साप्ताहिक संवाददाता
मंसिर १२, २०७१
जापान बस्दै आएका कलाकार कविराज लामाको एकल चित्रकला प्रदर्शनी 'फ्रम टोकियो टु काठमाडौं' आइतबारदेखि बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भैरहेको छ । लिथाग्राफी तथा प्रिन्टकलाका दक्ष कलाकार लामाले जापानको टोकियोदेखि काठमाडौंसम्मको परिवेशलाई प्रिन्टकलाका माध्यमबाट प्रदर्शनीमा उतारेका छन् । प्रदर्शनी मंसिर २९ गतेसम्म चल्नेछ । प्रतिक्रिया