साप्ताहिक संवाददाता
असल बाइट्स
मिलनसार : फ्रेन्ड्ली र मिलनसार छिन्। असहज परिस्थितिमा पनि अकेशाको उपस्थितिले सुखद वातावरण सिर्जना गर्छ।
सहयोगी : अप्ठेरो परेका बेला अकेशालाई सम्झनुपर्छ, सबै समस्या समाधान हुन्छन्। आफ्नो सहयोगीपनकै कारण उनले थुप्रै प्रशंसक कमाएकी छिन्।
अभिनय : झट्ट हेर्दा उनी जति सुन्दर छिन्, उनको अभिनयमा त्यो भन्दा बढी सुन्दरता झल्कन्छ। उनको अभिनयमा एक प्रकारको ताजापन छ। 'जिन्दगी रक्स' उनको डेब्यु चलचित्र भए पनि उनी कुनै स्थापित नायिका भन्दा कम देखिन्नन्।
घमन्डरहित : एउटा सफल मोडल, भिजे तथा नायिकाका रूपमा स्थापित भैसके पनि अकेशामा एक प्रतिशत पनि घमण्ड छैन।
सहजता : म्युजिक भिडियोमा होस् अथवा चलचित्रमा, उनीसँग काम गर्न सहज छ। निर्देशकले छुटाइरहेको विषयमा समेत उनी आफैं सचेत भएर अघि बढ्ने प्रयास गर्छिन्
खराब बाइट्स
रिसाहा : अकेशालाई हत्तपत्त रिस उठ्दैन तर रिसाइन् भने झनक्क रिसाउँछिन्। यद्यपि झनक्क रिसाए पनि रिसलाई तुरुन्तै नियन्त्रण गर्ने क्षमता पनि छ।
भावनात्मक : उनी आवश्यकताभन्दा बढी नै भाबुक छिन्। भावनामा बगेर आफैंलाई समेत हानिसमेत पुर्याइरहेकी हुन्छिन्।
समय व्यवस्थापन : उनलाई मेकअप गर्न र डे्रस परिवर्तन गर्न धेरै समय लाग्छ। सट रेडी भैसकेको हुन्छ तर उनी तयार भैसकेकी हुन्नन्।
गायन : अकेशालाई आफू राम्रो गाउँछु भन्ने ठूलो भ्रम छ तर उनले गीत गाउँदा स्राेतालाई कस्तो टर्चर भैरहेको हुन्छ भन्ने कुरामा ध्यान दिन्नन्।
बिन्दास : उनी जीवनलाई गम्भिरतापूर्वक लिन्नन्। जीवनमा कहिलेकाहीँं गम्भीर पनि हुनुपर्छ भन्ने कुरा उनले सिक्नै पर्छ।