कलेज स्तरका युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि एवं क्षमता उजागर गर्दै उनीहरूलाई जिम्मेवार व्यक्तिका रूपमा अघि बढ्न सहयोग गर्ने हेतुले सञ्चालित 'मिस ई-कलेज-२०१४' को फाइनल आज सम्पन्न हुँदैछ। पाँचौं संस्करणको यो प्रतियोगितामा २५ जनाको सहभागिता छ। सिजन मिडियाको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिताअन्तर्गतको मिस ट्यालेन्ट अवार्डका लागि गएको साता प्रतिस्पर्धा भएको थियो, जसमा अधिकांश सहभागीले नृत्य प्रतिभा प्रस्तुत गरे। उक्त अवसरमा केहीले गायन एवं वक्तृत्व प्रतिभा प्रस्तुत गरे भने संगीता कार्कीर्ले अभिनय कला देखिाएकी थिइन्। प्रतियोगितामा मिस ई-कलेज उपाधि विजेता बाहेक अन्य १६ विधाका विजेता पनि चयन गरिने बताइएको छ।