• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
पाहुनाविहीन पोखरा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

पाहुनाविहीन पोखरा
चैत्र २८, २०७६

वर्षभरि आन्तरिक तथा बाह्य पर्यटकको भीड हुने ठाउँ हो, पर्यटकीय नगरी पोखरा । पर्यटकलाई सुविधा प्रदान गर्न विभिन्न होटल तथा रिसोर्ट पोखरा र यस आसपासमा सञ्चालनमा छन् । यस्ता होटल तथा रिसोर्ट लेकसाइड सबैभन्दा धेरै छन् । तर, लेकसाइड बाहिरसमेत उत्तिकै खुलेका छन् । तर, कोरोना भाइरस संसारव्यापी प्रसारको प्रभावका कारण पोखराका गेस्टहाउस पाहुना शून्य हुन पुगेका छन् ।

गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पनि पोखरामा नयाँ होटल तथा रिसोर्टमा लगानी थपिएको थियो । यसबाहेक पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि पर्यटक संख्यामा वृद्धि हुने अपेक्षा गरेर पनि व्यवसायीले स्तरीय होटल तथा रिसोर्टमा लगानी गरेका छन् । पोखरा र आसपासमा सञ्चालित तारे, मझौला र साना होटल तथा रिसोर्टमा मात्र २ खर्ब बढीको लगानी छ । लगानी गर्ने क्रम रोकिएको छैन । झनै बढ्दै छ । तर, विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण अधिकांश होटल पूर्णरूपमा बन्द छन् । अघिल्लो वर्ष यो समयमा होटल ७० प्रतिशतभन्दा बढी पाहुनाद्वारा ओगटिएका हुन्थे । केही होटल कर्मचारी र एक/दुई जना गेष्टका कारण आंशिक खुल्ला छन् । 

पश्चिमाञ्चल होटल संघ पोखराका अनुसार संघमा आबद्ध साना, मझौला तथा तारे होटल गरी ४ सय पर्यटक स्तरीय होटल सञ्चालनमा छन् । संघमा पोखराका पाँचतारे होटल पोखरा ग्राण्डदेखि साना प्रकृतिका होटल आबद्ध छन् । सामान्यतया ३० कोठाभन्दा बढीका होटल तथा रिर्सोट पोखरा अनि यसआसपासमा सञ्चालित छन् । संस्थागत लगानी र संयुक्त लगानी गर्नेहरूको आकर्षण पोखरामा छ । हवाई आवागमन ठप्प भएको र लकडाउनको स्थितीले व्यवसाय बन्द अवस्थामा छन् । गत महिना पदयात्रातिर जाने, हिमालतिर जाने र पोखरा घुम्न आउने गरी विभिन्न तिरबाट छरिएर आएका पर्यटकको कारण अलिअलि चहलपहल देखिन्थ्यो । अहिले धेरैले आफ्नो भ्रमण रद्द गरिसकेका छन् भने केही फर्किसके, केही अझै फर्कने क्रममा छन् ।

अहिले पोखरामा लगभग ३ सय विदेशी पर्यटक छन् । त्यसमा करिब २ सय जना नेपालमा अझै केही समय बस्ने खालका छन्, अरू फर्किने तयारीमा छन् । कोहीको भिसाको म्याद बाँकी छ । केही पर्यटक भने आफ्नो देशमा भएको विकराल स्थितिका कारण जान खोजेका छैनन् । इटाली, स्पेन, अमेरिकन, इजरायली, चिनिया आदि देशका केही पर्यटक यही ठीक छ भनेर बसाई लम्बाउन खोज्दैछन् । आफ्नो ठाउँमा जान हवाई मार्ग नखुलेको कारण केही हवाई मार्ग खुल्ने प्रतीक्षामा छन् । महामारीले कस्तो रूप लिने हो निक्र्योल गरेर भम्रण तय गर्न खोज्नेहरूसमेत छन् । पोखरामा रहेका पर्यटक पोखराका केही होटल, गेस्ट हाउस, होमस्टेहरूमा बसेका छन् । उनीहरू बढीमात्रामा खहरे र पामे क्षेत्रतिर छरिएर बसेका छन् । 

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनको दोस्रो पिक सिजनमा भएको महामारीका कारण होटल व्यवसाय क्षेत्रलाई ठूलो धक्का पुगेको बताउँछन् । ‘यतिखेर पर्यटनको दोस्रो पिक सिजन हो । हामीले ठूलो अपेक्षा गरेका थियौ । भिजिट नेपाल–२०२० पनि थियो’, उनले भने, ‘त्यसको पूर्वसन्ध्यामा अप्रत्यासित रूपमा यो महामारीको संक्रमण सुरु भयो । यसले विभिन्न क्षेत्रमा असर परेको छ । विशेषगरी यसले पर्यटन क्षेत्रमा ठूलो धक्का दिएको छ ।’

पश्चिमाञ्चल होटल संघमा आबद्ध होटलमा लगभग १७ हजार कर्मचारी कार्यरत छन् । होटल बन्द हुँदा उनीहरू अधिकांश घर गइसके । तुलाचन भन्छन्, ‘अघिल्लो वर्ष यतिखेर होटलको अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुग्थ्यो । अहिले लकडाउन खुलिहालेपछि पनि घुम्न हिँडिहाल्ने अवस्था पनि छैन ।’ कोरोना भाइरसको संक्रमणका कारण मानिसलाई एक खालको डर छ । देशभित्रै पनि तत्काल घुम्न खोज्ने कोही छैनन् । अहिलेको परिस्थितिलाई पूर्ववत अवस्थामा फर्कन समय लाग्छ । तुलाचन यी सबै कुरा मिल्न ६ महिनादेखि १ वर्षसम्म लाग्ने अनुमान गर्छन् । उनले सशस्त्र द्वन्द्वको समयभन्दा पनि ठूलो अप्रत्यासित अवस्था आएको सुनाए । 

