अन्तत: अक्षयकुमार नायक रहने सिंह इज ब्लिङको नायिकामा कृति सेनन छनौट भएकी छिन्। सूत्रहरूले सिंह इज ब्लिङमा करिना कपुर नायिका हुने योजना बनेको बताइरहेका बेला कृतिले बाजी मारेकी हुन्। चलचित्रका लागि फ्रेस, इनर्जेटिक र प्रिटी फेसको आवश्यकता महसुस गरिएकाले निर्देशकले कैटरिना कैफ र दीपिका पादुकोणलाई लिन चाहेनन्। अझ दीपिका त अक्षय र प्रभु दुवैको रोजाइकी नायिका थिइनन्। यद्यपि अक्षयकुमारकै पहलमा कृतिलाई लिइएको छ। खासमा दीपिका अहिले फराह खानको ह्याप्पी न्यू इयर, इम्तियाज अलिको तमाशा तथा संजयलीला भन्साली बाजिराव मस्तानीमा व्यस्त छिन । उता कैटरिनालाई पनि व्यस्त देखेपछि अक्षयले हिरोपन्थीकी नायिका कृतीलाई नै राख्न निर्देशकलाई सल्लाह दिए।