साप्ताहिक संवाददाता
लोकप्रिय कलाकार, ठूला ब्यानर र बजेट तथा चर्को प्रचारका बाबजुद बलिउडका दर्जनौं चलचित्र असफल हुँदा यो वर्ष क्ष्ाेत्रीय भाषाका चलचित्रले भने अत्यधिक सफलता हासिल गरे । पञ्जाबी, मराठी तथा गुजरातीजस्ता क्ष्ाेत्रीय भाषाका चलचित्रले पुराना कीर्तिमानहरू ध्वस्त गर्दै कीर्तिमानी व्यवसाय गरे । गुजराती भाषाको चलचित्र 'बे यार' जस्तो नाम नै नसुनिएको चलचित्र विगत १५ सातादेखि सिनेमा हलमा प्रदर्शन भैरहेको छ । पञ्जाबी एनिमेसन चलचित्र 'चार साहिबजादे' ले भारतमा मात्र होइन भारतबाहिर पनि नसोचेको व्यवसाय गरेर बलिउडलाई नै स्तब्ध बनाइदियो । करिब १० करोड भारुको यो चलचित्रले प्रदर्शन भएको ४ सातामै १० करोड भारुको व्यवसाय गरिसकेको छ । पञ्जाबमा मात्र यसले हालसम्मकै सर्वाधिक २० करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । क्यानाडामा हालसम्मको सबैभन्दा बढी व्यवसाय गर्ने 'धूम-३' लाई समेत यो चलचित्रको व्यवसायले उछिनिसकेको छ । बेलायतमा उत्कृष्ट छ चलचित्रको सूचीमा पर्न सफल यो चलचित्रले १० करोड तथा उत्तर अमेरिकामा साढे ६ करोडभन्दा बढी संकलन गरिसकेको छ । वर्ष २०१४ मा भारतमा सबैभन्दा धेरै आम्दानी गर्ने एनिमेसन चलचित्र 'द एडभेन्चर्स अफ टिनटिन' ले 'चार साहिबजादे' लाई पछाडि छाडिदिएको छ । यो चलचित्रले हालसम्म साढे ३५ करोडको व्यवसाय गरिसकेको छ । मराठी भाषामा करिब १ करोड भारु खर्च गरेर बनाइएको चलचित्र 'एलिजाबेथ एकादशी' ले चार हप्तामै ७ करोड रुपैयाँ कमाएको थियो । भारतका अधिकांश मल्टिप्लेक्स यी क्ष्ाेत्रीय भाषाका चलचित्रले ओगटेपछि बलिउडका राम्रा भनिएका चलचित्रले समेत असफलता बेहोर्नुपरेको अनुमान गरिन्छ ।
वर्षका स्टाइलिस चलचित्र
वर्ष २०१४ मा प्रदर्शन भएका केही चलचित्रले स्टाइलिस चलचित्रको सूचीमा पर्ने अवसर पाए । चलचित्रका मुख्य कलाकारहरूले लगाएका पहिरन, छायांकनस्थलको सेट, साजसज्जाजस्ता विषयमा ध्यान दिइएकाले यी चलचित्र स्टाइलिस चलचित्रको सूचीमा परेका हुन् । चलचित्र 'डेढ इश्कियाँ' स्टाइलिस चलचित्रको पहिलो स्थानमा छ । पायल सलुजाले डिजाइन गरेको यो चलचित्रमा माधुरी दिक्ष्ाित तथा हुमा कुरैशी मुख्य भूमिकामा छन् । चलचित्रमा यी नायिकाले अधिकांश दृश्यमा घाँघरा-चोली तथा अत्यधिक गरगहना लगाएका छन् । चलचित्र 'गुन्डे' यो सूचीको दोस्रो स्थानमा छ । सुवर्ण रोय चौधरी डिजाइनरका रूपमा सहभागी यो चलचित्रमा अभिनेत्री प्रियंका चोपडालाई स्टाइलिस बनाइएको छ । खासगरी 'सलामे इश्क' मा प्रियंका निकै हट देखिएकी छिन् । अर्जुन कपुर तथा रणवीर सिहलाई पनि फेसेनवल देखाइएको छ । रिया कपुरले फेसन डिजाइनरका रूपमा काम गरेको 'खूबसुरत' स्टाइलिस चलचित्रको तेस्रो स्थानमा छ । चलचित्रमा नायिका सोनम कपुरलाई आकर्षक देखाउने प्रयास गरिएको छ । रितिक रोशन तथा कट्रीना कैफ अभिनित 'ब्याङ ब्याङ' पनि स्टाइलिस चलचित्रको सूचीमा छ । यो चलचित्रमा कट्रिनालाई अभूतपूर्व रूपमा कामुक देखाइएको छ । उनले लगाएका थुप्रै पहिरन उनका प्रशंसकहरूले वास्तविक जीवनमा समेत अनुकरण गरेका छन् ।
नायिकाहरूको हालत खराब
कुनै बेला करीना कपुरलाई बलिउडका चलचित्रमा अभिनय गर्ने समय व्यवस्थापन गर्न हम्मे-हम्मे पथ्र्याे । यतिबेला उनको हातमा जम्मा एउटा चलचित्र छ । सन् २०१४ मा उनले अभिनय गरेको 'सिंघम रिटन्र्स' मात्र प्रदर्शन भयो । यो चलचित्र व्यवसायिक रूपमा सफल भए पनि यसको फाइदा उनलाई भएन । वर्ष २०१५ मा उनी सलमान खानको 'बजरंगी भाइजान' बाहेक अरू कुनै चलचित्रमा देखा पर्ने सम्भावना अत्यन्त कम छ । अभिनेत्री विद्या बालनले अभिनय गरेका तीन वटा चलचित्र 'शादी के साइड इफेक्ट्स', 'घनचक्कर' तथा 'बेबी जासुस' एकपछि अर्को गर्दै असफल भए । यतिबेला उनीसँग मोहित सुरीको 'हमारी अधूरी कहानी' बाहेक अन्य चलचित्र छैनन् । सोनाक्ष्ाी सिन्हा प्राय: एकै प्रकारको भूमिकामा प्रस्तुत भएपछि दर्शकको रोजाइबाट टाढिँदैछिन् । उनका दुई चलचित्र 'लिंगा' तथा 'तेवर' प्रदर्शनका लागि तयार छन् तर केही राम्रा ब्यानरका चलचित्रबाट बाहिरिएपछि यतिबेला उनको करियरमा कालो बादल छाएको छ । पछिल्ला चार वर्षमा छवटा चलचित्रमा अभिनय गर्ने परिणिती चोपडाका तीन चलचित्र -हंसी तो फंसी, दावत ए इश्क तथा किल दिल) नराम्रोसँग असफल भए । यसका साथै उनले नयाँ चलचित्रबाट प्रस्ताव पाउन छाडेकी छिन् । आसिन तथा माधुरी दीक्ष्ाितको करियर पनि उज्ज्वल देखिएको छैन । दीपिका पादुकोण लगातार बलिउड नायिकाको नम्बर एकको सिंहासनमा बस्न सफल छिन् । कट्रीना कैफ तथा अनुष्का शर्मा ठूला ब्यानरका चलचित्रमा दोहोरिँदै प्रेम प्रसंगका कारण चर्चामा रहन्छन् । यस क्रममा आलिया भट्ट तथा श्रद्धा कपुरको उदय भएको छ । लगातार सफल चलचित्र दिएर उनीहरू निमर्ाता तथा निर्देशकको नजरमा पर्न सफल भएका छन् । ज्याकिलन फर्नान्डिसले पनि सलमान खानको 'किक' मार्फत दर्शकको मन जितेकी छिन् । सोनम कपुरले 'बेवकूफियाँ' तथा 'खूबसूरत' को असफलताबाट ठूलो शिक्ष्ाा पाएकी छिन् । यतिबेला उनी 'डली की डोली' तथा 'प्रेम रतन धन पायो' बाट आशावादी छिन् ।
वर्षका ठूला निराशा
प्रदर्शन हुनुअघि जुन-जुन चलचित्रबाट समिक्षक तथा दर्शकलाई सबैभन्दा बढी आशा थियो, तिनै चलचित्रले प्रदर्शनपछि सबैलाई निराश बनाए । प्रशस्त प्रचार गरेर प्रदर्शन गरिएको चलचित्र 'हमशकल्स' सबैभन्दा ठूलो निराशाको कारण बन्यो । साजिद खानको यो चलचित्रलाई वर्षकै सबैभन्दा खराब चलचित्र समेत भनियो । 'हे बेबी' तथा 'हाउसफूल' जस्ता सफल चलचित्रका निर्देशक खानबाट दर्शकहरूलाई ठूलो अपेक्ष्ाा थियो तर 'हमसकल्स' बाट उक्त अपेक्ष्ाा पूरा हुन सकेन । सैफ अली खान, राम कपुर तथा रितेश देशमुखको तेहेरो भूमिका भएको यो चलचित्रलाई सिनेमा हलमा एक साता बिताउन समेत धौ-धौ पर्यो । वर्षको अन्त्यतिर प्रदर्शन भएको प्रभुदेवाको एक्सन-प्याक्ड चलचित्र 'एक्सन ज्याक्सन' बाट अजय देवगणका प्रशंसकहरू निराश भए । 'वान्टेड' तथा 'राउडी राठौर' जस्ता सफल चलचित्र दिएका प्रभुदेवाको जादुले 'एक्सन ज्याक्सन' लाई बचाउन सकेन । तीन जना नायिकासँगको अजयको रोमान्सले कुनै रंग देखाउन सकेन, न त दर्शकहरू सिनेमा हलतर्फ आकषिर्त नै भए । 'किल दिल' को टे्रलर हेर्ने अधिकांश दर्शक चलचित्र हेर्न सिनेमा हल त पुगे, तर मध्यान्तरसम्ममै उनीहरू निराश भैसकेका थिए । नयाँ युगको 'शोले' का रूपमा प्रचार गरिएको साद अलिको यो चलचित्रमा रणवीर सिंह, परीनीति चोपडा, गोविन्दा, अलि जाफरजस्ता प्रतिभाशाली कलाकार हुँदाहुँदै पनि यसले दर्शकको मन जित्न सकेन । करिना कपुरसँग विवाह गरेदेखि नै अभिनेता सैफ अलि खानले सफल चलचित्र दिन सकेका छैनन् । 'ह्याप्पी इन्डिङ' त्यसकै निरन्तरता हो । रोमान्टिक कमेडीमा सफल सावित भैसकेका सैफ अलीले यो चलचित्रमा आफ्नो भूमिकाप्रति नै न्याय गर्न सकेका छैनन् । खासगरी नायिका इलियाना डि'क्रुजसंगको सैफ अलीको केमेस्ट्री नमिल्नु पनि चलचित्रको असफलताको अर्को कारण बन्यो । माधुरी दीक्ष्ाित र जुही चावलालाई बलिउडमा कमब्याक गराउने 'गुलाब ग्याङ' पनि वर्षको असफल चलचित्रको सूचीमा पर्यो । फरहान अख्तर र विद्या बालनजस्ता प्रतिभाशाली कलाकारको चलचित्र 'सादीके साइड इफेक्ट्स' पनि असफल भयो । चलचित्रको पहिलो हाफ उत्कृष्ट हुँदाहुँदै पनि सेकेन्ड हाफ मध्यम रहेपछि चलचित्रले असफलता बेहोर्नुपरेको थियो । सोनम कपुर तथा आयुष्मान खुरानाको चलचित्र 'बेवकूफियाँ' बाट दर्शकलाई ठूलो आशा थियो तर चलचित्र हेरेपछि दर्शकहरू निराश भए । रितिक रोशन तथा कट्रीना कैफको 'ब्याङ ब्याङ' ले पहिलो साता उत्कृष्ट व्यवसाय गरेको थियो तर यसबाट जति आशा गरिएको थियो, त्यति प्रतिफल प्राप्त हुन सकेन ।
बलिउडका चर्चित प्रसंग
छाए नयाँ अनुहार
वर्ष २०१४ अर्जुन कपुर, सिद्धार्थ मल्होत्रा, वरुण धवन, श्रद्धा कपुर, फवाद खान, अली फजल, दर्शन कुमार तथा आलिया भट्टजस्ता नयाँ अनुहारका लागि असाध्यै फलदायी रह्यो ।
कुरा ठूलो बजेटको
हरेक वर्षझैं वर्ष २०१४ मा पनि नियमित अन्तरालमा ठूला बजेटका चलचित्र प्रदर्शन भए । खान बि्रगेडका दुई ठूला अनुहार सलमान खान तथा शाखरुख खान यस पटक पनि १ सय करोड भारतीय रुपैयाँको क्लबमा सहभागी भए । सलमान खानको 'किक' तथा शाहरूख खानको 'ह्याप्पी न्यू इयर×' को आम्दानीले थुप्रै नयाँ कीर्तिमान कायम गरे । दुवै कलाकार एक-अर्काको नजिक आएको खबरले पनि चर्चा पायो । सलमानको 'जय हो' ले समीक्षकहरूको आलोचनाको सिकार हुनुपरे पनि सलमानको 'किक' ले राम्रो व्यवसाय गर्यो । शाहरूखको मल्टी स्टारर 'ह्याप्पी न्यू इयर' ले पनि बक्स अफिसमा धमाल मच्चायो । यो चलचित्रमार्फत फराह खान तथा शाहरूखको मित्रता पुन: पुरानो बाटोमा फर्कियो ।
आमिरको सफलता
आमिर खानका प्रशंसकले 'पीके' असाध्यै मन पराए । पीकेबाहेक आमिरले वर्ष २०१४ मा कुनै पनि चलचित्रमा काम गरेनन् । डिसेम्बर १९ का दिनदेखि प्रदर्शन आएको 'पीके' ले कम समयमै अत्यधिक व्यवसायको कीर्तिमान कायम गरिसकेको छ । यो चलचित्रमार्फत राजकुमार हीरानीसंग 'थि्र इडियट्स' पछि आमिरको सफलता दोहोरियो ।
रितिक रोशनको डिभोर्स र ब्याङ-ब्याङ
रितिक रोशनको श्रीमती सुजैनसँग डिभोर्स भएरै छाड्यो । दुवैका बीच लामो समयदेखि दूरी बढ्दै गएको थियो । यही वर्ष ऋतिकको 'ब्याङ-ब्याङ' प्रदर्शनमा आयो । यो चलचित्रको छायांकनका क्रममा ऋतिकलाई निकै गहिरो चोट लागेको थियो । ब्याङ-ब्याङले दर्शकको प्रशंसा पाउनुका साथै उत्कृष्ट व्यवसाय समेत गर्यो ।
एक सय करोड क्लब
वर्ष २०१४ मा सय करोड क्लबमा प्रवेश गर्न सफल चलचित्रका कलाकारमा नयाँ तथा पुराना अनुहार देखिए । आमिर खानको 'पिके', अर्जुन कपुर-आलिया भट्टको 'टु स्टेट्स', सिद्धार्थ मल्होत्रा-श्रद्धा कपुरको 'एक भिलेन', अजय देवगणको 'सिंघम रिटर्नस', अक्ष्ाय कुमारको 'होलिडे' जस्ता चलचित्र सय करोड क्लबमा समावेश भए । अक्षयको 'इन्टरटेन्मेन्ट' तथा अजयको 'एक्शन ज्याक्सन' आशा गरेअनुरूप सफल हुन सकेनन् ।
कम बजेटले जिते मन
ठूला बजेटका चलचित्रको बीचमा कम बजेटका चलचित्रले पनि आफ्नो स्थान सुरक्ष्ाित गरे । 'क्विन', 'हाइवे', 'डेढ इश्किया', 'फाइन्डिङ फेनी', 'आँखों देखी', 'फिल्मिस्तान', 'बबी जासूस', 'सिटी लाइट्स', 'हैदर' जस्ता चलचित्रले समीक्षकहरूको प्रशंसा पाए । रजत कपुरको कम बजेटको चलचित्र 'आँखों देखी' दुर्भाग्यवश ठूलो बजेटको चलचित्रबीच हरायो तर सञ्जय मिश्राको सफल अभिनयका कारण त्यसले प्रशंसा भने कमायो ।
अभिनेत्रीको प्रशंसा
वर्ष २०१४ मा प्रदर्शन भएका चलचित्रमध्ये मुख्य भूमिकामा अभिनेत्रीहरूले निर्वाह गरेको भूमिकाले राम्रो प्रशंसा पाए । बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित चलचित्रमा शीर्ष भूमिका निर्वाह गर्ने प्रियंका चोपडाको अभिनयको प्रशंसा गरियो भने रानी मुखर्जीले आदित्य चोपडासँगको विवाहपछि चलचित्र 'मर्दानी' मार्फत प्रशंसा बटुलिन् । 'क्विन' मार्फत कंगना राणावतले पनि प्रशंसा पाइन् ।
फ्लप अफ द इयर
वर्ष २०१४ मा 'टोटल सियापा', 'लक्ष्मी', 'ढिश्कियाउँ', 'ओ तेरी', 'यङ्गिस्थान' तथा सोनम कपुर र आयुष्मान खुरानाको 'बेवकूफियाँ' जस्त्ाा चलचित्र आए र गए तर सफल चलचित्रको सूचीमा सामेल हुन सकेनन् । 'भूतनाथ रिटर्नस' मार्फत अमिताभ बच्चनले पुन: ठूलो पर्दामा पुनरागमन गरे र दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरे ।
कमब्याकको वर्ष
वर्ष २०१४ मा बलिउडबाट विस्थापित भैसकेका केही लोकप्रिप अनुहार पुन: चलचित्र क्षेत्रमा फर्किए । लामो समयपछि दर्शकमाझ प्रस्तुत भएका यी पुराना कलाकारमध्ये केहीले राम्रो प्रभाव जमाए भने कोही औसत रहे । गोविन्दा, रेखा, जुही चावलाजस्ता पुराना अभिनेता-अभिनेत्रीले यो वर्ष प्रभावकारी पुनरागमन गरे । आमा बनेपछि लामो समयदेखि बलिउडबाट हराएकी ऐश्वर्या राय बच्चनले पनि वर्ष २०१४ मै सञ्जय गुप्ताको 'जब्बा' मार्फत पुनरागमन गर्ने घोषणा गरिन् । यो वर्ष पुनरागमन गर्ने कलाकारहरूको सूचीमा अभिनेत्री अमृता सिंह पनि छिन् । उनले व्यवसायिक रूपमा सफल चलचित्र 'टु स्टेट्स' मार्फत आफूलाई अभिनयमा फर्काएकी हुन् । यो चलचित्र सफल हुनुमा अमृताको अभिनय तथा भूमिका पनि कारक मानिएको छ । यो चलचित्रमा उनले ठूलो स्वर भएकी पञ्जाबी आमाको भूमिका निर्वाह गरेकी छिन् । सन् ९० को दशककी लोकप्रिय अभिनेत्री जुही चावलाले पनि लामो समयपछि यसै वर्ष प्रदर्शन भएको चलचित्र 'गुलाव ग्याङ' मार्फत पुनरागमन गरिन् । व्यवसायिक रूपमा असफल भए पनि चलचित्रमा जुहीको भूमिका मन पराइयो । कुनै बेलाका सुपरस्टार