आमा त स्टेज क्विन थिइन् नै, अब छोरी पनि आमाकै पथमा लागेकी छिन्। कुरा हो, लोकदोहोरी गायिका एवं चर्चित कार्यक्रम सञ्चालिका मञ्जु पौडेलको। अर्जुन पोखरेलको संगीतमा मञ्जुको नयाँ गीत धूवाँसरिमा मञ्जुका साथमा स्कुले अध्ययनमा रहेकी उनकी छोरी स्नेहाले पनि अभिनय गरेकी छिन्। उक्त म्युजिक भिडियो आमा रियालिटी शोको निर्णायक भएको कार्यक्रममा छोरीले नृत्य गरिरहेको सिचुएसनमा खिचिएको छ। निर्देशक नितिन चन्दले आमा-छोरीलाई नै राखेर म्युजिक भिडियो तयार गरेको बताए। सुन्दर अनुहार तथा आकर्षक नृत्य गर्ने क्षमता मञ्जुपुत्रीका सबल पक्ष हुन्। मिस नेपाल हुने लक्ष्य लिएकी यी नानीले मोडलिङमा करियर खोज्नेछिन्। 'अध्ययन र मोडलिङ दुवैलाई साथसाथै अघि बढाउनेछिन्' आमा मञ्जुले बताइन्।