• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दुश्चिन्तामा दोहोरी साँझ
चैत्र ३०, २०७६

 

विश्वभरि फैलिएको कोभिड–१९ को महामारीको मार पोखराका दोहोरीसाँझमा पनि परेको छ । हरेक साँझ सारंगी धुन र मादलको ताल गुन्जने फेवाताल किनार आजभोलि सुनसान छ । लकडाउनपछि पनि पुरानै अवस्थामा फर्कन समय लाग्ने भएकाले दोहोरीसाँझका व्यवसायीहरू चिन्तित बनेका छन् । 

बिरौटामा रहेको रिमझिम दोहोरीसाँझका सञ्चालक तथा लोकगायक पुरुषोत्तम न्यौपाने विगतदेखि नै व्यापार कमजोर बन्दै गइरहेकामा लकडाउनले पूरै ठप्प पारेको बताउँछन् । ‘स्टेजमा मात्रै बिक्ने तर अरू जागिर वा ब्यापार नभएका चर्चित कलाकारको स्थितिसमेत भयावह बन्नेछ’ न्यौपानेले भने, ‘तत्काल स्टेज कार्यक्रम हुँदैनन्, लकडाउन खुलेपछि पनि हाम्रो ब्यापार बन्दै गर्नुपर्ला जस्तो छ । यसले स्थानीय कलाकार, बाद्यबादक, वेटर्स, कसरी जिउलान् ? साह्रै गाह्रो पो हुनेवाला छ ।’

पोखरामा कुल २४ वटा दोहोरीसाँझ रहेको पोखरा लोकदोहोरी रेस्टुराँ व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले जनाए । यी सबैमा साँझमा झन्डै १ हजार १ सय ५० जनशक्ति कार्यरत छन् । त्यसमा कलाकार र वाद्यवादक मात्रै ३ सय ६० जना छन् । दोहोरी साँझमा कार्यरत अधिकाशं जनशक्ति अहिले गाउँ फर्किसकेको न्यौपानेले बताए । संकटमा परेका १२ जना कलाकारलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले कोरोना भाइरसको कारण सिर्जना भएको परिस्थितीका कारण कलाकारलाई आफ्नौ दैनिकि चलाउन हम्मेहम्मे परेको सुनाए । यतिखेर मेला महोत्सवहरू बन्द छ्न् । ‘धेरै कलाकारले दोहोरीसाँझको भरमा जिबन चलाइरहेका थिए, काम गर्ने दोहोरीसाँझहरूसमेत बन्द हुँदा चलेका तथा नचलेका सबै कलाकार प्रभावित छन्’, गुरुङले भने । मेला महोत्सव स्थगित र दोहोरी साँझहरू बन्द हुँदा बेरोजगार बनेका कलाकारलाई राज्यले राहत प्याकेज घोषणा गर्नुपर्ने कलाकारको माग छ । प्रतिष्ठान गण्डकीले ३९ जना कलाकारलाई राहत प्याकेजको रूपमा चामल, दाल, नुन, तेल, चिउरा, बेसार, मसला, खुसार्नी, चाउचाउ वितरण गरेको थियो । बिभिन्न दोहोरीमा काम गर्ने १३ दृष्टिविहीन कलाकारलाई बिशेष राहत प्याकेज उनीहरू बसेको ठाउँमा नै पुगेर प्रदान गरेको अध्यक्ष गुरुङले जनाए । गण्डकी प्रदेश सरकारको उपचार कोषमा प्रतिष्ठान गण्डकीले १ लाख १ सय रुपैयाँसमेत प्रदान गरिएको उनले बताए । 

पोखरा लोकदोहोरी रेस्टुराँ व्यवसायी संघ कास्कीका महासचिव गायक चोलेन्द्र पौडेलले लकडाउनको कारण व्यवसाय नै धरापमा पुगेको र कतिलाई दैनिक छाक टार्न समस्या परेकोले सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । पोखरामा बगरदेखि, महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक, अम्मरसिँहचोक, विरौटा, जिरो, तालचोकलगायतका ठाउँमा फैलिएका छन् ।

यहाँ सञ्चालित दोहोरीसाँझ ७.३० बजेदेखि राति ११ बजेसम्म चल्थे । कास्कीमा दोहोरीसाँझमा मात्र १७ करोडभन्दा बढीको लगानी रहेको लोक दोहोरी रेस्टुराँ व्यवसायी संघ पोखराका अध्यक्ष जीवन गुरुङले बताए । लोकगायक प्रजापति पराजुलीले २०५० फागुन ३ गते घरमै ‘दोहोरी रेस्टुराँ दोहोरी साँझ’ सञ्चालन गरी पोखरामा दोहोरी साँझको सुरुवात गरेका थिए । यो दोहोरीसाँझ नेपालकै पहिलो दोहोरीसाँझ भएको पराजुलीको दाबी छ । पराजुली त्यसको चार वर्षपछि २०५४ सालमा मात्रै काठमाडौंमा दोहोरीसाँझ खुलेको बताउँछन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik