साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरू सहभागी हुन सक्नेछन् । राजधानी तथा राजधानीबाहिर अडिसन सञ्चालन गरी अन्तिम स्पर्धाका लागि ४५ जना चयन गरिने मिस नर्स नेपालमा सहभागिताका लागि इच्छुक युवती नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत, आवेदन दिने मितिसम्म २६ वर्ष ननाघेको तथा उचाइ कम्तीमा ५ फिट हुनुपर्नेछ । सहभागिताका लागि आवेदन फारम ३ मंसिरसम्म वितरण हुने र अडिसन ६ मंसिरमा प्रारम्भ हुने बताइएको छ ।
यो प्रतियोगिताको प्रशिक्षण अवधिमा प्रतियोगिले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तीकरण, सञ्चारकलाजस्ता विषयमा तालिम प्राप्त गर्नेछन् भने अन्तिम स्पर्धाबाट मुख्य तीन उपाधिसहित विभिन्न विधामा सहभागीहरूलाई पुरस्कृत गरिनेछ ।