साप्ताहिक संवाददाता
- नेहा निरौला, मोडल
खोइ अचेल त प्रेममा धेरै कुरा खोजिँदो रहेछ, कार/बजार/सपिङ/लिफ्ट/गिफ्ट/बिस्तारै सिफ्ट, त्यतिले मात्र कहाँ हो र? कोकाकोला जस्तो फिगर पनि खोजिँदो रहेछ। अल्कोहोलिक आइ, सिक्स प्याक बडि पनि खोजिन्छ। प्रेममा खोज्ने भनेको समर्पण हो, साँचो प्रेमले मन रोज्छ, समर्पण खोज्छ, काँचो प्रेमले तन र धन खोज्छ।
- लोकराज अधिकारी, गीतकार
अरू त के खोज्छन् थाहा भएन तर म त मेरो आफ्नो डेटसँग रेस्टुराँ गएर टन्न खाना खोज्छु अनि बिल भराउँछु। यो त भयो हाँसोको कुरा तर सही अर्थमा म प्रेममा साथ र विश्वास खोज्छु।
- अंशु महर्जन 'हात्ती’, हास्यकलाकार
साइलेन्ट प्लेस र सक्दो लामो किस खोज्छन्। खोजेजस्तो प्रेम यही हो तर ......।
- राजन इशान, संगीतकर्मी
मानिसले जति माया आफूले गर्छ त्यस्तो माया नै त्यो प्रेम गर्ने मान्छेबाट पनि अपेक्षा राख्छ।
- दीपक विष्ट, खेलाडी/प्रशिक्षक
मायामा मिठास होस्, दुःखमा साथ होस् र आफ्नो मायालुको अनुहार सम्झदा मात्र पनि ओठमा मुस्कान फैलियोस्......।
- संजना श्रेष्ठ, गायिका
मानिसले प्रेममा ...साब खोज्छ त भन्नुहोला। हिसाब क्या। कसै-कसैले रेस्टुराँको विल सबै तिर्दिओस् भन्ने खोज्छन्। अहिलेको प्रेममा मानिसले यस्तै-यस्तै मात्र खोज्छ।
- विवेक खतिवडा, भिजे
सेक्स खोज्छ। प्रेममा कि किस कि सेक्स चाहिन्छ होइन र? म चाहिँ सुख-दुःखको साथ खोज्छु।
- पंकजहरि चञ्चल, गीतकार/सञ्चारकर्मी
सुरुमा आँखा खोज्छ, आँखामा संसार खोज्छ, संसारमा जुनतारा खोज्छ, चुम्बन खोज्छ, पैसा खोज्छ अनि श्रीमान् वा श्रीमती खोज्छ, भनेजस्तो भएन भनें फेरि अर्को प्रेमी वा प्रेमिका खोज्छ।
- कुमार श्रेष्ठ, आरजे/हास्यकलाकार
आफ्नो प्रेमी वा प्रेमिकाबाट धेरै-धेरै माया अनि सामिप्यता खोज्छ, सधैं उसको वा उनको मन जित्न चाहन्छ, सुमधुर सम्बन्ध अनि माया गर्ने वातावरण अर्थात् एकान्त पनि चाहन्छ।
- अमृत क्षेत्री, संगीतकर्मी