साप्ताहिक संवाददाता
- अभिषेक सापकोटा
दाजु-भाइको आशीर्वाद लिन पाउँदा खुसी लाग्छ । यही पक्ष रमाइलो लाग्छ ।
- सिर्जना श्रेष्ठ
परिकार खाइरहेकै हो, झिलीमिली मनपर्छ ।
- मनु चालिसे/निमेष घिमिरे/किशोर मोक्तान/श्याम शाही/शान्ति भाम/टेकनाथ बास्तोला/कृष्ण निरौला
तिहारको झिलीमिली हेर्दा स्वर्ग पुगेजस्तो लाग्छ । त्यस्तो झिलीमिलीका लागि मेरो मन सधैं आतुर रहन्छ ।
- मुनाकुमार दास, पर्सा
तिहारको सबैभन्दा रमाइलो पक्ष झिलीमिली हो ।
- अजय 'प्रेमी' लहान
दुवै कुरा रमाइलो, साथमा देउसी-भैलोको रमाइलो त छँदैछ ।
- रोहित जैसवाल
झिलीमिली नै रमाइलो लाग्छ । तिहारको झिलीमिली देखेर भोक पनि हराउँछ ।
- सुमन
झिलीमिली नै रमाइलो लाग्छ ।
- सन्दर्भ चौधरी,
यो त हात्ती बलियो कि हात्तीछाप बलियो भनेझैं भयो ।
- रबिन
झिलीमिली नै सबैभन्दा रमाइलो लाग्छ । खानेकुरा त जुनसुकै बेला पनि बनाउन सकिन्छ, तिहारको झिलीमिली वर्षमा एकपटक मात्र आउँछ ।
- अनिता राई
तिहारको सबैभन्दा रमाइलो पक्ष नै झिलीमिली हो ।
- सान्भाई
मीठा परिकार र झिलीमिली दुवै तिहारका अभिन्न अंग हुन् । यी दुवै नभएसम्म तिहार कहाँ तिहार हुन्छ र ?
- प्रकट
झिलीमिली नै तिहारको रमाइलो पक्ष हो । मीठो परीकार खान त तिहार नै कुर्नुपर्दैन ।
- आदित्य
विद्युत् प्राधिकरण्ाले निभाउँदै बाल्ने झिलीमिली बत्ती, प्रहरीले नसुन्ने गरी पड्किने प्रतिबन्धित पटाका, अखाद्य मिठाई-सबै तिहारका रमाइला पाटा हुन् ।
- रोशन अधिकारी
मीठो परिकार, झिलीमिली र देउसीभैलो नै तिहारका रमाइला पक्ष हुन् ।
- गोर्खे
पुजा कोठामा बलिरहने दियो, घरमा चम्किने बत्ती अनि घर वरीपरी बलिरहेको मैनबत्तीले तिहारको रौनक नै बेग्लै बनाउँछ नि ।
- नवजीवन/सुशान्त
मेरा लागि दुवै रमाइला । झिलीमिलीले मात्र पनि रमाइलो हुँदैन भने मीठो परिकारले मात्र पनि पुग्दैन ।
- केशब
मेरा लागि तिहारको सबैभन्दा रमाइलो पक्ष देउसी र भैलो हो ।
- अजय ढुंगाना
हात्ती बलियो कि हात्ती छाप चप्पल भने जस्तै पो लाग्यो त ।
- ढाकाटोपी
मीठो त सधैँ खाइएकै छ । त्यसैले तिहारमा झिलीमिली नै रमाइलो ।
- नारायण
झिलीमिली रमाइलो अनि दिदी-बहिनीको हातको टीका र आशीर्वाद ।
- दारीको नाती
मीठो परिकार नै भन्नु उचित होला, किनभने लोडसेडिङले गर्दा झिलीमिली नै कहाँ देख्न पाइएला र ?
- सन्तोष लम्साल
तिहारमा झिलीमिलीबिनाको परिकार अनि परिकारबिनाको झिलीमिली दुवै अपूण्र हुन्छन् ।
- मन्दिरा राई
मीठो परिकार त बजारमा सधँैजसो पाइन्छ, तर तिहारको झिलीमिली वर्षमा एकपटक मात्र आउँछ र साँच्चिकै रमाइलो हुन्छ ।
- रवि नेपाल
देउसी-भैलो अनि सेलरोटी तिहारका रमाइला पक्ष्ा हुन् ।
- स्वस्तिक
तिहारको विशेषता भनेकै झिलीमिली हो । मीठो परिकार त अरू बेला नि खाईहालिन्छ नि !
- शर्मिला घिमिरे
मलाई त झिलीमिली रमाइलो लाग्छ । आखिर मीठो परिकार त खाइरहेकै त हो नि ।
- रमेश अर्पण थामी
तिहारको रौनक झिलीमिलीमै छ ।
- आशिक दुर्लभ
परिकारका लागि तिहार पर्खनुपर्ने बाध्यता नभएकाले झिलीमिली नै रोजियो । अरू बेला नदेखिने बिजुलीमैयाँको दर्शन पाइन्छ नि त ।
- संघर्ष क्षेत्री
तिहार भनेकै झिलीमिली चाड हो । मीठो परीकार त दसैंमा खाइन्छ नि ।
- परशुराम पन्थि
दुवै मनपर्छ । तिहारमा मीठो परिकार र झिलीमिली नहुनु भनेको नुनबिनाको तरकारी जस्तै हो ।
- टेक आरसी/अर्मन श्रेष्ठ/किरण
मीठो परिकार र झिलीमिली दुवै मन पर्छ ।
- लोडसेडिङ
झिलीमिली नै रमाइलो लाग्छ ।
- प्रस्ताव भण्डारी/सुजु सुवेदी
झिलीमिली र मीठो परिकारले भन्दा पनि साथीभाइसँगको भेटघाट, देउसी-भैलो तथा घरमा दिदी-बहिनीसँगको भेटघाटले तिहारलाई रमाइलो बनाउँछ ।
- रविन ढकाल
तिहारमा साँझको दियो, मिठाइको गुलियो, भैलिनी गीत, दिदी-बहिनीको प्रीत सबै रमाइलो हुन्छ ।
- सागर
तिहारको झिलीमिलीका साथै पटाका पड्काएको मन पर्छ ।
- कमल आचार्य
तास र रक्सी भए पुग्छ ।
- महेन्द्र थकाली
मीठा परिकार त सधैं पाक्छन् नि । झिलीमिली त तिहारको विशेषता नै हो । तिहार नआई झिलीमिली बत्ती कहाँ बाल्न पाउनु ?
- मुकेश वस्ती
परिकार त सधैं खाइन्छ तर झिलीमिलीचाहिँ तिहारमै मात्र देख्न पाइन्छ । त्यसैले मलाई झिलीमिली नै रमाइलो लाग्छ ।
- सोनिया थापा, प्रिन्स तामाङ
मीठो परिकार, झिलीमिली, जुवातास अनि रक्सी सबै तिहारको रमाइलो ।
- पुजन किराँती
मीठा परिकार र झिलीमिली दुवै रमाइलो नि, बरु यसमा एउटा कुरा थप्न मन लाग्यो- तास ।
- सन्दिप कार्की
झिलीमिलीले तिहारको रौनक बढाइदिन्छ । त्यसैले झिलीमिली नै मनपर्छ ।
- दीपक विष्ट/कञ्चन अमात्य/प्रकाश श्रेष्ठ/रोशन गिरी/दिनेश क्षेत्री/रेशमी अन्जान/सिमरन राई/विजय थापा/मिराज चौधरी/सुनिता केसी
राति झिलीमिली, दिउँसो मीठा परिकार ।
- भीषण गोपाली
दुवै मन पर्छन् ।
विवेक मिश्र/जीवन सुनुवार/विष्णु गिरी/सुदीप विश्व/विश्वास राई/कपिल राई/आकाश अधिकारी हुँदा र पाउँदा दुवै रमाइलो नि ।
- दिलु आले
झिलीमिली र साथीभाइसँगको साथ रमाइलो ।
- एम पन्थ
मीठो त सधैंजसो नै खाइन्छ तर रमझम, झिलीमिली तथा देउसी-भैलोको रमाइलो सधैं कहाँ पाइन्छ ?
- सन्तोष काफ्ले
दुवै गलत । तिहार दिदी-भाइको नातालाई अझ कसिलो बनाउने पर्व होे ।
- थगेन्द्र श्रेष्ठ
मलाई त अब यी चाडपर्वहरू रमाइला लाग्न छाडे ।
- आशिक दुर्लभ
परदेशीलाई के-को तिहार, के-को झिलीमिली ?
- रमेश राई
दिदी-भाइबीचको स्नेह तिहारको सर्वाधिक रमाइलो पक्ष हो ।
- नरेन गौतम
मीठा परिकार नै रमाइलो । लोडसेडिङ भैरहने देशमा के-को झिलीमिली ?
- आशिष घिमिरे
झिलीमिली र धुपको मीठो सुगन्ध मनपर्छ ।
- राजु श्रेष्ठ
झिलीमिली । किनभने तिहारको झिलीमिलीमा अरू बेलाको भन्दा बेग्लै रमाइलो हुन्छ ।
- टीका मगर
मीठा परिकार बनाएर दिने दिदी-बहिनी नभएपछि झिलीमिली मात्रले कहाँ रमाइलो दिन्छ ?
- देउसी-भैलो
मलाई त ती दुवैभन्दा देउसी-भैलो नै रमाइलो लाग्छ ।
- बसन्त विवस आचार्य
परिकारभन्दा झिलीमिली नै रमाइलो । अझ हामी जस्ता लोडसेडिङ पीडित त सधैं यस्तै तिहारको प्रतीक्ष्ाामा हुन्छौं ।
- माला
तिहारमा झिलीमिलीको रमाइलो भए पुग्छ ।
- दिल चौधरी
झिलीमिली ।
- सरोज कोइराला
खास दुवैमा धेरै भिन्नता छैन, तैपनि एउटा मात्र भन्नुपर्दा झिलीमिली नै केही हदसम्म बढी रमाइलो हुन्छ ।
- सन्तोष सिम्खडा
मीठा परिकार खाँदै झिलीमिलीमा रमाउन मन लाग्छ । पटाका पड्काउँदै देउसी खेल्न अझ रमाइलो हुन्छ, तर सधैं त्यस्तो अवसर कहाँ पाइन्छ र ?
