साप्ताहिक संवाददाता
मंसिर २६, २०७१
पोखराको चिप्लेढुंगा, मानव अधिकार चोक क्षेत्रको सडक संगीतमय हुँदा हजारौं दर्शकले साथ दिएका थिए । कोही गायक श्रेष्ठसँगै स्वरमा स्वर मिलाउँदै थिए भने कोही सडकमै नाच्न व्यस्त थिए । 'डि-मोर्चा'को लाइभ कन्सर्टमा लक्ष्य समूहको फिचरिङ थियो । अपराह्न ५ बजे प्रारम्भ भएको उक्त कार्यक्रम करिब ३ घण्टा चलेको थियो । कार्यक्रममा लिटिल लनर्स मल्टेश्वरीका बालबालिकाले ट्राफिक सचेतनामूलक प्रस्तुतिसमेत दिएका थिए भने पोखरा-१३, भद्रकालीस्थित बालगोपाल भजन कीर्तन समितिद्वारा लाखे नृत्य प्रस्तुत गरिएको थियो ।