बालबालिकाले समाज र वरिपरिको वातावरणलाई कसरी हेर्छन् ? उनीहरूको बाल मस्तिष्कले समाजलाई कसरी चित्रण गरिरहेको हुन्छ ? कलामार्फत उनीहरूको मनोभाव बुझ्न सुशीला आर्टस एकेडेमीले काठमाडौं, धरान, भक्तपुर तथा पोखराका बालबालिकाहरूले सिर्जना गरेका चित्रहरू प्रदर्शन गरिरहेको छ । पुल्चोकस्थित आर्टिस्ट प्रुफ ग्यालरीमा जारी प्रदर्शनीमा बाल कलाकारहरूले वातावरण, धार्मिक सम्पदा, हराउँदै गएको हरियाली, शान्तिको खोजी, संस्कृति आदिलाई समेटेका छन् । 'योंग आइज अफ नेपाल' शिर्षकको उक्त प्रदर्शनीमा ३० वटा सिर्जना सजाइएका छन् ।