ठूला लगानी, विभिन्न वित्तीय संस्थाको ऋणबाट चल्ने भएकाले यसतर्फ सरकारले सोच्नुपर्ने होटल व्यवसायीहरू बताउँछन् । पोखरामा करोडदेखि अर्बसम्मको लगानीमा होटल सञ्चालनमा छन् । पछिल्लो समयमा सञ्चालनमा आएका माउन्टेन ग्लोरी, अन्नपूर्ण भिउ, सराङकोट माउन्टेन रिसोर्ट, रूपाकोट रिसोर्ट, बेगनास लेक रिसोर्ट, इएस देउराली रिसोर्ट, पुम्दिकोट माउन्टेन लजदेखि पुराना सबै होटल तथा रिसोर्टको आम्दानी ठप्प छ । 

पश्चिमाञ्चल होटल संघमा आबद्ध नभएका सानो ठूलो गरी थप २ सय ५० होटल पोखरा आसपासमा सञ्चालनमा छन् । त्यसमा ५० देखि एक सयसम्म आधिकारीक रूपमा दर्ता गरेरै चलाएका छन् । केही पारिवारिक रूपमा चलाएका पनि छन् । तिनीहरूकौ अवस्था पनि उस्तै छ । पोखराका पर्यटन व्यवसायीले मुख्यमन्त्री तथा पर्यटन मन्त्रालयमा पुगेर आफ्ना माग राखेका छन् । उनीहरूले लकडाउन अगाडि नै संघीय सरकारका उपप्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्रीलाई समेत भेटेका थिए । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कोभिड–१९ का कारण पर्यटन क्षेत्र शून्यमा झरेको बताउँछन् । ‘आन्तरिक भ्रमण वर्ष २०१९–२०२२ र भिजिट नेपाल–२०२० लाई भव्य रूपमा मनाउने भनेर तयारी गरेका थियौं’, उनले भने, ‘निजी क्षेत्रले त्यसमा लगानी पनि बढाएको थियो । तयारी पनि गरेको थियो । एकाएक कोभिड–१९ आयो । यसले पर्यटन व्यवसाय जिरोमा नै झार्‍यो ।’

व्यवसायीहरूले आफूहरूको बचाउका लागि बैंकको ऋणलगायत विषयमा सहयोग गरिदिन सरकारलाई अनुरोध गरेको मन्त्री लम्सालले ‘साप्ताहिक’लाई बताए । ‘हामीले अर्थ मन्त्रालयमा लेखेर अनुरोध गरेका छौं’, उनले भने, ‘अहिले पर्यटन व्वसायमा कार्यरत मजदुर पलायन नहुन् । तिनीहरू बाहिर नजाउन् भनेर हामीले अहिले ग्रामीण कृषिमा कसरी लैजाने भन्ने सोच्दैछौँ । अब नेपाल सुरक्षित गन्तव्य जस्तो हु्न्छ । केभिडको मारमा नेपाल परेन भने पर्यटनको लागि हामी सुरक्षित गन्तव्य हुन्छौं । त्यसकै तयारीमा लाग्नुपर्‍यो ।’ 

कास्कीको रूपा गाउँपालिकामा रहेका रूपाकोट रिर्सोटका सञ्चालक पुष्पराज अधिकारी अहिलेको अवस्थासँग जुध्न सहजता प्रदान गर्न राष्ट्रबैकले रि–फाइनान्सिङ गर्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘सरकारले तोकेका अत्यावश्यकीय क्षेत्रका विजनेसहरूमा जोड दिनुपर्छ । सरकारले आवश्यक पर्दा विश्व बैंक वा कतैबाट १ हजार अर्ब सापटी लिन सक्छ ।’ भारत र चीनको अवस्था फर्कियो भने मात्रै पनि नेपालको होटल व्यवसायमा सजिलो हुने अधिकारीको बुझाइ छ । 

अमेरिकाको पेन्सिलभेनियाका पर्यटक पिटर गोर्गईको पोखरामा छन् । घुम्न आएका उनी लकडाउनका कारण पोखराको लेकसाइडमा रोकिए । लकडाउन कहिले खुल्छ, स्थिती कहिले सहज हुने हो थाहा नभएपनि उनी छिट्टै सबै सहज हुनेमा आशावादी छन् । यसअघि भारतसम्म आएका उनको यो नेपालको पहिलो भम्रण हो । उनको भिसा म्याद १३ अप्रिल २०२० सम्म छ । २९ जनवरी २०२० नेपाल आएका उनी यतिबेला एक्लै छन् । उनका केही साथी भने आफ्नो देश फर्किसके । ‘सुरुमा मलाई यो अवस्था देखेर रिस पनि उठ्यो तर विश्वभरिनै यो अवस्था छ’, उनले भने, ‘नेपालमा भाइरस फैलन नदिन गरिएका प्रयास राम्रो लाग्यो । यसको लागि ढिलाई भएको छैन ।’

लकडाउन सकिएपछि नेपालबाट भारततर्फ जाने उनको योजना छ । लकडाउन सुरु भएसँगै पोखराका होटल व्यवसायी र पोखरा पर्यटन परिषद्को पहलमा पोखरामा भएका र पदमार्गतिर रोकिएका पर्यटकलाई बाहिर पठाइएको थियो । अझै केही पर्यटक मनाङमा छन् । उनीहरूले आफूहरू सुरक्षित रहेको र केही समय त्यतै बस्न चाहेको बताएको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik