साप्ताहिक संवाददाता
- सिर्जु थापा
जति ढाँटे पनि थाहै नपाउने पक्ष राम्रो लाग्छ।
- वसन्त विवस आचार्य
समझदार, मनको कुरा बुझ्ने र आफ्नो काममा रमाउने पक्ष।
- शोभा पाठक
सधैँ हाँसिरहने, कहिल्यै नरिसाउने, अनि मलाई धेरै माया गर्ने पक्ष मन पर्छ।
- हिमा घिमिरे
मलाई प्रेममा विश्वास छैन।
- जनकसिंह ठकुरी
मेरो त केटा साथी नै छैन।
- प्रजिता
हुँदै नभा'की प्रेमिकाको के कुरा भयो र?
- वसन्त
अरूका केटा साथीहरूका बारेमा मलाई भन्ने बानी मन पर्छ।
- अनन्त घिमिरे
रक्सी खाएका बेला नकराउने तर भोलिपल्ट थर्काउने।
- किशन राई
मेरो त केटी साथी नै छैनन्।
- मिलन भुजेल
मनको कुरा बुझ्ने।
- खेम गुरुङ
शरीरको बनावट।
- प्रकाश खड्का
अनुहार।
- योगेश लिम्बू
छिट्टै रिसाउने, छिट्टै खुसी हुने अनि माया गर्ने।
- सोझो केटो
जिस्किएर हँसाइरहने बानी।
- छुच्ची केटी
मनको कुरा बुझ्ने, उत्साह, उमंग थप्ने, हरेक पल साथ दिने, अटुट माया दिने, अनी उनमा भएको आत्मविश्वास।
- दर्शन गिरी
रिसाउने बानी मन पर्छ।
- प्रिन्स रिजाल
कुरा बुझ्ने बानी।
- सुरेन्द्र पौडेल
कुनै कुरा छल नगरी सेयर गर्ने बानी।
- देविका नेम्बाङ
नरिसाउने, अनि कुरा बुझ्ने बानी मन पर्छ।
- रुपा मोक्तान
स-साना कुरामा पनि झगडा गर्ने बानी।
- आशिष भट्टराई
मुस्कुराएर बोल्ने बानी।
- कमल बिके
सधैं सम्झिने, माया दिने, ख्याल गर्ने बानी राम्रो लाग्छ।
- देव राजालिम राई
नचाहेरै पनि धोका दिने बानी मन पर्छ मलाई।
- समय अधिकारी
सबै कुरा सेयर गर्ने बानी।
- मोहन श्रेष्ठ
जति गाली गरे पनि हाँसीहाँसी कुरा गर्ने बानी।
- अशोक तिवारी
अबोधपन।
- निश्मा अधिकारी
जिस्काएर बोल्ने बानी अनि जिस्किँदा-जिस्कँदै रिसाउने बानी असाध्यै मन पर्छ।
- रामकृष्ण खरेल
यार, सबैले जवाफ दिन मिल्ने प्रश्न सोध्नु नि।
- होम मगर
ओठ अनि आँखाहरू।
- प्रबिन थापा
मेरो विश्वास गर्ने बानी।
- आदर्श मगर
मुस्कुराएर बोल्ने बानी मन पर्छ।
- गंगा बूढामगर
मेरा लागि त यो प्रश्न कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै हो। कसैंसंग मेरो प्रेम नै बसेको छैन।
- तारा बसेल
मेरो खुब ख्याल गर्छिन्, त्यही बानी मन पर्छ।
- सुनिल गुप्ता
माया गर्नेको सबै पक्ष मन पर्छ।
- माया मगर
उनको व्यवहार, हास्ने-बोल्ने शैली।
- राजु पोखरेल
धेरै विश्वास गर्ने।
- रवीन्द्र बेहाल
दिलको कुरा बुझ्ने।
- धिरेन्द्र यादव
बोली र केयर गर्ने बानी।
- लक्ष्मी न्यौपाने
ढाँट्ने शैली।
- राजेन्द्र छन्त्याल
रुने पक्ष राम्रो लाग्छ।
- रोस्तिक तिमिल्सिना
