• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रा. डा. सुमनराज ताम्राकार

के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?
जेष्ठ १४, २०७७
मेसी, रोनाल्डोलाई दर्शक बिनाको मैदानमा फुटबल खेल्नु पऱ्यो भने वा लेग स्पिनर सन्दिप लामिछाने वा विराट कोहलीलाई क्रिकेट खेल्नु पऱ्योभने यस्तै अनुभूति हुँदो हो ।

विश्वमा कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको पनि १०० दिन नाघिसकेको छ । यो वितण्डा अझ कति दिनसम्म रहने हो कुनै निश्चितता छैन । यस बीच कतिपय कामहरु, क्रियाकलापहरु केही समयको लागि पछि सार्न सक्दछौं । तर कतिपय क्रियाकलापहरु हामीले निश्चित समयसीमामा सम्पन्न गर्न सक्नु बुद्धिमानी हुन्छ । यस्तै शैक्षिक क्रियाकलाप पनि एउटा महत्वपूर्ण विषय हो, जुन निश्चित समयावधिमा सिध्याउनु पर्दछ ।

अझ मेडिकल क्षेत्रमा एउटा समस्या के छ भने निश्चित शैक्षिक क्यालेण्डर भित्र कोर्स सम्पन्न गरिएन भने पछि स्वास्थ्य सेवामै असर पर्न सक्छ । भन्नुको तात्पर्य आजका अन्डरग्राजुएट विद्यार्थीहरु नै एमबीबीएसको अन्तिम परीक्षा उत्तिर्ण गरेपछि ईन्टर्नशीपको क्रममा जुनियर डाक्टरको काम गर्ने हो । त्यसपछि केही समय मेडिकल अधिकृतको रुपमा काम गरेपछि तिनीहरुले प्रवेश परीक्षा पास गरेपछि विशेषज्ञ डाक्टर पढ्छन् । यसरी विभिन्न विषयका विशेषज्ञ डाक्टर उत्पादन हुने चक्र पूरा हुन्छ । यहि प्रक्रिया नर्सिङ्ग, पब्लिक हेल्थ, डेन्टल लगायतका विषयहरुमा लागू हुन्छ । यो चक्र भनेको ट्रेन चलाउनु जस्तै हो, ट्रेन पनि स्टार्ट गर्ने बित्तिकै स्पिड लिइ हाल्दैन, ब्रेक लगाउने बित्तिकै ठ्याक्कै रोकिँदैन । यसको मतलब अहिले तत्कालै अन्डरग्राजुएट लेभलको पढाईको गतिलाई कायम राखेन भने पछि जटिल समस्या निस्किन सक्ने कुरामा दुई मत छैन । त्यसो भन्दैमा कुनै विकल्प छ त ?

माथिल्लो परिच्छेदहरुमा यतिका भूमिका बाँध्नुको कारण अन्य मुलुकहरुमा नेपालमा पनि लकडाउनको अवस्था छ । यातायातका साधनहरु ठप्प छन् । कोरोना संक्रमण सर्ने भयले कक्षाकोठा भित्र बसेर पठन पाठन गर्न सकिने समय छैन । यस्तैमा अनलाईन कक्षा लिने एउटा विकल्प निस्क्यो ।

सूचना प्रविधीमा भएको विकास हाल विभिन्न विकल्पहरु उपलब्ध छन् । त्यसो त लामो समय देखि फेसबुक, ट्विटर, ईन्स्टाग्राम, यु ट्युब, स्काईप जस्ता सामाजिक सञ्जालमा अभ्यस्त छौं । तर समयको माग अनुसार नयाँ नयाँ प्रविधी, एप तथा सिस्टमहरु पनि सिक्दै जानु पर्ने रहेछ । ठेलीका ठेली पढि सकेर, विभिन्न साइन्टिफिक जर्नलहरुमा लेखहरु प्रकाशित गरेर मेडिकल एकाडेमिक क्षेत्रमा एउटा स्थान बनाइसकेपनि संसारमा अझैं सिक्नुपर्ने धेरै कामहरु रहेछ भन्ने थाहा हुन्छ । ‘सर्भाइभल फर फिटेस्ट’ भनिने चाल्र्स डार्बिनको एउटा प्रसिद्ध सिद्धान्त छ । समयको माग अनुसार आफूले ती नयाँ प्रविधी तथा चालचलनहरु सिकिएन भने पछि पर्न बेर लाग्दैन । स्काईप, भाईबर, मेसेन्जरबाट त केही साथीहरु, आफन्तहरु माझ कुराकानी वा भिडियो कल गरिएको थिएँ तर जुम नामक प्रविधी पहिलै विकसित भैसकेको भएपनि अभ्यस्त चाहिँ थिईनँ ।

