साप्ताहिक संवाददाता
बेलायती मिडियालाई हालै दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, 'मलाई सार्वजनिक स्थानमा राजपरिवारका सदस्यलाई शारीरिक रूपमा छुनु हुन्न भन्ने कुरा थाहा थिएन, पछिसम्म पनि धेरैले भने, धन्न बच्यौं ।' उनी यसलाई आफ्नो प्रशिक्षक जीवनको बिर्सन नसकिन घटना मान्छन् । फुटबल प्रशिक्षक कन्सटाइनटिनले नेपाल छाडे पनि विश्वका चारै कुनाको भ्रमण गर्न भ्याएका छन् ।
उनी यस्ता एक्ला बेलायती हुन्, जसले फरक-फरक पाँच मुलुकका राष्ट्रिय टिम सम्हालेका छन् । सन् १९९९ मा पहिलो पल्ट काठमाडौं आउँदा उनको सुरुवाती तलब थियो, ३ हजार डलर प्रतिमहिना । अहिले ५१ वर्ष पुगेका कन्स्टाइनटिनले एक पल्ट अभ्यास खेलमा चेल्सीविरुद्ध ह्याटि्रक गरेका थिए । मिलवालका लागि खेल्दै उनले २ गोल पनि गरे । यद्यपि उनको खेल जीवन कहिल्यै माथि चढ्न सकेन् ।
सुरुमा उनी फरवार्ड थिए, पछि गोलरक्षक पनि भए । साइप्रसबाट खेल्ने प्रस्ताव पनि आएको थियो, तर केही उपलब्धि भएन् । इङ्लिस आइरिस बुबा तथा साइप्रसकी आमाबाट जन्मिएका कन्स्टाइनटिनले सम्हालेको पहिलो राष्ट्रिय टिम नेपाल नै थियो । त्यसपछि उनी भारततर्फ लागे । उनको नेतृत्वमा भारतले त्यति बेला ४२ वर्षको अन्तरालमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो, एलजीकप ।
फाइनलमा भारतले त्यति बेला भियतनामलाई हराएको थियो । उपाधि जितेर र्फकने क्रममा कोलकातामा कन्स्टाइनटिन र उनको भारतीय टिमको स्वागत गर्न विमानस्थलमा १० हजारभन्दा बढी समर्थकको उपस्थिति थियो । उनको यात्रा यत्तिमै रोकिएन, उनी अफ्रिकी देश मलावीका प्रशिक्षक भए, पछि उनले सुडानी टिम पनि सम्हाले । कन्स्टाइनटिन अहिले भने रवान्डा टिमका प्रशिक्षक छन् ।
उनकै नेतृत्वमा टिमले अफ्रिकी कप अफ नेसन्सको छनोट खेलेको थियो । अहिले रवान्डा अफ्रिकाको एक उदियमान फुटबल शक्ति भएको छ र यात्रा कन्स्टाइनटिनको विश्वास छ, यसले आउने केही वर्षमा राम्रो प्रगति गर्नेछ । कन्स्टाइनटिन रवान्डामा खुबै लोकपि्रय छन् । उनले भनेका छन्, 'नेपालबाट सुरु भएको यात्रा अहिलेसम्म रोकिएको छैन र यो अविश्वसनीय अनि गजबको पनि छ ।'