मसँग रिसाउने पक्ष राम्रो लाग्छ। ऊ रिसाउँदा अझै राम्री देखिन्छे। उसले मलाई रुवाएर पनि फकाउँछे, माया गर्छे।
- हिम्स राई
केही गर्नुपर्छ भन्ने सोच, अनि सकारात्मक हौसला र समर्पण ।
- कुशल क्रान्ति
उसको हाँसो अनि मलाई सम्मान गर्ने तरीका राम्रो लाग्छ।
- निरोज न्यौपाने
मेरो समस्या समाधान गर्ने र मलाई माया गर्ने तरिका।
- अनिल
उनको पहिरन र सम्मान गर्ने पक्ष।
- पुष्कर खत्री
सधैं हँसाइरहने, कहिल्यै नरिसाउने, अनि मलाई धेरै माया गर्ने बानी।
- हिमा
मेरो त केटा साथी नै छैन। कुन पक्ष मनपर्छ भन्नु? बरु यसो एक जना मिलाइदिनु न।
- प्रजिता पाण्डे
सबै पक्ष मनपर्छ।
- समिरा बस्नेत
मेरो त केटा साथी नै छैन। के भन्नु र? पछि भएपछि भनौंला नि।
- दीपा निरौला
मेरो अहिलेसम्म केटा साथी छैन।
- गंगा पन्थी, निशा केसी
कहिल्यै नरिसाउने, आफूले भनेको कुरा मान्ने, अरूको कुरामा विश्वास नगर्ने, सही बोल्नेको पक्षमा लाग्ने।
- मेलिना लामा स्याङ्देन
आफ्ना वास्तविकता जे हो त्यही भन्ने, नढाँट्ने बानी मनपर्छ।
- शर्मिला शर्मा
स्वर र मुस्कान।
- धिमाल कान्छा किरन
आफ्नो प्रेमिकाको सबै पक्ष मनपर्छ तर रोएको र दुखमा परेको पटक्कै मन पर्दैन।
- सुबास बिसी अनुपम
उनको आँखा मनपर्छ अनि मलाई जिस्क्याइरहने, हँसाइरहने, हाँसी-हाँसी झगडा गर्ने र मलाई माया गर्ने बानी पनि खुब मनपर्छ।
- शैलेन्द्र प्रसाइ
हरेक कुरामा चासो दिने र ख्याल गर्ने पक्ष।
- प्रतिज्ञा रन्जितकार
रिसाउने र झगडा गर्ने बानी मनपर्छ। किनभने रिसाउँदा र झगडा गर्दा उनको असली रूप देखिन्छ।
- वसन्त सिंह ठकुरी
रिसाउने शैली।
- कपिल गौली
यो पक्ष र त्यो पक्ष राम्रो लाग्नलाई प्रेमिका हुनुपर्यो नि। बरु यसो हामीलाई पनि खोजिदिनुपर्यो अनि हामी पनि यो र त्यो राम्रो लाग्यो भनौंला।
- आर्याम धिताल
हुँदा सय टेन्सन हुन्छ रे, नहुँदा छैन भन्यो एउटै टेन्सन। आफू पनि यही कोटीमा छु।
- किशोर अधिकारी
मलाई त उसको धोका दिने बानी नै मनपर्छ। अरू नसके पनि मलाई रुवाउन त जानेको छ। मलाई चोट दिन त जानेको छ।
- प्रतिमा खनाल
प्रेम भन्ने कुरै बकवास लाग्छ मलाई त।
- अञ्जु गुरुङ
अनुहार मात्र राम्रो लाग्छ, बेहोरा त ...।
- योगेश लिम्बू
सधैं साँचो बोल्ने पक्ष राम्रो लाग्छ।
- रमा मादेन पन्धाक
मेरा त केटीसाथी नै छैनन्। कसरी भन्नु?
- आभास कठायत
सधैं साँचो बोल्ने, आफ्नो भन्दा बढी मेरो ख्याल गर्ने।
- अजय कदमाहा
यो विषयमा विवाह गरेपछि कुरा गरौंला।
- सन्दर्भ चौधरी, चकदह
खै के भन्नु? आफ्नो त प्रेम नै परेको छैन।
- संगम पाण्डे
मलाई के थाहा?
