साप्ताहिक संवाददाता
- सीताराम कट्टेल, हास्यकलाकार
बुद्ध हाम्रा हुन् भन्नेले बुद्धज्ञान पनि अनुसरण गर्नसक्नुपर्छ। सगरमाथाको देश भन्नेले विचार पनि त्यस्तै अग्लो बनाउनुपर्छ। आफ्नो सोचको विकास भएपछि देश विकास भैहाल्छ नि।
- प्रमोद खरेल, गायक
राजेश हमालले विवाह गर्छु भनेर बल्ल गरे, संविधान पनि अब बन्ला किनभने संविधान बन्ने र राजेश हमालको विवाह हुने उस्तै-उस्तै हो भनेर जोक गर्थे मित्रहरू, हमालको विकास त भो, अब देशको मूल कानुन संविधान बन्नुपर्यो अनि मात्र विकास हुन्छ। नत्र देशको विकास हुँदा हामी राजेश दाइकै उमेरको हुन्छौं, बिर्खेलाई संविधान चाहियो।
- सुवास थापा, नायक
सबै ठाउँमा सडकको पहुँच हुनुपर्यो, सडक पुगेपछि आफैं विकास सुरु हुन्छ।
- पुष्कर भट्ट, कलाकार
अब राष्ट्रले अंग्रेजी विद्यालयहरू देशभर विस्तार गर्नु आवश्यक छ, सामुदायिक विद्यालय अंग्रेजी विद्यालयमा रूपान्तर हुनुपर्छ, त्यसपछि हामीपछिको पुस्ताले आधुनिक पर्यटन र ग्लोबल टेक्नोलोजीमा नेतृत्व प्रदान गर्न सक्छ।
- सिम्पल खनाल, मोडल/नायिका
नेपालका चर्चित नायक/नायिका, गायक/गायिका तथा पत्रकारहरूलाई मन्त्रीमण्डलमा राखेर देश चलाउने जिम्मेवारी दिनुपर्छ । यति भयो भने नेपालको विकास सुरु भैहाल्छ।
- सरोज केसी, सञ्चारकर्मी/कलाकार
सबै बूढाबूढी नेता-नेत्रीहरूलाई राज्यको मूल राजनीतिबाट किनारा लगाउनुपर्यो। बूढाहरूको सोच नै बूढो भएकाले प्रगति नभएको हो। युवा नेतृत्व, युवा आइडियाज, युथ रक्स, जिन्दगी रक्स।
- सोनम पाखि्रन, भिजे/निर्देशक