साप्ताहिक संवाददाता
- लक्ष्मी खतिवडा, नेतृ, तरुण दल
नेताहरूमा कुकुर-बिरालो प्रवृत्ति हावी भएको हुनाले संविधान बनाउन नसकेका हुन् । निहित स्वार्थ र सत्तामोह जुन दिन त्याग्न सक्छन्, त्यो दिन अवश्य संविधान निर्माण हुनेछ ।
- नरहरि प्रेमी, गायक
दलगत स्वार्थ तथा आत्मकेन्दि्रत व्यक्तित्वका कारण यस्तो भएको हो । देश र जनताको भविष्यप्रति चिन्ता नभएका नेता भएकाले संविधान आउन नसकेको हो ।
- सामना सिटौला चुडाल, कलाकार
संविधान बनायो भने त उनीहरूलाई महिनाको ४५ हजार तलब कहाँबाट आउँछ ? त्यही भएर नेताहरूले संविधान बनाइरहेका छैनन् ।
- भुपेन्द्र खड्का गीतकार/सञ्चारकर्मी
संविधान बनाउन साह्रै गाह्रो भएर होला नि, देशको मूल कानुन कसरी बनाउने भन्ने आइडिया नै नभएपछि कसरी संविधान बनाउन सक्छन् त ? पहिले त उनीहरूलाई कानुनका बारेमा आइडिया दिनुपर्यो !
- सुजन रेग्मी, मोडल
संविधान बनाएपछि काम सकिइहाल्छ अनि भविष्यमा के गरेर बस्ने भनेर होला नि, संविधान नबनाएको ।
- शिवहरि पौड्याल, हास्यकलाकार
धेरै जान्ने-बुझ्ने भएर हो कि ? संविधान बनायो भने त फ्री इनकम गैहाल्छ नि, संविधान नामको बटुका लिएर नेताहरूले पैसा खान पाइरहेका छन् ।
- सोनम पाखि्रन, नायक/भिजे
संविधानसभालाई सबै पार्टी र तिनका नेताहरूले भिडन्त गर्ने स्थानका रूपमा बुझेकाले संविधान नबनेको हो । बल र फुर्ति देखाउने ठाउँ बनेको छ, संविधानसभा हल ।
- रोजिना श्रेष्ठ, फेसन डिजाइनर
राम्रा-राम्रा घर बनाउने, बैंक ब्यालेन्स गर्ने, आफ्नो जिन्दगीलाई सकेसम्म सुखी र सम्पन्न बनाउने होडमा सबैजसो नेताले संविधान बनाउने कर्तव्य बिर्सिरहेका छन् ।
- कोसिस क्षेत्री, नायक
बिचरा नेताहरू, कोही जंगलबाट आए, कोही गोठबाट त कोही तबेलाबाट आए । उनीहरूले न त संविधानको अर्थ बुझेका छन् न त जानेका छन् । जम्मा जानेको कुरा भनेको मुठाका मुठा पैसा आउने भाँडोका रूपमा संविधानसभालाई चिनेका छन् । उनीहरूमध्ये धेरैले त संविधान शब्दको अर्थ पनि बुझेका छैनन् । शब्दको अर्थका लागि नेताहरू शब्दकोश पल्टाउँदैछन् कहिले बुझ्लान भन्ने कुरा चाहिँ ईश्वर जानून ।
- निशा शर्मा, रंगकर्मी