यतिबेला बलिउडस्टारहरू अभिनयसँगै आफ्नो गायन क्षमता पनि प्रस्तुत गरिरहेका छन्। खासगरी केही नायिकाले आफू अभिनीत चलचित्रमा आफैंले गीत गाइसकेका छन्। आलिया भट्ट तथा श्रद्धा कपुर त्यसको उदाहरण हुन्। यसबीच अर्की एक नायिकाले भने आफूले गीत गाउन कहिल्यै नसक्ने कुरा बताएकी छिन्। भविश्यमा कुनै चलचित्रमा गीत गाउने सोचमा हुनुहुन्छ कि ? भन्ने एक प्रश्नमा नायिका सोनम कपुरले भनेकी छिन्- 'तपाईंहरू पागल हुनुहुन्छ, चलचित्रमा गाउने त परै छाडौं, म बाथरुम सिंगरमा समेत फिट हुन्नँ, म यो जीवनमा कहिल्यै गीत गाउन सक्नेछैन।' आलियाले चलचित्र हाइवे र श्रद्धा कपुरले एक भिलेनमा आफ्नो गायकी प्रस्तुत गरेका थिए। दुवै नायिकाको स्वर निकै मन पराइएको छ। नायिका प्रियंका चोपडाले त गायनबाटै विश्वभर नाम कमाइसकेकी छिन्।