आफू कार्यरत अस्पतालको आईटी एक्स्पर्ट मार्फत् जुम नामक प्रविधीको अन्तरकुन्तर सिकियो । उनीहरुले उपलब्ध गराएको युजर नेम र पासवर्डको सहयोगमा एमबीबीएस कोर्सका अन्तिम सेमेष्टर अर्थात् केही समयमै एमबीबीएसको अन्तिम परीक्षा दिने विद्यार्थीहरुलाई सैद्धान्तिक कक्षा लिइयो । यसरी भर्चुअल क्लास लिँदै गर्दा मन भित्र अनेक अनुभूतिहरु उब्जिए ।

रियल क्लासमा क्लिनिकल सेटिङ्गमा मेडिकल विद्यार्थीहरुलाई पढाई राखेको बानी परेकोमा भर्चुअल क्लासमा मज्जा नआउने रहेछ । रियल क्लासमा भाईबहिनीहरुले हल्ला गर्दा साइलेन्ट प्लिज वा शट अप भनिराखेको बानी मिस हुँदो रहेछ । सबैभन्दा ठूलो फरक त आफ्नै घरको कोठामा आफू ल्यापटपको स्क्रिन अगाडि बसेर प्रस्तुती दिँदा विद्यार्थीहरुको अनुहारमा देखिने प्रतिक्रिया अर्थात् मैले भनिरहेको, पढाईरहेको कुरा बुझे, नबुझेको मिस हुँदो रहेछ । सोचें मेसी, रोनाल्डोलाई दर्शक बिनाको मैदानमा फुटबल खेल्नु पऱ्यो भने वा लेग स्पिनर सन्दिप लामिछाने वा विराट कोहलीलाई क्रिकेट खेल्नु पऱ्यो भने यस्तै अनुभूति हुँदो हो ।

उक्त भर्चुअल क्लासमा मैले एकजना पत्रकार मित्रलाई अतिथीका रुपमा निम्त्याएको थिएँ । उनले कक्षा पनि क्यामरा अर्थात् ल्यापटपको हाईट मेन्टेन गर्न, मेरो पहिरन नै क्याजुएल नभई स्ट्याण्डर्ड रुपमा देखिन, अनलाईन क्लास लिँदै गर्दा नाक, मुखमा हात नपुर्‍याउन जस्ता फिडब्याकहरु पाएँ । क्लासको बीचमा कसैको कल नआओस् भन्नेमा सजग भई मोबाइल साईलेन्ट मोडमा त राखेको थिएँ, अर्को कोठामा परिवारजनलाई हल्ला नगर्न तथा टेलिभिजनको भोल्युम ठूलो नपार्न भनेंपनि झ्याल बाहिर चराचुरुङ्गीको आवाज, बेला बखत लकडाउनको समयमा पनि आवाज ठूलो पार्दै चलाउने हाइब्रिड मोबाईक अनि टिपरको प्रेसर हर्नका कारण अलि डिस्टर्ब खेप्नुपऱ्यो।

अनलाईन क्लासको क्रममा च्याट मार्फत् अनि भ्वाईस कलबाटै विद्यार्थी भाईबहिनीहरुले राखेको जिज्ञासा तथा तिनीहरुले नबुझेको बुझाउँदै गएँ । जुम प्रविधीमा आफूले बनाएका पावर प्वाईन्टका स्लाईडहरु पनि प्रोजेक्ट गर्न मिल्ने भएकोले थप सहज भयो । आगामी दिनमा राम्रोसँग समन्वय गर्न सकेको खण्डमा देश भित्रका अन्य मेडिकल कलेजका विद्यार्थीहरुले पनि मेरो क्लासमा सामेल हुनसक्ने सम्भावना देखें । अघिल्लो वर्ष अर्कै मेडिकल कलेजका एमबीबीएसकै अन्तिम वर्षका विद्यार्थीहरुलाई रेस्क्यू क्लासहरु लिन भौतिक रुपमा पुग्नु परेको थियो, यस क्रममा मैले गर्नुपर्ने रेगुलर अपरेशनहरु पछि पछि सार्नु परेको थियो । अब भने यस्तै अनलाईन क्लासबाट अघिल्लो वर्षको जस्तो असहजता खेप्नु नपर्ने भयो ।

