साप्ताहिक संवाददाता
असल बाइट्स
काममा लगनशिल : राम्रो कामका लागि कुनै पनि सम्झौता गर्दैनन् । निकै लगनशील छन् ।
सेन्स अफ ह्युमर : उसको सेन्स अफ ह्युमर निकै राम्रो छ । कहिलेकाहीं सेन्सलेस जोकहरू सुनाएर हँसाइरहन्छन् ।
केयरिङ : उनको मनको नजिकका मानिसहरूलाई कुनै प्रकारको समस्या नपरोस् भनेर सजक रहन्छन् । सकेसम्म उनीहरूको बचाउ गर्ने स्वभाव छ ।
सबैको भलो होस् : कसैको कुभलो चिताउँदैनन् ।
सहयोगी : कोही पनि समस्यामा परेको हेर्न सक्दैनन् । मद्दत गर्न तम्सिहाल्छन् ।
खराब बाइट्स
चाँडो रिसाउने : रिस उठेपछि आवेगमा आउँछन् र रिस शान्त पार्न समय लाग्छ ।
ठट्टा बुझ्दैनन् : कहिलेकाहीं जिस्किएर भनेको कुरालाई पनि निकै सिरियसली लिन्छन् ।
पङ्चुअल छैनन् : 'पाँच मिनेटमा आइपुगे' भन्नु उनको सबैभन्दा फेभरेट लाइन जस्तो लाग्छ ।
बिर्सिहाल्ने : केही समान कुनै ठाउँमा राख्छन्, अनि एकछिनपछि आफै बिर्सन्छन् र खोजेको खोज्यै गर्छन् ।
मिक्सअप हुन टाइम लगाउने : कसैसंग पनि मिक्सअप हुन समय लगाउँछन् । छिटो मित्रता गर्न सक्दैनन् । यो बानी त ममा पनि छ ।