साप्ताहिक संवाददाता
- छवि ओझा, चलचित्र निर्माता
दुई वर्षपछि मोरङको आफ्नो घरमा सबै आफन्त तथा नातागोताका साथ दसैं मनाउन पाउँदा साह्रै रमाइलो भयो । काठमाडौं बस्ने बानी परेछ कि कुन्नि ? यता साह्रै गर्मी महसुस भयो, त्यसमा चाहिँ हल्का नरमाइलो लाग्यो ।
- सिर्जना सुब्बा, रंगकर्मी
काठमाडौंका सडकहरू खाली देख्दा रमाइलो लाग्यो, त्यसमाथि मौसम पनि राम्रो भएकोमा मनै प्रसन्न भयो । मलाई निर्दोष पशुको बलि मन पर्दैन, त्यसैले मैले यसपटक मासु खाइनँ । त्यही नै नरमाइलो भयो ।
- अर्चना डेलाला, नायिका
यसपालिको दसैंमा घरभन्दा धेरै टाढा बेल्जियममा बस्नुपर्यो । घरको सम्झना आइरह्यो । त्योचाहिँ नरमाइलो थियो भने युरोपका सहरहरूमा चलचित्रको छायांकन भैरहेकाले घुमघाममा निकै रमाइलो भयो ।
- प्रदीपकुमार उदय, निर्माता/वितरक
अष्टमीकै दिन कार्यक्रमका लागि कतार पुगें । यता कार्यक्रमहरू प्रस्तुत गरियो । कतार फेरि एकपटक घुमियो । अग्रज कलाकारहरूबाट टीका लगाउन पाउँदा रमाइलो लाग्यो । मामाघर तथा घरको टीका जीवनमै पहिलो पटक लगाउन पाइएन, त्योचाहिँ नरमाइलो भयो ।
- निष्मा घिमिरे, नायिका
पारिवारिक जमघट तथा मीठा परिकारका साथ जमेर तास खेल्न पाउँदा निकै रमाइलो भयो, तर काठमाडौं सुनसान भयो । साथीभाइहरूसँग केही दिन सम्पर्कविहीन भइयो । त्योचाहिँ नरमाइलो लाग्दो रहेछ ।
- अमित पोखरेल, मोडल/नायक