अन्य प्राविधिक विषयमा त्यति ज्ञान नभएपनि मेडिकल क्षेत्रमा सिनियर प्रोफेसर अथवा प्रशिक्षकहरुको उमेर हदबन्दी ७३ वर्ष कायम गरियो । नेपालमा मेडिकल कलेजहरुको संख्या १९ रहेको अवस्थामा नेपाल मेडिकल काउन्सिलको प्रोटोकल अनुसार प्रशिक्षक र विद्यार्थीबीचको अनि प्रशिक्षक र विरामी संख्या बीचको अनुपात मुताबिक विषयगत रुपमा विशेषज्ञ डाक्टरहरुको तहगत जनशक्ति कायम राखिराख्न मेडिकल कलेजहरुलाई हम्मे हम्मे परेको थियो । यस्तै विकल्पको रुपमा गेष्ट लेक्चरको प्रावधान राखेर एउटा मेडिकल कलेजको प्रोफेसर, एशोसिएट प्रोफेसर अर्को मेडिकल कलेजमा गई सैद्धान्तिक तथा प्राक्टिकल कक्षा लिने व्यवस्था गर्‍यो । तर यसमा एकाध मेडिकल कलेजले आपूmले जनशक्ति नियुक्ति तर्फ ध्यान दिनु भन्दा गेष्ट लेक्चररबाटै झारा टार्ने तर्फ चलखेल गर्न थालेपछि गेष्ट लेक्चररको प्रावधान नै खारेज गरियो । अनि डेन्टल स्ट्रिमका डाक्टरलाई ब्रिज कोर्स गराई, प्रवेश परीक्षा दिन लगाई बेसिक (प्रि–क्लिनिकल) साईन्समा पोष्ट ग्राजुएट गर्न लगाई उपल्लो स्तरको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने योजनाले पनि खासै सफलता पाएन ।

अब भने जुम लगायतको प्रविधीबाट आशातित रुपमा सफलतापूर्वक यसरी भर्चुअल क्लासहरु लिन सक्षम भयौं भने माथि उल्लेखित समस्याबाट पनि मुक्ति पाउन सकिन्छ । युनिभर्सिटीहरु बीच, मेडिकल कलेजहरु बीच आपसी समन्वय गर्न सकेको खण्डमा छोटो समयमै नेपाल भित्रका विद्यार्थीहरु लाभान्वित हुनेछ ।

स्वास्थ्य प्राविधिक विषय हो, जुम प्रविधीबाट एमबीबीएसका विद्यार्थीहरुलाई सैद्धान्तिक कक्षा त लिन सक्षम भयो तर आगामी दिन विषयगत रुपमा प्राक्टिकल कुराहरु कसरी सिकाउने भन्ने विषयमा होमवर्क गर्नुपर्ने छ । त्यसैगरी सबै प्रशिक्षकहरुले आ–आफ्नो कक्षा सिध्याइसकेपछि ती विद्यार्थीहरुको मूल्यांकन गर्ने विषयमा पनि ध्यान दिनु पर्ने छ । किनकि सैद्धान्तिक ज्ञानका लागि त शर्ट आन्सर क्वेशन, प्रब्लम बेज्ड क्वेशन अनि मल्टिपल च्वाईस क्वेशन त अनलाईन नै लिन सकिन्छ । तर निश्चित विद्यार्थीले विषयगत रुपमा सीप सिके कि सिकेनन् भनेर प्राक्टिकल परीक्षा नै आवश्यक हुनेमा अब भर्चुअल तरिकाले कसरी प्राक्टिकल परीक्षा लिन सकिन्छ दिमाग अलि खियाउनु नै पर्नेछ ।

समय क्रम अनुसार आफू पनि परिवर्तित हुँदै जानु पर्दछ र नयाँ नयाँ प्रविधीमा अभ्यस्त हुँदै जान ईच्छुक हाम्रो पुस्ताको यो स्विकार्यपनालाई ग्याजेटमा त्यति अभ्यस्त नभएका अघिल्लो पिँढीका विश्वविद्यालय प्रशिक्षकहरुले कसरी ग्रहण गर्ने हो ? कथंकदाचित कोरोना संक्रमणको कारण लकडाउन, बन्दाबन्दी वा घरबन्दी लम्बिँदै जाँदा शैक्षिक क्यालेण्डर अनुसारको भर्चुअल तवरमा लिइएको परीक्षा, मूल्यांकनलाई विश्वविद्यालय अनि विश्वका अन्य शैक्षिक संस्थाहरुले मान्यता दिने हो, होइन आगामी दिनमा हेर्न बाँकी छ ।

डा. ताम्राकार धुलिखेल अस्पतालमा बरिष्ठ चिकित्सकको रुपमा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik