साप्ताहिक संवाददाता
- नरेश भट्टराई, सञ्चारकर्मी
तातो कुरा खाने, बाक्लो लुगा लगाउने अति नै जाडो भए खुकुरी रममा तातो पानी र मह हालेर खाने अनि सिरक भित्र पस्ने ।
- जुना प्रसाई, गायिका
जाडोमा शरीर तताउन श्रीमतीलाई सम्झिन्छु नि हौ ।
- गजित विष्ट, नायक
जाडोमा शरीर तताउन म त २ ग्लास पिइदिन्छु, त्यसपछि त
जाडो गायब ! दुई ग्लास तातो पानी नि, यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ ।
- शशि खड्का, नायिका
जाडोमा शरीर तताउन पिरो सुप खान्छु नि, तातो सुपले जाडो गायब हुन्छ ।
- नलिना चित्रकार, गायिका
जाडोका विरुद्धमा हामीले दैनिक तीन चरणको आन्दोलन गर्नुपर्छ । प्रत्येक दिन मर्निङ वाक, ध्यान योग तथा ब्याडमिन्टन खेलबाट सुरु गर्नाले जाडोको प्रभाव कमजोर हुन्छ । दिउँसो गरिने कर्मयोग र सूर्य दर्शनले जाडो घाइते हुन्छ । आन्दोलनको रात्रि चरणमा आगोसँग सहकार्य गर्नाले, सिरकसँग मित्रता गाँस्नाले तथा श्रीमान्-श्रीमती नजिक हुनाले जाडोले हामीसँग आत्मसमर्पण गर्छ । यद्यपि जाडोविरुद्ध जाँडलाई मैदानमा उतार्नु स्वास्थ्य र स्वास्नी दुवैका लागि हानिकारक छ ।
- मनोज गजुरेल, हास्यकलाकार
जाडोमा शरीर तताउन बिहान सिरकसँग वार्ता गर्ने र बेलुका भोड्का र रमसँग सहमति गर्ने नीति अपनाइन्छ ।
- रोमा न्यौपाने, कलाकार
जाडोमा शरीर तताउन बेलुका हल्का चिरिप्प पार्दा बेस्ट होला कि, अब आगो ताप्ने हिटरबाट न्यानो अनुभूति गर्ने, टन्न लुगा लगाएर जाडो भगाउने कुरा त सबैले गरेकै हो नि ।
- शिव परियार, गायक
शरीर तताउने नीति नै अख्तियार गरिन्छ, घरमा हुँदा सिरक नीति र बाहिर हुँदा ज्याकेट नीति !
- खगेन्द्र लामिछाने, अभिनेता
जाडो हटाउन जाँड खाने गरेको छैन, घरमा भएजति लुगा सबै निकालेर लगाइन्छ । कसैले कत्ति धेरै लुगा लगाएको भन्यो भने तिम्रो बाउले किन्देको होइन भनेर जवाफ फर्काइन्छ ।
- जोर्डन राजभण्डारी, मोडल
म त जुन बेला जाडो लाग्न थाल्छ, त्यही बेला उफ्रिन थालिहाल्छु, यसले जाडोलाई पनि भगाउँछ अनि शारीरिक व्यायाम पनि हुन्छ ।
- पल्पसा डंगोल, हास्यकलाकार
बिहान चियाको, दिउँसो घामको, राति सिरक अनि हिटरको नि, ...त्यति पनि थाहा छैन तपाईंलाई ?
- उकेश दाहाल, निर्देशक
जाडोमा शरीर तताउने त थुप्रै आइडिया छन् नि, मज्जाले लुगा लगाउने, तातो पानी तथा चिया पिउने, अनि फटाफट हिँड्ने, जाडो गायब !
- आयुश्मा कार्की, नायिका