साप्ताहिक संवाददाता
रिमा विश्वकर्मा, नायिका
काखमा सानी छोरी बोकेर खेतको आली हँुदै वालिङ बजारबाट घर जाँदा बाटोमा लडें। काखकी छोरी पनि फुत्किएर पर खेतमा पुगिछे। म पानीमा निथ्रुक्क भिजें। खेतको हिलोले लुगा पनि हिलाम्मे भयो, पछि-पछि आइरहेका मेरा आफन्तले उठाउने प्रयास गरे, तर उनी पनि चिप्लिएर मै माथी पछारिन पुगे, अप्ठ्यारोमा मद्दत गर्न आएको मान्छे पछारिदा भनें धेरै हाँसियो।
कला पंगेनी, लोकदोहोरी गायिका
आबुई, किन नलड्नु नि, दुई-तीन पटक लडेको छु, तर एकपटकचाहिँ बाइक चिप्लिएर हिलोमा लडियो, त्यतिबेला आफू पूरै हिलो-हिलो भएर लाजका कारण अरू कसैको रियाक्सन हेर्न सकिनँ। हतार-हतार बाइक उचालेर कसैलाई नहेरी कुदिहालें।
निकेश खड्का, निर्देशक/भिजे
करिब पाँच वर्षअघि हामी चार जना बूढानीलकण्ठ घुम्न निस्कियौं र त्यहाँबाट शिवपुरीतर्फ लाग्यौं। माथि पुगेर नेपाली सेनाका एक जना दाइसँग यो बाटोबाट कहाँ पुगिन्छ भनेर सोध्यौं। उहाँले नुवाकोट भन्नुभयो, अनि हामी नुवाकोट जाने भनेर हिड्यौं। कच्ची बाटो जंगलबीचमा पुगेपछि मुसलधारे पानी पर्यो अनि हामी निथ्रुक्क भिज्यौं। बाटोमा पूरै हिलो थियो, १ पाइला हिँड्यो कि लड्यो। यो क्रम हुँदै जाँदा करिब १ घण्टामा एउटा डाँडामा त पुगियो, तर हाम्रो स्वरूप नै बदलिएको थियो। शिरदेखि पाउसम्म हिलै-हिलो, कसैले पनि चिन्न नसक्ने।
विपिन किरण, गीतकार
चार कक्षामा पढ्दा, स्कुलको फङ्सनका लागि डान्स गर्न एक्साइटेड भएर जान लागेको थिएँ, स्कुलकै ग्राउन्डमा नराम्रोसँग लडें, सबै जना अगाडि थिए, त्यसपछि के चाहियो र ? अनि नाच्न पाइएन भनेर रुँदै घर फर्किएँ।
नम्रता सापकोटा, नायिका
कुन हिलो ? माटोको हिलोमा दुई पटक चिप्लिएको छु, तर मानसिक हिलोमा चाहिँ धेरै पटक पछारिएँ, धेरैलाई विश्वास गरें तर जहाँ पनि विश्वासघात, पटक-पटक चिप्लिएको छु।
प्रसन्न पौडेल, निर्देशक
किन नलड्नु ? मज्जाले लडिएको छ। त्यो दिन मेरो स्वीट हिल सुज अनि त्यो हिलो... आहा..... हिलसुजका साथमा गजबसँग लड्दा असली मज्जा आएको थियो।
सञ्जना श्रेष्ठ, गायिका
कति लडियो कति ? हामी नेपालीको जिन्दगी सधैं संघर्षको बाटो, सधैं चिल्लो सडक कहाँ भेटिन्छ र ? धेरैजसो बाटो आखिर हिलाम्यै त छ नि।
सामवेद (रामकृष्ण त्रिपाठी), संगीतकार