- सरु केसी
माया र विश्वास गर्ने, अनि केयर गर्ने बानी मन पर्छ।
- सुशीला बूढा क्षेत्री
स्वयं आफूलाई भन्दा बढी माया गर्छु भनेर गफ दिएको मन पर्छ।
- मिलन पौडेल
उनको मुस्कान र इमान्दारीता।
- सुन आचार्य
सबै पक्ष राम्रो लाग्छ। जिद्दी गर्ने बानीचाहिँ सबैभन्दा राम्रो छ। त्यो बेला उनी सुन्दर लाग्छिन्।
- बिमलबाबु
कहिल्यै नाइँ नभन्ने, सधैं हुन्छ भन्ने बानी।
- मनोज अधिकारी
केही पर्दा सहयोग गर्ने, सधैं साँचो बोल्ने।
- लिखत खड्का
समझदार, साँचो बोल्ने तथा केयर गर्ने पक्ष मन पर्छ।
- नीना
सबैभन्दा राम्राे पक्ष भनेको हरेक अवस्थामा मलाई सहयोग गर्नु हो।
- प्रशंसा प्रिन्सेस
भेट्न आउँछु भनेर आश देखाउँछिन्, धेरै बेर सम्म कुराउँछिन्, तर आउँदिनन्। यो बानीचाहिँ मलाई मन पर्छ।
- अनिल श्रेष्ठ
आई लभ यु भन्न लजाउने बानी मन पर्छ।
- नवजीवन/सुशान्त कदमाहा
दुःख र हरेसमा सधैं साथ दिने कुरा मन पर्छ।
- कौशिला अधिकारी
हरेक कुरामा शंका गर्ने बानी एकदम मन पर्छ।
- आदित्य चौधरी
उनले माया गर्ने शैली।
- निशा योञ्जन
आफू त एक्लो मान्छे परियो। केही टेन्सन छैन।
- अजय योगी
फेसबुक नचलाउने पक्ष राम्रो लाग्छ।
- जिबी मगर
रिसाउने बानी खुब मन पर्छ।
- सुनिल काफ्ले
बूढीको त भन्न सकिन्छ तर प्रेमिकाको भन्न सकिँदैन।
- शरण अधिकारी
के हो मेरी प्रेमिकाको राम्रो पक्ष थाहा पाएर फकाउने विचार गर्नुभयो कि क्या हो? मलाई त शंका लाग्न थाल्यो, त्यसैले भन्दिनँ।
- कल्पित भट्ट
सधैं हाँसिरहने, नराम्रो नबोल्ने।
- जितु श्रेष्ठ
हरेक कुरा सेयर गर्ने बानी मन पर्छ।
- प्रदिप चौधरी, कदमाहा
मेरो गल्ती हाँसी-हाँसी सुधार्ने मौका दिने पक्ष।
- हरि बोहोरा
मुस्कान।
- प्रेम राजवाहक
लजालु स्वभाव।
- जयराम
समझदारी।
- कमल जिसी
केटी साथी भन्नु आकाशको फल आँखा तरी मर जस्तै भयो। घर, समाज र राष्ट्रले त्यसका लागि बजेट नछुट्टयाउने हो भने केटी साथी पाउनै मुस्किल छ। तैपनि दाम हुनेहरूले आफ्ना केटा साथीहरूलाई छिनछिनमा फोन गरिरहेको असाध्यै मन पर्छ।
- मोरङ कान्छा
मलाई केही पिउने कुरा दिएर माया देखाउँछिन्। यो पक्ष मन पर्छ।
- सुमन मिश्र
मलाई मिस्ड कल गर्ने बानी मन पर्छ। व्यस्त भए पनि दिनको ३०-४० पटक मिस्ड कल गर्छिन्।
- रेमन
बोली। वा ! क्या राम्रो।
- रोहित महतो
मलाई सुख-दुःखमा साथ दिने बानी राम्रो लाग्छ।
- तपेन्द्र शाही ठकुरी
मेरी प्रेमिकाले कुनै नराम्रो गरेकी छैनन्। सबै पक्ष मन पर्छ।
- सुजन अधिकारी
चुरोट, जाँड, रक्सी नखाने पक्ष।
- दीपा लामा
आफूलाई भन्दा बढी विश्वास गर्ने, चोखो माया गर्ने।
- यजाज खान
मेरो खुसीमा आफ्नो पनि खुसी देख्नु, अनि मलाई सधैं खुसी राख्ने पक्ष राम्रो लाग्छ।
- अमृता पुन
मेरा निम्ति गर्ने चिन्ता तथा मलाई गर्ने माया नै मन पर्छ।
- चुमु नेवार
मलाई साथ दिने बानी।
- माया अर्याल
ल, कस्तो प्रश्न सोध्नुभएको? केटी साथी नै छैन। कुन पक्ष राम्रो भन्नु?
- रोशन लिम्बू
के गर्नु आफुले त केटी साथी बनाइएन। के राम्रो, के नराम्रो कसरी भन्नु?
- लक्ष्मण गौतम
नो जिएफ, नो टेन्सन।
- विकास मगर
गलत कुराबाट टाढा रहन ट्राफिक प्रहरीले झैं सिग्नल दिएर सधैं झस्काइरहन्छिन्।
- नवीन संकल्प
मलाई बुझ्ने, मीठो बोल्ने, कुनै कुरामा पनि नबिझाउने अनि आफूलाई माया गर्नेको सबै पक्ष मन पर्छ।
- दिवस आरके
केयर गर्ने बानी मन पर्छ। रिसाएको बेला झनै मन पर्छ। साधारण व्यवहार अझ राम्रो लाग्छ।
- अनिता सुब्बा
ठूलो आँखा र मीठो मुस्कान।
- सत्य जोशी
मेरी सानु मुस्कुराएको अनि मलाई डल्ले भनेको मन पर्छ।
- राजन कार्की
उनको सुन्दरता र नाच्ने कलाबाट प्रभावित छु।
- महेश केरुङ
दुःखमा साथ दिने, अनि सधैं साहस दिने बानी मन पर्छ।
- हिमालय शाह
मलाई त रिसाउने बानी पो मन पर्छ।
- गोमा चौहान
सानो कुरालाई ठूलो बनाएर झगडा गरिरहने बानी मन पर्छ।
- आशिष भट्टराई