गएको शुक्रबार सुन्धारास्थित आर्मी अफिसर्स क्लब बिहान १० बजेदेखि साँझ अबेरसम्म भ्यालेन्टाइनमय रह्यो। प्रसंग थियो षडज कला केन्द्रले आयोजना गरेको षडज भ्यालेन्टाइन डे स्पेशलको। जस अन्तर्गत मिस्टर एन्ड मिस भ्यालेन्टाइन प्रतियोगिता र साल्सा डान्स कम्पिटिसन मुख्य आकर्षण रहे। पूर्व मिस नेपाल माल्भिका सुब्बाको कोरियोग्राफी रहेको मिस्टर एन्ड मिस भ्यालेन्टाइन प्रतियोगितामा मिलन श्रेष्ठ र भावना श्रेष्ठ मुख्य उपाधिमाथि आफ्नो अधिकार जमाउन सफल भए। यसैगरी साल्सा डान्सतर्फ रोसिना गौतम र राजेन्द्र राजदहको जोडी उत्कृष्ट ठहरियो। पुलसाइड डान्स पार्टीबाट दिनभरिको इभेन्टले बिदा मागेको उक्त कार्यक्रममा अनिल सिंह, आस्था बी, श्रेया सोताङ, चिराग सिंह खड्का तथा इथोज ब्यान्ड एवं सञ्जय चौधरीले आ-आफ्ना गीत सुनाएका थिए।