गोविन्दाले पनि पुनरागमनका लागि वर्ष २०१४ नै रोजे । यो वर्ष प्रदर्शन भएका 'किल दिल' तथा 'ह्याप्पि इन्डिङ' मा गोविन्दा मुख्य भूमिका थिए । दुवै चलचित्र व्यवसायिक रूपमा असफल भए पनि गोविन्दाको अभिनयले प्रशंसा मात्र पाएन, चलचित्रको सबैभन्दा आकर्षक पक्ष उनी नै भए । त्यसो त वर्ष २०१४ को प्रारम्भमै प्रदर्शन भएको अक्षय कुमारको चलचित्र 'होलिडे' मा पनि गोविन्दा सानो भूमिकामा प्रस्तुत भएका थिए । सन् २०१५ मा उनी 'हिरो' तथा 'जग्गा जासूस' जस्ता चलचित्रमार्फत दर्शकमाझ आउँदैछन् । अभिनेत्री रेखा सन् २०१० मा 'सदियाँ' मा अभिनय गरेपछि यो क्ष्ाेत्रबाट टाढिएकी थिइन् । यो वर्ष उनले इन्द्र कुमारको चलचित्र 'सुपरनानी' मार्फत पुनरागमन गरिन् । चलचित्रमा उनले सरमन जोशीकी हजुरआमाको भूमिका निर्वाह गरेकी थिइन् । सन् २०१५ मा उनलाई 'फितूर' शीर्षकको नयाँ चलचित्रमा देख्न पाइनेछ । अभिनेत्री रविना टन्डनले यसै वर्ष अभिनय गरेको चलचित्र 'बम्बे भेल्भेट' सन् २०१५ मा मात्र प्रदर्शन हुनेछ । यसबाहेक यो वर्ष उनले 'श' शीर्षकको चलचित्रमा समेत अभिनय गरेकी छिन् ।
दस उत्कृष्ट रोमान्टिक गीत
वर्ष २०१४ मा बलिउडका थोरै चलचित्रले मात्र व्यवसायिक सफलता हासिल गरे पनि चलचित्रका गीत-संगीत भने दर्शक तथा श्रोताको मन जिति नै रहे । खासगरी प्रेम भावका गीत दर्शकको जिब्रोमै झुन्डिए । वर्ष २०१४ का दस उत्कृष्ट रोमान्टिक गीत :
जेहनासीब : हँसी तो फसी
संगीतकार : विशाल-शेखर, गायन : चिन्मायी र शेखर
सम्झावन : हम्पटी शर्माकी दुल्हनीयाँ
संगीतकार : शारिश-तोषी, गायन : अरिजित सिंह र श्रेया घोषाल
गलियाँ : एक भिलेन
संगीतकार/गायन : अंकित तिवारी
सुनो ना संगेमरमर : योंगिस्तान
संगीत : जीत गांगुली, गायन : अरिजित सिंह
मन मस्त मगन : टु स्टेट्ट
संगीत : शंकर, एहसान र लोय
गायन : चिन्मायी र अरिजित सिंह
बञ्जारा : एक भिलेन
संगीत : मिथुन
गायन : मोहम्मद इरफान
मुस्कुराने कि वजह तुम हो : सिटीलाइट्स
संगीत : जीत गांगुली, गायन : अरिजित सिंह
मन्वा लागे : हृयाप्पि न्यू ईयर
संगीत : विशाल-शेखर
गायन : श्रेया घोषाल र अरिजित सिंह
मेहरबान : ब्याङ ब्याङ
संगीत : विशाल-शेखर
गायन : आश किङ, शिल्पा राव र शेखर
चार कदम : पिके
संगीत : शान्तनु मोइत्रा
गायन : शान र श्रेया घोषाल
वर्षका उत्कृष्ट चलचित्र
१. ह्याप्पी न्यू इयर
२. मेरी कोम
३. किक
४. सिंघम रिटन्र्स
५. ब्याङ ब्याङ
६. होलिडे
७. मर्दानी
८. क्विन
९. एक भिलेन
१०. टु स्टेट्स