'ठन्डे ठन्डे पानीसे नहाना चाहिए' !
- राजु सिंह, संगीतकार
जाँगर नै चल्छ, घरमा तातो पानी भएकाले नुहाउन रमाइलै लाग्छ, तर नुहाइसकेपछि चाहिँ बिस्तारै शरीर चिसो हुन थाल्छ अनि बेकार नुहाएँ कि जस्तो लाग्छ।
- राज श्रेष्ठ, प्रोग्राम डाइरेक्टर/आरजे