- नवराज बस्नेत
झिलीमिली र सप्तरंगी टीका ।
- सन्देश मानन्धर
लक्ष्मीमातालाई भन्दा धेरै धूपबत्ती विद्युत् प्राधीकरण्ालाई गर्नुपर्छ । परिकार मीठो बनाउन खोज्यो सामानजतिमा विषादी र मिसावट पाइन्छ । कसरी मीठा परिकार बनाउनु ? कसरी रमाउनु ?
- अर्चना बस्नेत
अलिअलि परिकार, त्योभन्दा बढी रमाइलो झिलीमिली ।
- हर्टेड हार्ट
मलाई त दुवै रमाइलो लाग्छ । बल्ल-बल्ल वर्ष दिनमा आउने चाड न हो ।
- महेश दाहाल
मलाई त परिकार मनपर्छ ।
- रिद्धि पौडेल
देउसी अनि सेलरोटी मनपर्छ ।
- प्रितम श्रेष्ठ
तिहारको मुख्य रौनक झिलीमिलीमै छ ।
- सरु गाहा मगर
अवश्य पनि झिलीमिली नै हो, किनभने मीठो परिकार त अरू बेला पनि खान सकिन्छ तर झिलीमिली सधैं बाल्न सकिँदैन ।
- अनिता गुरुङ
तिहारको रमाइलो झिलीमिली नै हो ।
- सुरज दराई
तिहारमा झिलीमिली र देउसीभैलो रमाइलो ।
- सागर खनाल
तिहारको रमाइलो मीठा परिकार र झिलीमिली दुवैमा हुन्छ । किनभने यी दुवै एक-अर्काको परिपूरकजस्तै हुन् ।
- सचिन बराल
आहा ! झिलीमिली बत्तीले सजिएको त्यो घर, अनि रातिको समयमा दिपावली, रंगिबिरंगी बत्तीहरू यही त हो तिहारको रमाइलो ।
- निराजन ढकाल
तिहारमा यी दुवै महत्त्वपूर्ण छन् ।
- नभ्य कार्की
तिहारमा मीठा परिकार खाएर साथी भाइसँग रमाइलो गर्दै झिलीमिलीमा रमाउनुको जस्तो मज्जा अरू चाडमा कहाँ पाइन्छ र ?
- सोझो केटा
दुवै रमाइलो नि, तर झिलीमिलीले नै हो तिहारको रमाइलो आकाशमा चार चाँद लगाउने ।
- रवि अर्याल
तिहारको रमाइलो झिलीमिली मै हुन्छु । किनभने मीठा परिकार जुनसुकै समयमा खान सकिन्छ, तर तिहारको झिलीमिलीजस्तो मनमोहक दृश्य अरू बेला हेर्न पाइँदैन ।
- आकृति उपाध्याय
मीठो परीकारभन्दा झिलीमिली राम्रो लाग्छ । गाउँटोल सबै झलमल्ल हुन्छ । राति पनि दिउँसोजस्तै उज्यालो हुन्छ । जता हेर्यो त्यतै रमाइलो ।
- एस चालिसे
मीठा परिकार त प्राय: खाइहालिन्छ नि, तर घरमा सधैं झिलीमिली बत्ती बालेर बसिँदैन । त्यही भएर झिलीमिली बत्ती नै रमाइलो लाग्छ मलाई त ।
- राम कँडेल
तिहारमा झिलीमिलीले घर राम्रो हुने भएकाले झिलीमिली नै रमाईलो लाग्छ ।
- अर्जुन खड्का
झिलीमिलीसँगै मुखै पोल्ने तातो रोटी अनि देउसी भैलोको मज्जै बेग्लै हुन्छ ।
- ठूले
खानाको सौखिन भएकाले मेरो मन त परिकार मै जान्छ । यो नै मेरा लागी तिहारको रमाइलो पक्ष हो ।
- लोकेन शाहि
तिहारको रमाइलोका लागि मीठा परिकार र झिलीमिली दुवै हुनुपर्छ । यी दुईमध्ये कुनै एउटा भएन भने नुन नहालेको तरकारीजस्तै हुन्छ तिहार ।
- सुकु खनाल
मीठा परिकारहरू त जुनसुकै बेला पनि खान मिल्छ । तर, तिहारको जस्तो झिलीमिली अरू बेला पाइँदैन । त्यही भएर त मलाई झिलीमिली नै रमाइलो लाग्छ ।
- सरु
दुवैको महत्व बराबर नै छ नि । मीठो परिकार अनि झिलीमिली एउटै सिक्काका दुई पाटा हुन् ।
- सुबास दवाडी
नेपालमा झिलीमिली मन नपराउने को होला र ? यहाँ सधँै लोडसेडिङ जो हुन्छ ।
- प्रज्ज्वलराज पाण्डे