सदाबहार नायक भुवन केसी यतिबेला अमेरिकामा छन्। आफ्ना जेठा छोरा विवेक केसीको विवाहको सिलसिलामा उनी अमेरिका पुगेका हुन्। गत असार २० गते आफ्नी जेठी श्रीमती विजया केसीतर्फका छोरा विवेकको विवाहमा सहभागिता जनाएपछि अहिले भुवन अमेरिकाका विभिन्न सहरमा घुमघाममा व्यस्त छन्। भुवनले अमेरिका घुम्दाको पोज-पोजका तस्बिर फेसबुकमा अपलोडसमेत गरिरहेका छन्। अमेरिका जाने मुख्य उद्देश्य छोराको विवाह भए पनि भुवनले आफूसँगै आफ्नो पछिल्लो चलचित्र 'साथी म तिम्रो' पनि लिएर गएका छन्। छोराको विवाहपछि फुर्सदमा रहेका भुवन अहिले अमेरिकामा 'साथी म तिम्रो' प्रदर्शन गर्ने सुरसारमा छन्।