वातावरण संरक्षणको चेतना छर्न पहिलो पटक आनीहरू व्ाातावरणीय साइकल यात्रा गर्दै पोखरा पुगेका छन्। काठमाडांैस्थित ह्वाइट गुम्बाबाट आइतबार २ सय किलोमिटर लामो यात्रा गर्दै उनीहरू पोखरा आएका हुन्। आनीहरूले बढ्दै गएको प्रदूषण कम गरी जनचेतना जागृत गर्न यात्रामा निस्किएको बताए। 'सहरी अस्तव्यस्तता बढेर प्रदूषणले जनजीवनमा नकारात्मक असर पुगिरहेको छ,' जिग्मे रिगजिङ्ले भनिन्, 'वातावरणीय सचेतना आवश्यक देखेर सहभागी भएका हौं।' उनले यस्तो किसिमको चेतनामूलक अभियान देशका अन्य भागसँगै भारतसम्म पुर्याइने जानकारी दिइन्। समूहमा सबै गरेर सय जना सहभागी भए पनि साइकल चढेर आउनेमा ७६ जना छन्, जसमा भारतबाट आएका ४० जना र बाँकी सबै नेपालका हुन्। उनीहरू २० देखि ३६ वर्ष उमेर समूहका छन्।