साप्ताहिक संवाददाता
अहिले केमा व्यस्त हुनुहुन्छ ?
मुख्यतः क्रिकेटको क्लोज क्याम्पमा मेरो बढी समय बितिरहेको छ । काठमाडौं क्रिकेट क्लबमा प्रशिक्षकद्वय मन्जुर आलम खान र ज्ञानेन्द्र मल्लसँग क्रिकेट तालिम लिइरहेको छु । म प्लस टुसम्म क्रिकेटको निकै राम्रो खेलाडी थिएँ । स्थानीय स्तरका टर्ुनामेन्टहरूमा लगातार राम्रो खेलाडीका रूपमा पुरस्कृत भैरहन्थें । स्नातक तह अध्ययन गर्न काठमाडौं आएपछि मोडलिङका लागि अफर आउन थाल्यो । २५ वटा म्युजिक भिडियो गरें । त्यसैले क्रिकेटलाई समय दिन सकिनँ । संयोगवश राष्ट्रिय क्रिकेटका खेलाडी ज्ञानेन्द्र मल्लले मेरो खेल हेर्र्नुभयो र मलाई क्रिकेटमै लाग्न सल्लाह दिनुभएकाले बढी समय यसमै दिन थालेको हुँ ।
त्यसो भए मोडलिङ छाड्नुहुन्छ ?
क्लोज क्याम्पमा छिर्नुअघि थप केही म्युजिक भिडियोमा काम गर्न अफर आएका थिए । ती काम सक्छु । क्रिकेटमा बिहान र साँझ बढी समय दिनुपर्ने र सातामा एक दिन छुट्टी हुने भएकाले पनि म्युजिक भिडियोका कामहरू भ्याइरहेको छु । मोडलिङका अन्य काम भने गर्न नसकेर छाडिदिएको हुँ । क्रिकेट र मोडलिङ दुवै निश्चित समयसम्म मात्र गर्न सकिन्छ । त्यसैले यी दुवै कामलाई सकेसम्म बढी समय दिने गरेको छु । मोडलिङ र क्रिकेट दुवै मेरा लागि उत्तिकै महत्त्वपूर्ण छन् ।
भविष्यमा के गर्नुहुन्छ ?
क्रिकेट र मोडलिङ जीवनभर काम लाग्दैनन् । यी दुवै क्षेत्र जीवन बुझ्ने र जीवन स्वस्थ्य बनाउने महत्त्वपूर्ण माध्यम हुन् । यति हुँदाहुँदै पनि केही अपवादबाहेक यी दुवै क्षेत्रले सोचेजस्तो जीवन बिताउन सहयोग गरेको देखिँदैन । त्यसैले ९ जना युवा साथी मिलेर काठमाडौं उपत्यकाभरि स?साना चेन डिपार्टमेन्टल स्टोर तथा होटल खोलेका छौं । त्यसैलाई विस्तार गर्ने योजना छ ।