साप्ताहिक संवाददाता
प्रतियोगितामा हंगरीका एडिना कुल्सर फस्ट रनर्सअप तथा अमेरिकाकी एलिजाबेथ साफ्रित सेकेन्ड रनर अप छनौट भएका थिए । प्रतियोगिताको अन्तिम पाँच सम्ममा अस्ट्रेलिया र बेलायत पुगेका थिए भने भारत, गुयाना, ब्राजिल, केन्या, मेक्सिको र थाइल्यान्डका सुन्दरीहरूले टप ११ सम्मको यात्रा तय गरेका थिए । प्रतियोगितामा अफ्रिकाबाट दक्षिण अफ्रिकाकी रोलिन स्ट्रस, अमेरिकाज्बाट संयुक्तराज्य अमेरिकाकी एलिजावेथ साफ्रित, एसियाबाट भारतकी कोयल राणा, क्यारिबियनबाट डोमेनिकन रिपब्लिककी धियो मोरेनो तथा एडिना कुल्सर युरोपबाट कन्टिनेन्टल क्विन घोषित थिए ।
यसैगरी मलेसियाकी डेवी लियाना सेरिष्ठाले ट्यालेन्ट, बोस्निया हर्जगोभिनाकी इसिडोरा बोरोभकानीनले टप मोडल, स्विडेनकी ओलिभिया अस्प्लन्डले बीच फेसन, अमेरिकाकी एलिजावेथ साफ्रितले मल्टिमिडिया अवार्ड, भारतकी कोयल राणाले वल्र्ड फेसन डिजाइनर डे्रस तथा थाइल्यान्डकी ननथावन थोङलेङले द पिपुल्स च्वाइस अवार्ड प्राप्त गरेका थिए । यसपटक ब्युटी विथ अ पपर्सको अवार्डमा भने ब्राजिल, भारत, गुयाना, इन्डोनेसिया तथा केन्याका सुन्दरीलाई विजेता घोषणा गरिएको थियो ।
मिस वल्र्ड-२०१४ मा नेपालका तर्फबाट मिस नेपाल-२०१४ सुविन लिम्बूको सहभागिता थियो । द पिपुल्स च्वाइस अवार्डमा टप टेन भित्र पर्नुबाहेक सुविनको मिस वल्र्ड-२०१४ को सहभागिता विशेष हुन सकेन । कार्यक्रममा मिस वल्र्ड भएको २० वर्ष पूरा भएको अवसरमा विशेष पुरस्कारबाट १९९४ की मिस वल्र्ड एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई सम्मान गरिएको थियो । ४१ वर्षीया भारतीय अभिनेत्री ऐश्वर्यालाई मिस वल्र्ड भए यता बालबालिकाको क्षेत्रमा परोपकारी कार्य गरे बापत उक्त सम्मान प्रदान गरिएको हो ।