सिद्धार्थ आर्ट ग्यालरी, सिद्धार्थ आर्ट्स फाउन्डेसन तथा केसीएसीले क्रिसमस एवं इश्वी संवत्को नयाँ वर्षका अवसरमा कलासम्बन्धी आयोजना हुने कार्यक्रमहरूको तालिका प्रकाशन गरेको छ, जस अन्तर्गत मंसिर १४ गतेदेखि पुस १५ गतेसम्म कलाकार कविराज लामाद्वारा सिर्जना गरिएका प्रिन्टकलाको प्रदर्शनी 'टोकियो टु काठमाडौं' बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भैरहेको छ । यसैगरी उक्त ग्यालरीमै पुस १४ गते कलाकार युधिष्ठिर महर्जनसँग अन्तर्त्रिmया हुनेछ । अमेरिकी कलाकार जुलियन पार्करसँग फोटो कोलाजका बारेमा जारी आठदिने कार्यशालाको आज शुक्रबार पाटन म्युजियमस्थित काठमाडौं कन्टेम्पोररी आर्ट्स सेन्टरमा समापन गरिँदैछ । यसबीच गत मंसिर मसान्तमा सिद्धार्थ आर्ट ग्यालरीमा 'कलाजात्रा-२०१३' शीर्षकको वृत्तचित्रसमेत देखाइएको छ ।