साप्ताहिक संवाददाता
- अमृत चन्द्रवंशी
दिँदा राम्रो । नदिए पनि केही भन्नु छैन ।
- सन्तोष सिम्खडा
मलाई चाहिँ दिनु हुँदैन जस्तो लाग्छ ।
- मिसन
गुन्डागर्दीले मान्यता पाएको हाम्रो देशमा देहव्यापारलाई मान्यता दिन के गार्हो ?
- परिवेश सुब्बा
दिनुपर्छ, यसले गर्दा बलात्कारका घटना अलि कम हुन्छन् कि ? हेर्ने हो भने यो व्यापार आज मात्र नभै करोडांै वर्षदेखि चलिआएको छ, न यसलाई रोक्न सकिन्छ न त छेक्न नै ।
- नन्द गुरुङ
समाजमा विकृति सृजना गर्ने यस्ता घिनलाग्दा कानुन ल्याउनु हुँदैन ।
- बाबु ढकाल
निश्चित क्षेत्रभित्र मात्र सीमित हुने गरी दियो भने सबैलाई फाइदा हुन्छ ।
- टेकनाथ बास्तोला
समयअनुसार चल्नुपर्छ । मान्यता दिनुपर्छ तर समय र सीमा तोकेर मात्र ।
- दामोदर क्षेत्री
रोजगारी दिन नसक्ने मुलुकले देहव्यापारलाई कानुनी मान्यता नदिएर कहाँ सुख पाइन्छ ? व्यवस्थापन भने राम्रो हुनुपर्छ ।
- प्रशान्त भट्टराई
मान्यता दिनुपर्छ, जथाभावी यौनसम्पर्क गर्ने क्रम रोकिन्छ । एचआइभी, एड्स नियन्त्रणमा पनि सहयोग पुग्छ ।
- बलभद्र जोशी
दिनु हुन्छ, अहिले पनि हजारौंको रोजगारी देहव्यापार नै छ, बरु कानुनी मान्यता दिए राजस्व पनि आउँछ, त्यसैले मापदण्ड बनाएर दिनुपर्छ ।
- अभिशेक सापकोटा
नेपालमा राम्रो काम त ढंगसँग गर्दैनन् अनि यस्तो कामचाहिँ कसरी व्यवस्थित रूपमा अघि बढाउलान् ?
- पंकज काफ्ले
कानुनी प्रक्रिया पुर्याएर दिँदा हुन्छ ।
- सन्तोष सापकोटा
मेहनत गरेर अर्को पेसा अपनाए पनि त हुन्छ नि । किन त्यही पेसामा लाग्ने ?
- अरुण ढकाल
मान्यता दियो भने देशकै बदनाम हुन्छ ।
- सन्तोष पौडेल
मान्यता दिए हुन्छ । अहिले पनि हजारौंको रोजगारी देह-व्यापार नै छ । बरु कानुनी मान्यता दिए राजस्व पनि आउँछ ।
- अभिषेक सापकोटा
यहाँ कानुन बनाउनेहरू नै कानुन उल्लंघन गर्छन् । पहिले कानुन बलियो बनाआंै, जसले यो पेसालाई व्यवस्थित एवं मर्यादित गर्न सकोस् अनि त्यसपछि मान्यता दिँदा हुन्छ ।
- केसी चोभारे