साप्ताहिक संवाददाता
जेष्ठ ९, २०७१
लन्डनमा लिंडसे लोहान
विवादमा घेरिइरहने अभिनेत्री लिंडसे लोहान अब लन्डन गएर उतै बस्ने योजनामा छिन्। पश्चिमा अखबारहरूका अनुसार २७ वषर्ीया लिंडसे लन्डनमा आफू बस्ने उपयुक्त घरको खोजीमा छिन्। सूत्रहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ- 'लन्डनका बासिन्दा जुन प्रकारले उनीसमक्ष प्रस्तुत हुन्छन्, लिंडसेलाई त्यो शैली निकै मन पर्छ। त्यसो त अमेरिकाको तुलनामा लिडंसेको मार्केट लन्डनमा सबल छ। अक्सर लन्डन बासिन्दा उनलाई प्राथमिकतामा राख्छन्। पार्टीहरू मन पराउने लिंडसेलाई अमेरिकीहरू अराजक मान्छन्। लन्डनमा धेरै पैसा कमाउने आशाले पनि उनले पूर्ण रूपमा लन्डन बस्ने योजना बनाएको बताइन्छ।