हलिउड नायिका सलमा हायक हालै एक पारिवारिक जमघटमा स्टाइलिस्ट लुक्समा देखा परिन्। सिल्की ह्वाइट सर्ट, लुज ग्रे ट्राउजर तथा पिप टो हिलका साथ उनी एउटा डिनरमा देखा परेकी थिइन्। स्मोकी ब्राउन आइस्याडो र रेड लिपिस्टिकमा उनी निकै सुन्दर देखिएकी बताइन्छ। उक्त पार्टीमा सलमाका श्रीमान् फ्रेन्काइस हेनरी भने देखिएनन्। त्यो आफैंमा अनौठो पक्ष थियो। सलमा यतिबेला आफ्नो प्रदर्शोन्मुख चलचित्रको प्रवर्द्धनपूर्वको समय परिवारलाई दिइरहेकी छिन्। खासगरी आमा डायना र भाइ समीसँग समय बिताउन तथा पुस्तक अध्ययन गर्न पाउँदा आफूलाई पर्याप्त खुसी मिलेको हायकले बताएकी छिन्।